Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोदो खेती र यसको उपयोगिता

प्रभातफेरी अनलाइन ९४३८ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
कोदो खेती र यसको उपयोगिता

रेणुका कार्की

परिचयः
कोदोको वैज्ञानिक नाम “Eleusine coracana” हो । यो “Graminae” तथा (Poaceae) परिवारमा पर्दछ । कोदो विश्वको एक प्रमुख अन्न बालि हो । यसको उत्पत्ति अर्फिकि महादेशको ईथियोपिया भन्ने देशमा भएको हो । नेपालमा पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोर्साे बालि मानिन्छ। यसको खेती नेपालको पहाड र तराई दुबै क्षेत्रमा गरिन्छ । सुख्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रने हुनाले यो बालिलाई नेपालको पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ । करिब १५० सेन्टिमिटर सम्म अग्लो हुने यो कोदोको डाठो चौडा र गांठो गोलो हुन्छ । उत्पत्ति ःडे क्याण्डोल (१८८६) का अनुसार, कोदोको अनेकौं रूप हाम्रो देशमा पाइएकोले कोदो सम्भवतः भारतबाटै उत्पत्ति भएको हो। उत्तर भारतको विभिन्न भागमा पाइने एल्युजिन इण्डिका नामक घाँसजातीय वनस्पतिबाट यसको उत्पत्ति भएको हुनसक्छ। यो भारतबाट एबिसिनिया र बाँकी अफ्रिकी देशहरूमा फैलिएको हुनसक्छ । तर भेभिलो (१९५१) र मेहरा (१९६२) एल्युजिन कोराकाना अफ्रिकी मूलको भएको ठान्छन् अनि यो बाली शुरुमा सोबोइन मार्ग भएर अफ्रिकाबाट भारतमा आएको बताउँछन् । हावापानीःकोदो प्रमुख अन्न बाली भएको कारणले गर्दा यसको उत्पादन विभिन्न क्षेत्रमा गरिन्छ । यसको उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । कोदोलाई गरम तथा सम शितोष्ण हावापानि चाहिने भएका पनि यसको खेती तराई देखि ७००० फिट अग्लो पहाडसम्म गर्न सकिन्छ । बोट वृद्धिको लागि बढि तापक्रम चाहिन्छ भने यसका लागि औसत अधिक्तम तापक्रम २७ डिग्ी सेल्सियस र न्युनतम तापक्रम १८ डिगी सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।
माटोः
कोदो खेती जुनसुकै माटोमा गर्न सकिने भएता पनि पानी नजम्ने र बलौटे दोमट माटोे यसको लागि उपयुक्त मानिन्छ । यो बाली अम्लिय माटोदेखि धेरै नुनिलो र रातो माटोमा पनि राम्रो फस्टाउँछ । यसको खेतीको लागि पि.एच ४.५ देखि ५.५ भएको माटो उपयुक्त हुन्छ ।
जग्गाको तयारी ः
सामान्यतयाः मकै बाली भित्र धुसुवा बालीका रुपमा कादो लगाईने भएकाले मकै भित्र कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कादोको बेर्ना रोप्ने प्रचलन छ तर एकल बालीको रुपमा कोदो खेती गर्न हलो वा टयाक्टरले एक दुई पटक राम्ररी जोते पछि डल्ला फोरेर झारपात हटाएर जमिनको तयारी गर्नुपर्दछ भने कादो खेतीका लागि माटोलाई मसिनो बनाउनु नै उपयुक्त हुन्छ । कोदो खेती गरिने जमिनमा पानी जम्ने अवस्था आउन नदिन पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ अनि बल्ल कोदो खेती गर्नको लागि बारी तयार हुन्छ। कोदो खेती गर्दा लाईनको दुरी २०–२५ सेन्टिमिटर तथा बोटको दुरी ८–१० सेन्टिमिटर हुनुपर्दछ। लाईनमा छर्दा बीउ ३–४ सेन्टिमिटर गहिरो हुनुपर्दछ। बेर्ना सारेर खेती गर्दा ४ किलोग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरि बेर्ना उमार्न पुग्छ तर साधारणतय एक हेक्टरको लागि ८–१० किलोग्राम बीउ चाहिन्छ, बीउ सबै ठाउँमा एकनास हुने गरि छरिदिने र माथिबाट १–२ सेन्टिमिटर बाक्लो गरि माटोले छोपी त्यसलाई थराल, तितेपाती वा असुरो आदिले छोपी चराचुरुङ्गीबाट बचाउनु पर्दछ।
मलखादः
कोदोको राम्रो वृद्धि र विकासको लागि मलखादको पनि आवश्यक पर्दछ । विशेषगरी कोदो खेती गर्दा प्रयोग गर्नुपर्ने मलखादको मात्रा लगाउने जात, माटोको प्रकार र बाली लगाउने तरिका आदि कुराहरुमा निर्भर गर्दछ । त्यसैले माटोको परिक्षण गराएर मात्र माटोमा अपुग तत्वहरु उपयुक्त मात्रामा प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । कोदो खेतीका लागि युरिया ३.६७ किलोग्राम, डि.ए.पी ३.२६ किलोग्राम, पोटास १.६६ किलोग्राम र २०–२५ डोका प्राङारीक मल प्रती रोपनीका दरले प्रयोग गर्न सकिन्छ ।यसरी प्रयोग गर्दा पोटास र डि.ए.पी को पुरै मात्रा र युरियाको आधा मात्रा मल जमिनको अन्तिम तयारिको समयमा प्रयोग गर्नुपर्दछ र युरियाको बाकि आधा मात्रा गांज आउने समयमा “तयउ मचभककष्लन” गर्नुपर्दछ । नेपालमा धेरै स्थानहरुमा मकै छर्दा प्राङारीक मल प्रयोग गर्ने र कोदो रोप्दा मल प्रयोग नगर्ने चलन भए पनि कोदोको उत्पादन बढाउन उचित मात्रामा मलखाद प्रयोग गर्न आवश्यक हुन्छ ।
रोग तथा किरा व्यवस्थापनः
यसको खेती अथवा उत्पादन गर्दै जादा विभिन्न किसिमका रोग तथा किराहरु लाग्न सक्छ जस्तै ः
(१) रिठ्ठे किरा ः यो एक किसिमको कालो रङ्गको खपटे किरा भएकाले यसले जमिन मुनि बसि कोदोको व्याडलाई क्षति पु¥याउँछ । पानी नलाग्ने सुख्खा बालीलाई यसले दुःख दिन्छ । यसको रोकथामका लागि मालाथायन धुलो २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ ।
(२) खुम्रे किरा ः यसको लाब्रे र माउ खपटेले जमिन मुनि बालिलाई क्षति पु¥याउँदछ । यसको व्यवस्थापनका लागि मालाथायन धुलोे २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ ।
(३) धर्के गवारा तथा गुलाबि गवारो ः फुलबाट निस्कनसाथ गवारोको लाब्रे गुभाबाट भित्र पसी मुल डाठ खाई सुकाई दिन्छ । यसको व्यवस्थापनको लागि डेल्टामेथिंन २ मिलि लिटरका दरले पानीमा मिसाई छर्कनु पर्दछ ।
पौष्टिक महत्व ः प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्वहरुः
प्रोटिन ७.६ ग्राम फ्याट १.५ ग्राम कार्बोहाइड्रेट ८८ ग्राम क्यालसिएम ३७० ग्राम भिटामिन ०.४८ मिलिग्राम थाइमिन (बि १) ०.३३ मिलिग्राम राइबोफ्ल्याबिन (बि २)ः ०.११ मिलिग्राम नाइसिन (बि ३) ः १.२ मिलिग्राम
फाइबरः ३ ग्राम
उपयोगीताः कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।
अन्त्यमा ः बच्चाको लागि सबैभन्दा उत्तम
स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0