नेपालको सञ्चार क्षेत्रमा पत्रकारितालाई उत्कृष्ट साधनको रुपमा सम्मान गरेको छ । जसलाई वि.सं. १९०८ बाट सुरुवात भएको भनी देखाइएको छ तर आजसम्म आइपुग्दा पनि त्यस क्षेत्रसँग जीवन खोज्नेहरुले खासै केही प्राप्त गरेको अपवाद रुपमा देखिँदैन ।
वि.सं. १९०८ मा नेपालमा पहिलो पटक तत्कालिन प्रधानमन्त्री जंगबहादुरले बेलायतबाट गिद्धे प्रेस अर्थात् हाते प्रेस नेपाल भित्र्याएको इतिहास छ । त्यो इतिहास हेर्ने हो भने आज झण्डै डेढ सय वर्षको कालान्तरमा पनि खासै भिन्नता पाइएको छैन भन्दा पनि फरक पर्दैन । समयचक्र अनुसार १९५८ मा गोरखापत्र र २००७ सालमा रेडियो नेपाल र २०४२ माघ १७ गते नेपाल टेलिभिजनले पत्रकारिता क्षेत्रमा ढोका उघारेको देखिन्छ । यो इतिहास केलाउने हो भने पत्रकारिताभित्र मौलाएको मन्द खेतीले खासै उपलब्धी हासिल गरेन भन्दा पनि हुन्छ तर २०४६ सालको राजनीतिक परिवर्तनले पत्रकारिता क्षेत्रमा अनुकरणीय फड्को मार्ने युगको रुपमा आफूलाई स्थापित त ग¥यो तर व्यवस्थित भने ग¥यो भन्ने अवस्था रहेन । जसको प्रतिबिम्ब बनेर पत्रकारितामा जीवन खोज्नेहरु आज पनि भौतारिरहेको अवस्थाले पुष्टि गर्दछ । नेपालको पत्रकारितामा आफूलाई कति पारदर्शी, कति जिम्मेवारी र उत्तरदायी बनाउन सक्यौं भन्ने विषयमा हामी स्वयं जिम्मेवार बन्नु आजको पहिलो आवश्यकता देखिएको छ ।
यो अवस्थामा पत्रकारिता क्षेत्रभित्र मौलाएका विकृति, विसंगतिका विरुद्ध आवाज बुलन्द गर्नुको सट्टा स्वतन्त्रताका नाममा मलजलको खेती गर्नेहरुबाट स्वतन्त्र पत्रकारिता गर्नेहरु जोगिनुपर्ने अवस्था आएको छ । जसबाट कतै पत्रकारिता गर्दागर्दै कसैको निशाना पो बनिदिनुपर्ने हो कि भन्ने निराशाहरु तैरिएका छन् । यसबाट सञ्चार माध्यम, पत्रकारिता, स्वयं पाठक समेत संयमको विकल्पमा जिउन विवश त छैनन् भन्ने अनुत्तरित प्रश्नहरु सिर्जना भएका छन् । कुनै पनि संघ संस्थाहरु ति संघ संस्थासँग आबद्ध किन हुन्छन् ? खोजीको विषय टड्कारो रुपमा अगाडि आएको छ । पछिल्लो समय नेपाली पत्रकारितासँग घनिष्टता स्थापित आफ्नो छाता संगठनले वर्षभरि अथवा कार्यकालभरि गरेका गतिविधिका बारेमा लेखाजोखा गर्ने संगम थलोको रुपमा लिइने साधारण सभालाई पछिल्लो समय कर्मकाण्डीको एउटा स्वरुप दिन थालिएको छ । जो विधि प्रक्रिया पार गरेर गएको हुन्छ । जहाँ आफ्ना मनमा लागेका गुनासाहरु पोख्ने मञ्चको रुपमा पत्रकारहरुले उपयोग गर्न पाउने एउटा खुल्ला बहस गर्ने स्थानको रुपमा उपयोग गर्ने थलोको रुपमा मानिन्छ । अन्याय, अत्याचार, शोषण, उत्पीडनको एउटा संयोजनको रुपमा प्रयोग हुने उक्त थलोबाट निस्किएको निचोड नै पत्रकारहरुले आफ्नो मन बहलाउने चौतारीका रुपमा लिने गर्छन् तर नेपाल पत्रकार महासंघले उक्त चौतारीमा पिपल होइन, निलकाँडा रोपेर पत्रकारहरुको घाउमा नुनचुक दल्ने परम्पराको श्री गणेशाय नमः सुरु गरेको छ ।
यो अवस्थामा साधारण सभा केका लागि ? किन ? के आफ्ना पिडाहरु राख्ने थलोको रुपमा विकास गर्न नदिनु पछिल्लो समय पत्रकारिताको धर्म भएको छ । बिडम्बना ! नै भन्नुपर्ला एउटा फाँसीको फण्डामा लर्किन तयार रहेको अपराधीलाई त अन्तिम इच्छा सोधिन्छ तर पत्रकार जसले यो मुलुकमा आमूल राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन समेत उत्सर्जन गर्न पछि परेनन् । समयले मागेको खण्डमा आफूलाई बलिदानी दिन पनि पछि हटेनन् तर तिनै पत्रकारहरु आफ्ना हक, अधिकारका बारेमा बोलिदिने निकायबाट अधिकार बञ्चित हुन विवश छन् । यो अवस्थामा यस किसिमका कर्मकाण्डी सीमित व्यक्तिहरुको पृष्ठपोषणभन्दा अरु कुनै अर्थ राख्दैन । जुन किसिमका हर्कतहरु प्रस्तुत हुँदै आए, ति हर्कतहरुले पत्रकारिताभित्र अधिनायकवादको विषारोपण गर्ने खेतीको रुपमा स्थापित भएको छ । जसले यर्थाथमै पत्रकारिता गर्नेहरुका लागि बेल पाक्यो कौवालाई हर्ष न विस्मात् भएको छ । पत्रकारिताको क्षेत्रमा देखिएको बेथितीका बारेमा अब त्यस्तो कुनै निकाय छ जस्तो लाग्दैन, जसले न्यायका लागि आवाज बोलिदिने साधन छैन । जसले जति ज्यादती गर्न सक्यो उही समाजको प्रतिष्ठित अनुहारको रुपमा स्थापित हुँदै जाने संस्कारले यसैमा जीवन खोज्नेहरु विस्तापित हुनुको विकल्प छैन । स्वयं आफ्ना पिडाहरु लुकाएर बाँच्न कति सकिन्छ भन्ने मात्रै हो ।
यो अवस्थामा साधारण सभाले के दिन्छ ? सहजै अड्कल गर्न सकिन्छ । जो जसका लागि चाप्लुसी गर्छ, उसैले अवसरहरु प्राप्त गर्छ । गुलिया भाषणहरु सुन्न पाइन्छ र तिनै भाषणहरुबाट क्षणिक रम्नेहरुलाई सम्मान गर्ने संस्कार हृदयदेखि नै मौलाएको इतिहास हाम्रा सामु छ । आज पनि तिनै कर्मकाण्डीहरुलाई सम्मान गर्दै गुलामी गर्न पल्केकाहरुको सामाजिक सञ्जालमा सम्मानित आकृतिहरु छाउनेछन् । जसले पत्रकारितामा जीवन खोज्नेहरुका लागि नुनचुक लगाउने एउटा कर्मकाण्डीको विधिवत् विसर्जन हुन्छ । बस् ! यही परम्पराबाट हामी कहिल्यै अगाडि बढ्ने हो, त्यो नयाँ पिढिँले सोच्ने दिन आएको छ । अब नेपाली पत्रकारितामा पार्टीकारिता हाबी हुँदै जाँदा त्यसका अनुयायीहरुले स्वतन्त्र पत्रकारिताको दुहाई दिनु कतिको न्यायसंगत होला ? पार्टी पत्रकारिता, व्यवसायिक पत्रकारिता र मिसन पत्रकारिता एकअर्काका पूरक बनेको अवस्थामा सत्य, तथ्य, निष्पक्ष नाराको कुनै अर्थ रहन्न भन्ने उदाहरण पछिल्ला गतिविधिहरुले प्रमाणित गरेको यर्थाथता हाम्रा माझ छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |