Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी नीतिमा समय सापेक्षित परिवर्तन गर्न नगर तयार छ ः उपप्रमुख बञ्जारा

प्रभातफेरी अनलाइन ७१३१ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (५ साल अघि)
सहकारी नीतिमा समय सापेक्षित परिवर्तन गर्न नगर तयार छ ः उपप्रमुख बञ्जारा

पनौती । राष्ट्रियस्तरमै पहिचान राख्न सफल सहकारीहरुको पंक्तिमा आफ्नो नाम अग्रस्थानमा लेखाउन सफल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २६औं वार्षिक साधारण सभा गत शनिबारबाट आरम्भ गरेको छ । उक्त शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराद्वारा दीप प्रज्वलित गरी साधारण सभाको शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख बन्जाराको कथन थियो– हालको जटिल परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउन सफल भएको चर्चा गर्नुहुँदै यस किसिमको सेवा निरन्तर रुपमा दिनसक्ने विश्वास आफूले लिएको बताउनुभएको थियो । सहकारीहरुलाई जिम्मेवारी बोध गराउनको लागि नगरपालिका कुनै पनि मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ । नगरपालिकाद्वारा तयार पारिएको सहकारी नीतिका बारेमा चर्चा गर्दै उपप्रमुखको थप कथन थियो– यदि सहकारी नीतिमा थपघट गर्न आवश्यक महसुस भएको अवस्थामा नगरपालिका तयार रहेको पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको कथन थियो– शेयर सदस्यहरुको अथाह सहयोग, सद्भाव र मायाले नै आज सामुदायिक साकोसले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान राख्न सफल भएको छ । जसको ज्वलन्त उदाहरण अन्तर्राष्ट्रियस्तरमा प्राप्त सम्मानहरुलाई लिन सकिन्छ । त्यसैका बाबजुत शेयर सदस्यहरुलाई आइपर्ने विभिन्न संकटका घडिमा सामुदायिक साकोस ढाल बनेर अगाडि बढ्ने छ । जस्तैः संस्थाका कुनै सदस्यहरुको मृत्यु हुन गएको अवस्थामा उहाँको परिवारलाई २५ हजारसम्मको राहत दिँदै आएका छौं । यसले शेयर सदस्यका परिवारलाई पक्कै पनि मलमपट्टि गर्न सहयोग मिल्ने अपेक्षा संस्थाले लिएको अध्यक्ष बञ्जाराले बताउनुभएको छ । सामुदायिक साकोसको जिम्मेवारी लिई रहँदा प्रतिस्पर्धि साकोसहरुको भन्दा फरक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आएको, जगेडा कोष बृद्धि गर्ने लक्ष्य सहित संस्था अगाडि बढेको र राज्यद्वारा प्रतिपादित नीति अनुरुप गाउँ गाउँमा सहकारी खुल्नु पर्छ भन्ने राज्यको नीति अनुशरण गर्दै एक ब्यक्ति एक सहकारीको निति राज्यले अवलम्बन गरेकोले सामुदायिक साकोस एकीकरणको अभियानलाई द्रुत गतिमा अगाडी बढिरहेको छ । पछिल्लो प्रयास अनुरुप साधारण सभा समापनका दिनमा काठमाण्डौंमा रहेको सहकारी संस्था सहित चारवटा सहकारी संस्थाहरु एकीकरणको लागि प्रयासरत छौं ।
नेफ्स्कुनका प्रमुख गणेशप्रसाद तिमल्सिना, पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायतका अतिथिहरुबाट संस्थाले चालेका समाज रुपान्तरणका प्रयासहरु अनुकरणीय रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले मन्तब्य सहित स्वागत राख्नुभएको थियो । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद तिमल्सिना, प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ र परामर्शदाता दीपक थापाले मन्तव्य राख्नुभएको थियो । संस्थाले २०७७ कार्तिक २६ गते बन्द शत्र आयोजना गरी २६ औं वार्षिक साधारण सभाको विधिवत समापन गर्ने योजना रहेको संस्थाका सचिव एवं कार्यक्रम सञ्चालक मुकुन्द शर्माले जानकारी दिनुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको २०७७ असोज मसान्तसम्मको सदस्यता प्रतिवेदन र वित्तीय प्रतिवेदनको बारेमा जानकारी गराउनुभएको थियो ।
कोभिड १९ को कारण संस्थाले आफ्नो साधारण सभालाई मर्यादित ढंगबाट सञ्चालन गर्ने क्रममा १५ गतेदेखि २६ गतेसम्म निरन्तरता दिने जानकारी गराइएको थियो । कार्तिक २६ गते विधिवत् रुपमा संस्थाको आफ्नै केन्द्रीय कार्यालयको प्रांगणमा विधिवत् रुपमा साधारण सभा सम्पन्न भएको घोषणा गर्नेछ । सो अवधिमा संस्थाको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उपसमितिहरुले आ–आफ्नो क्षेत्राधिकारभित्रको प्रतिवेदन पेश गर्ने छन् । २६ हजार २ सय ४१ जना शेयर सदस्यहरु रहेको संस्थाको पहिलो दिन मात्र २ हजार ३० जना शेयर सदस्यहरु उपस्थित हुने भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0