Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको बैठक सम्पन्न

प्रभातफेरी अनलाइन ६६५३ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
१९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको बैठक सम्पन्न

बैरेनी । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको धादिङको बैरेनीमा भएको बैठकले १९ बुँदे घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको छ ।
मंसिर १२ र १३ गते उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थितिमा बैठकले निम्न बुँदाअनुसारको घोषणापत्र जारी गरेको छ ।
१. महासंघ शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि महासंघ पदाधिकारीहरुको नेतृत्वमा १० वटा प्रदेशमा परिचालन हुने गरी कार्यदल गठन गर्ने निर्णय गरियो । कार्यदलको संयोजकमा निम्न अनुसार रहने निर्णय गरियो ।
प्रदेश नम्बर तथा कार्यदल देहाय बमोजिम रहेको छ ।
क. प्रदेश नं १ – रोशन पुरी, लेखा समिति संयोजक
ख. प्रदेश नं २ – शीतल महतो, सचिव
ग. बागमती प्रदेश – रामप्रसाद दाहाल, सचिव
घ. गण्डकी प्रदेश – रेम बहादुर विश्वकर्मा, सचिव
ङ. लुम्बिनी प्रदेश – उदय जि.एम., सचिव
च. कर्णाली प्रदेश – लक्ष्मी पुन, सचिव
छ. सुदूरपश्चिम प्रदेश – राजेश मिश्र, कोषाध्यक्ष
ज. उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेश – प्रकाश थापा, सचिव
२. श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले सञ्चालन गरेको आन्दोलनलाई थप शसक्त बनाउँदै संवाद, दबाब (आन्दोलन) र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै श्रमजिवी पत्रकारहरुबाट प्राप्त हुन आउने उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न गरी तत्काल सम्बोधनका लागि महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने निर्णय गरेको छ । महिला पत्रकारहरुमा पेशागत असुरक्षा बढेको सन्दर्भमा महासंघ गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार महिलाको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने निर्णय गर्दछ ।
३. नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन पहिलो चरणको आन्दोलन स्वरुप सम्बद्ध सञ्चार गृहमा धर्ना दिँदा समेत माग पुरा नभएकाले तत्काल माग सम्बोधन नभए दश दिनपछि दोस्रो चरणको आन्दोलन स्वरुप सम्बद्ध संचार गृहका संचालकको निवासमा धर्ना दिन महासंघ बाध्य हुने चेतावनी दिन चाहन्छ । अन्य संचार गृहहरुलाई पनि आन्तरिक रुपमै श्रमजीवी पत्रकारका समस्या सम्बोधन गर्न ध्यानाकर्षण गराइन्छ ।
४. कोभिड १९ संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न, कोभिडको सचेतना जगाउन सञ्चारकर्मीहरुलाई नै केन्द्रित गरी निशुल्क चिकित्सक परामर्श सेवाको व्यवस्था गर्न सम्बद्ध निकायसँग माग गर्दछौं ।
५. कोभिड महामारीका कारण बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई सहयोग गर्न तत्काल लेखनवृत्तिको व्यवस्था गर्न महासंघ नेपाल सरकारसँग माग गर्दछ ।
६. कोरोना बिमा अन्तर्गत बिमितहरुलाई बीमा कम्पनीहरुले बीमा रकम भुक्तानी गर्न ढिलासुस्ती गरेको गुनासो आइरहेकाले बिमित व्यक्तिहरुलाई बीमा रकम तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन माग गर्दछ ।
७. कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछ । श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा कोभिडको बहानामा नियमित पारश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्काशन गर्ने संंचार गृहलाई सहुलियतपूण ऋण तथा अनुदान उपलब्ध नगराउन महासंघ जोडदार माग राख्दछ ।
८. ६० वर्ष नाघेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेका जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत उपलब्ध गराउन माग गर्दछ ।
९. महासंघ नेपाल सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन माग गर्दछ ।
१०. सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापत पत्रपत्रिकाले एक महिनाभित्र पेश गर्नुपर्ने बिल कोभिडका कारण पेश गर्न ढिला भएका सबै किसिमका पत्रिकाहरुको तत्काल भुक्तानी दिने व्यवस्था गर्न माग गर्दछौं ।
११. नेपाल पत्रकार महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली हालसम्म लागु हुन सकेको छैन । समानुपातिक विज्ञापन लागु नहुन्जेलका लागि स्थानीय र प्रदेश तहबाट उपलब्ध गराईने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरणको लागि माग गर्दछौं । साथै लोककल्याणकारी विज्ञापन वापतको रकम दोब्बर वृद्धि गर्न पनि महासंघ माग गर्दछ ।
१२. जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर प्रेस पास जारी र नवीकरण गर्ने कार्य सम्बन्धित जिल्लाबाटै नवीकरण गरी कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्ने वातावरण तत्काल मिलाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछौं ।
१३. साना लगानीका सञ्चारमाध्यममा टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न आग्रह गर्दछ ।
१४. अनलाईन सञ्चारमाध्यमले मुलधारको पत्रकारितामा स्थान बनाउदै गएको सन्दर्भमा अनलाईन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन माग गर्दछौँ । अनलाईन सञ्चारमाध्यमको दर्ता, नवीकरण र विज्ञापन जस्ता कार्यहरु सरकारका सबै तहबाट हुने व्यवस्था मिलाउन माग गर्दछौँ ।
१५. अनलाईन सञ्चारमाध्यमलाई बजेट वक्तव्यमा उल्लेख गरिएको लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गर्दछौँ ।
१६. महासंघले गर्ने हरेक गतिविधिमा लैगिंक मैत्री र समावेशी नीति अपनाउने गरिएको सन्दर्भमा आवश्यक नीति, कार्यविधि, निर्देशिका र रणनिती निर्माण गरी महिला हिंसामा शून्य सहनशीलताको अपनाउने निर्णय गरियो । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महासंघ ऐक्यवद्धता जनाउँदछ ।
१७. बैठक स्थल धादिङसँग जोडिने मध्यपहाडी लोकमार्ग र बुढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण कार्य सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दछौं ।
१८. धादिङमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पहल गरिदिन सरोकारवाला निकाय र स्थानीय तहसँग आग्रह गर्दछौ ।
१९. पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङ खण्डमा दुर्घटना न्यूनिकरणका लागि सडकको स्तर उन्नती गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्ध सहित बैठक सम्पन्न भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0