Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्ध नगरको सातौं स्थापना दिवस सम्पन्न

प्रभातफेरी अनलाइन ६५९० पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
नमोबुद्ध नगरको सातौं स्थापना दिवस सम्पन्न

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको सातौं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै अवसरमा नगरपालिकामा भु–सेवा केन्द्रको उद्घाटन गरिएको छ । यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरणसमेत गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कवर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ ।


पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले पक्की सडक र भु–सेवा केन्द्रको उद्घाटन गरेका थिए । यसैगरी बास्कोटाले नमोबुद्धको नगरझण्डा झण्डोत्तोलन गर्दै सार्वजनिक गरेका थिए । स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्षसमेत बिमोचन गरिएको छ । कार्यक्रममा सञ्चारकर्मी शिवर अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरिएको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिएवापत विशेष सम्मान गरियो भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ । यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो । यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पन्चलाल श्रेष्ठ, सवारीचालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रविण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिडियर अहेब कल्पना अधिकारी, स्टाफ नसै शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरु राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डाक्टर रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरु उद्धवप्रसाद काफ्ले, धर्मसिं लामा, रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा नमोबुद्ध ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेको बेला हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं. १० की तत्कालिन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का तत्कलिन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट १ लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता पनि प्रदान गरिएको छ ।

प्रदुषणजन्य उद्योग विस्थापन सकारात्मक कदम ः बाँस्कोटा

कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाल भकुण्डे बजारमा रहेका प्रदुषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खशी व्यक्त गरे । इँटा उद्योग विस्थापन पनि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ बनेको पनि बताए । नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको भन्दै उनले अहिलेको कार्यकालमा रहेका जनप्रतिनिधिले विकासको जग बसाल्ने र अर्को कार्यकालमा आउनेले त्यसलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको बताए । खानेपानीको समस्या रहेको नमोबुद्धमा पानी व्यवस्थापनका लागि संघीय सरकारले पनि विशेष पहल गरिरहेको उनले बताए । यो बर्षमात्रै काभ्रे क्षेत्र नं. १ मा ११ वटा विद्यालय निर्माण भएको भन्दै उनले नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

भकुण्डे क्षेत्र बैँक, विद्यालय, कलेज, अस्पताल, होटल तथा रेष्टुरेन्टलगायतको सेवा क्षेत्रको रुपमा विकसित हुन सक्ने भएकोले यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने उनले बताए । अर्को एक प्रसँगमा उनले तोकिएको समयमै पार्टीको अधिवेशन गर्न नेकपाको नेतृत्वलाई चुनौती दिए । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले अहिलेको नेतृत्वले अधिवेशन गर्न नसक्ने, पार्टी एकताको भावनाअनुसार काम गर्न नसक्ने हो भने युवा पुस्तालाई नेतृत्व हस्तान्नतरण गर्न चुनौतीसमेत दिए ।
बाँस्कोटाले नेपाली काँग्रेसका केही नेताहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवादमा हस्तक्षेप गर्न आएको आरोप पनि लगाए । नेपाली काँग्रेस पार्टीमा पनि आन्तरिक विवाद भएको बताउँदै नेकपा आफै सुध्रिने र आफैँ लड्ने भएकोले नेकपाको विवादमा हस्तक्षेप नगर्द काँग्रेस नेतालाई चुनौती थियो ।
पूर्वमन्त्री बाँस्कोटाले नेकपाले चुनावको समयमा जनतासमक्ष गरेको प्रतिवद्धतालाई बिर्सन नहुने बताउँदै कार्यकर्तालाई निराश बनाउने काम नगर्न नेतृत्वलाई खबरदारी गरे । उनले नेकपा फुटाउने दृष्टता कसैले पनि गर्न नसक्ने भन्दै लोकतान्त्रिक विधिबाट निर्धारित समयमा नै पार्टीको अधिवेशन गर्न आग्रह गरे । ‘पार्टीको शिर्ष नेतृत्वले अधिवेशन गर्न सक्नैद भने भनोस हामी गरेर देखाउने छौँ’ बाँस्कोटाले भने । उनले पार्टीभित्र केही आग्रह पूर्वाग्रह हुने भन्दै कुनै कमजोरीमा टेकेर एउटा पक्षले अर्को पक्षमाथि लक्षित गरेर हमला नगर्न नहुने बताए ।
वर्तमान सरकार नेपालको संविधान कार्यान्वयन गर्ने चुनौती, भुकम्पको चुनौती, नाकाबन्दीको चुनौती र कोरोना भाइरसको चुनौतीको सामाना गर्दै अघि बढेको बताउँदै उनले देशमा केही काम भएन भन्नेहरुका लागि विभिन्न क्षेत्रमा भएका कामले जवाफ दिएको बताए । बाँस्कोटाले नेकपामा तलमाथि भएको खण्डमा नेपालको राजनीतिक व्यबस्थाका साथै संघियता, लोकतन्त्र समेत खतरामा पर्ने बताउनुभयो । उनले नेताले दायित्वबोध जवाफदेहिता लिएर आफ्ना कदमहरु चाल्नुपर्ने बताए ।
कार्यकर्ताको भावनामाथि बञ्चरो प्रहार गरेर शक्तिको तुजुक नदेखाउन शिर्ष नेतालाई उनले खबरदारीसमेत गरे  । राजावादीले देशका विभिन्न स्थानमा भएका प्रर्दशन प्रति लक्षित गर्दै देशमा लावण्य देशको जस्तो राजा चाहिएको भएमा प्रर्दशनहरु गर्न छुट भएको उनले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङले बजारमा दुई तिहाईको वर्तमान सरकारले केही काम गर्न सकेन भनेर बेतुकको हल्ला मच्चाएको बताए । नेकपाको सरकारले गरेका कामहरु सुरुवात मात्रै भएको बताउँदै आगामी दिनमा विकास निर्माणका धेरै कामहरु हुने उनले बताए ।


कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनताको अपेक्षाअनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पुरा हुने बताए । उनले नगरभित्र सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोडसहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको पनि बताए ।
कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, संविधान सभा सदस्य रामहरि सुवेदी, पूर्वमन्त्री तथा संविधान सभा सांसद रेशम लामालगायतले समसामयिक राजनीतिक गतिविधिको बारेमा भनाई राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0