Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारगृहलाई महासंघको पत्र

प्रभातफेरी अनलाइन ५९४९ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (२ साल अघि)
सञ्चारगृहलाई महासंघको पत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले बिहीबार तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी सहितको पत्र पठाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
महासंघका सचिव तथा श्रमजीवी हीत प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालका अनुसार, पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र माग पुरा नगरिए महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पत्र पठाइएको हो ।
महासंघको शुक्रबार धादिङमा बस्ने उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको स्वरुप र मिति तय गर्ने जनाइएको छ । प्रेस सम्बद्ध संगठनहरुबाट दोस्रो चरणमा सम्वद्ध संचार गृहका संचालकहरुको घर घेराउदेखि संचार गृहमा सत्याग्रह र आमरण अनसनसम्म गर्न महासंघलाई सुझाव प्राप्त भएकाले सोही सुझावका आधारमा आन्दोलनको स्वरुप तय हुने सचिव दाहालले जानकारी दिनु भएको छ ।
महासंघले श्रमजीवी पत्रकारको अधिकारप्राप्तिका लागि वार्तासंवाद, पत्राचार, कानुनी संघर्षदेखि आन्दोलनसम्म गर्दै आएको छ । पछिल्लो समय कोरोना महामारीको लाभ लिंदै नियमित पारिश्रमिक नदिने, पारिश्रमिक आधा घटाउने, निष्काशन गर्ने, फोर्स लिभमा राख्ने, अनुचित सरुवा गर्नेलगायतका समस्या देखिएपछि महासंघ त्यस विरुद्ध आन्दोलित छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको टोलीले आन्दोलनको रणनीति बनाउने र परिचालन गर्ने गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0