Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हाम्रो चाहना अस्पताल नबनोस् होइन तर न्याय पाउनुपर्छ भन्ने हो ः स्थानीय

प्रभातफेरी अनलाइन ७४२७ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
Post Thumbnail

रोशी । रोशी गाउँपालिका वडा नं. १ खहरेपाँगुमा निर्माण हुन लागेको अस्पतालका लागि जग्गा अधिग्रहणका क्रममा स्थानीयहरुले आपत्ति जनाएका छन् ।

आफूहरुले पुर्खाैंदेखि भोग चलन गर्दै आएको जग्गाहरु सार्वजनिकका नाममा गाउँपालिकाले अधिग्रहण गर्न लागेकोमा उनीहरुको गुनासो आएको छ । ८८ रोपनी क्षेत्रफलभित्र रहेका अस्थायी टहरा एवं उत्पादनयुक्त भूमिहरु खाली गराउनु भनी गाउँपालिकाको ०७७।०७।२५ को पत्रको सूचनाले स्थानीय ससंकीत भएका छन् । जम्मा ३ दिनको म्याद राखी सूचना दिएकोमा स्थानीयहरुले आपत्ति जनाएका छन् । स्थानीयहरुका अनुसार कम्तीमा पनि ७ दिनको सूचना दिएर जग्गा खाली गर्न भनिएको भए हामीले हाम्रा गुनासाहरु सम्बन्धित निकायमा पु¥याउने अवसर पाउने थियौं तर गाउँपालिकाको ०७७।०७।२३ को टाँस सूचनाबाट खबर पुगोस् तर कुनै पनि सुनुवाई गर्ने अवसर नपाओस् भन्ने किसिमले सूचना जारी गरेको स्थानीयको आरोप छ । प्रचलित कानूनको समेत धज्जी उडाउने किसिमले गाउँपालिका र वडा समितिले हामीमाथि अन्याय गरेको स्थानीयको आरोप छ । स्थानीयले आफू सुसूचित हुने हक समेत वडा समिति र गाउँपालिकाले नदिएको स्थानीयको आरोप छ ।

उक्त आरोपको बारेमा गाउँपालिका अध्यक्ष दिलबहादुर लामा (डि.बी. मोक्तान) को धारणा यस्तो छ– गाउँपालिकाको बैठकबाट जहाँ आवश्यकता, त्यहाँ उपाय भनेझैं गाउँपालिकाले त्यस भेगका जनताहरुमा उपचार नपाएर ज्यान गुमाइरहेको यथार्थतालाई मनन गरी त्यस भूभागमा अस्पताल बनाउने निर्णयमा पुगेका हौं । यो एकल निर्णय होइन, सामूहिक एवं सर्वसम्मत निर्णय गरेर उक्त भूगोलको छनौट भएको हो । खहरेपाँगुको उक्त भूगोलमा अस्पताल बन्दा रोशी गाउँपालिकाका नागरिकले मात्र नभई खानीखोला, महाभारत, बेथानचोक गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकले समेत सुविधा लिन सक्ने भूगोल छानेका हौं । सो प्रयोजनका लागि वडा समितिले प्रस्ताव पेश गरेपश्चात् गाउँपालिकाले अनुमोदन गरेको हो तर उक्त परियोजनाका बारेमा आजसम्म जुन किसिमका विवादहरु सिर्जना भएका छन्, त्यस सम्बन्धमा सम्बन्धित वडा समिति, अस्पताल व्यवस्थापन समितिले आफ्नोतर्फबाट के कस्तो भूमिका निर्वाह गरेको छ, त्यसबारेमा आफू अनविज्ञ रहेको बताउनुभएको छ । जुन किसिमका विवादहरु एकपछि अर्काे गर्दै थपिएका छन्, त्यसले अस्पताल निर्माणका सवालमा अवरोध पो पु¥याउँछ कि भन्ने चिन्ता लागेको अध्यक्ष लामाको भनाई थियो । जुन किसिमका विवादहरु आएका छन्, ति विवादहरुलाई न्यायिक समितिमा ल्याएर टुंग्याउनुको विकल्प नभएको अध्यक्ष लामाको तर्क थियो । गाउँपालिकाले अन्यत्र भूमि नपाएर त्यो भूमि छनौट गरेको होइन । स्मरण रहोस्, विवाद लम्बिँदै जाने हो भने गाउँपालिकाले वैकल्पिक बाटो सोच्न बाध्य हुने कुरा यहाँहरुमार्फत् नै सुसूचित गराउन चाहन्छु समेत अध्यक्ष लामा भन्न पछि पर्नुभएन ।

त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष श्रीदास लामाको तर्क छ– स्थानीयहरुबाट जुन किसिमको विवाद आयो भनिएको छ, त्यो सरासर झुट हो । जसको सहमतिमा सूचना जारी गरेका छौं, उसैले प्रोपोगाण्डा मच्चाउने रणनीति गरेको हाम्रो बुझाई छ । स्थानीयस्तरमा भेला गरेर अस्पतालको बारेमा स्पष्ट बुझाएर डिपिआरको अवधारणा समेत प्रस्तुत गरेर जो जसले उक्त भूगोल प्रयोग गरेको छ, उसको लागि न्यायसंगत ढंगबाट सम्बोधन गर्ने सहमति अनुसार हामीले अस्पताल निर्माण योजनाको कामलाई अगाडि बढाएका हौं । त्यसैले यो जुन भूगोल छनौट भएको छ, कसैको पुर्खाैली सम्पत्तिमा हस्तक्षेप हुनेछैन । यो भूभाग नेपाल सरकारको प्रचलित भू–नियमावली अनुसार खोलो भनी किटान गरिएको हुँदा अस्थायी रुपमा जो जसले उपयोग गरेता पनि स्थायी रुपमा स्थानीय निकायको सम्पत्ति भएकोले नै यो भूभागमा अस्पताल निर्माण गर्न सहमत भएका छौं । यसमा जो जसले विवाद उठाउनुभएको छ, उहाँहरुलाई न्यायसंगत ढंगबाट सम्बोधन गर्न अस्पताल व्यवस्थापन समिति र संघर्ष समितिबीचमा सहमति भएको छ । सोही सहमति अनुरुप योजना अगाडि जानेछ । गत २३ गते जारी सूचनालाई लिएर कुनै किसिमको बखेडा झिक्न आवश्यक नभएको वडा अध्यक्ष लामाको तर्क थियो । यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गणेश लामाको फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्मरण रहोस्, स्थानीय पिडितहरु न्यायका लागि अदालतको ढोका ढक्ढक्याउन अग्रसर भएको पाइन्छ । यसले अस्पताल निर्माण स्थल विवादरहित छ भन्ने वडा समिति र अस्पताल व्यवस्थापन समितिको भनाइप्रति शंका सिर्जना गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0