Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्ध मुलुक निर्माणमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका छ ः अध्यक्ष गोल्छा

प्रभातफेरी अनलाइन ६५८३ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार (५ साल अघि)
समृद्ध मुलुक निर्माणमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका छ ः अध्यक्ष गोल्छा

धुलिखेल । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

सोमबार धुलिखेलमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गोल्छाले समृद्ध मुलुक निर्माणमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेता पनि सरकार व्यवसायीहरुको समस्यातर्फ गम्भीर नभएको टिप्पणी समेत गर्नुभएको थियो । आफ्नो कार्यकालमा व्यवसायीहरुका समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रण समेत अध्यक्ष गोल्छाले कार्यक्रममा गर्नुभएको थियो ।
कार्यक्रमलाई उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, कोषाध्यक्ष सकुन्तलाल हिराचन, केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, पूर्व केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ लगायतले निर्वाचित कार्यसमितिप्रति सफल कार्यकालको कामनासहित तत्काल महासंघले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव सहित आफ्ना भावनाहरु राख्नुभएको थियो । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजूले आफूहरुले व्यवसायिक हकहितको पक्षमा मात्र नरही समग्र धुलिखेलको विकास निर्माणमा व्यवसायीहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा समेत सुसूचित गराउँदै आएको बताएका थिए । व्यवसायीहरुको उद्देश्य कमाउधन्दा मात्रै हो भन्ने चिन्तनबाट माथि उठ्नु आजको आवश्यकता हो । त्यसैले पनि हाम्रो मूल मर्म व्यवसाय भएता पनि सामाजिक सेवाबिना सफल हुन नसक्ने अध्यक्ष कोंजूको तर्क थियो । व्यवसायीहरु नितान्त व्यवसायमा लाग्ने हो भने देशको विकासको सम्भावना छैन । यदि मुलुक समृद्ध नहुने हो भने हाम्रो व्यवसायको कुनै अर्थ रहन्न । तसर्थ पनि हामी व्यवसायीहरुले व्यवसाय हकहितका लागि पनि केही समय छुट्याउनुपर्छ । तब मात्र व्यवसायिक हक हित र प्रवद्र्धनका लागि न्यायोचित ठहरिन्छ भन्नुभएको छ ।
कार्यक्रम धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजूको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कोमलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0