कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. ६ जिगना चौराहामा राम जानकी मन्दिरको संसद अभिषेक प्रताप शाहद्वारा शिलान्यास गरिएको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद अभिषेक प्रताप शाहले विजया दशमीका दिन पुजा पाठ गरेर राम जानकी मन्दिरको शिलान्यास गर्नुभएको थियो । विजया दशमी का दिन कुनै पनि शुभ कार्यको सुरुवात गर्नको लागि उत्तम (राम्रो) रहेको हुनले राम जानकी मन्दिरको शिलान्यास सोमबार गरिएको थियो ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट आफु बाँचौ र अरुलाई बचाउनका लागि सांसद अभिषेक प्रताप शाहले कार्यक्रममा अनुरोध समेत गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद र नेपाल कांग्रेस पार्टीका केन्द्रीय सदस्य अभिषेक प्रताप शाह, प्रदेश सभा सदस्य र सामाजिक विकास समिति का सभापति दीर्घ नारायण पाण्डे, पुर्व समाजवादी पार्टीका केन्द्रीय सदस्य रामवर्ण यादव, महाराजगन्ज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चौधरी, साधुसन्त लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियोे ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |