Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल पत्रकार महासंघद्वारा दुःख व्यक्त

प्रभातफेरी अनलाइन ७०६२ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
नेपाल पत्रकार महासंघद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका पत्रकारहरुको निधनप्रति एक विज्ञप्तिमार्फत् शोक व्यक्त गरेको छ ।
महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिए अनुसार नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम बर्माको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । ७९ वर्षीय बर्माको स्वास्थ्य अवस्था खराव भएपछि तीन सातादेखि ललितपुरस्थित क्रिष्ट अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा कोरोना संक्रमण देखिएका बर्माको पछिल्लो पटक कोरोनामुक्त भए पनि उपचारकै क्रममा शुक्रबार विहान उहाँको निधन भएको भनी उल्लेख गरिएको छ ।
स्वर्गीय वर्माको सोही दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यसअघि पशुपति आर्यघाटमा महासंघका तर्फबाट सचिव रामप्रसाद दाहालले महासंघको झण्डा ओढाएर मृतक बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सो क्रममा धादिङका सञ्चारकर्मी, पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रतिनिधि, महासंघका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकािरता पुरस्कार’ बाट सम्मान गरेको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको छ भने महासंघ धादिङ शाखाले अभिभावक गुमाएको छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय बर्माप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।
यसैगरी अर्का पत्रकारिता क्षेत्रका धरोहर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरलाई मातृशोक परेको खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको सचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उहाँकी ८७ वर्षीया ममतामयी माता त्रिपुरासिंह राठौरको कात्तिक २३ गते विहान जाजरकोटको भेरी नगरपालिका–३ थाप्ले स्थित निवासमा निधन भएको हो । स्वर्गीय राठौरका दुई छोरा र दुई छोरी हुनुहुन्छ । केन्द्रीय सदस्य राठौर स्वर्गीय राठौरको जेठा छोरा हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका केन्द्रीय सदस्य राठौरसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0