logo
२०८३ अषाढ ६, शनिबार |
📰
🔍

शरीरमा हुने दुखाई र समाधानका उपाय

प्रभातफेरी अनलाइन८९२७ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार(५ साल अघि)
शरीरमा हुने दुखाई र समाधानका उपाय

चिसोको समयमा हाम्रो शरीरमा दुखाई बडी हुन्छ, दुखाई हुनुको विभिन्न कारण हुन सक्छ । कुनै किटाणु जन्य कारणले त कुनै अंग प्रत्यंगको खराबीले गर्दा मांसपेसिहरु दुखाई हुन सक्छ । कतिपय अवस्थामा खानपान, आहार बिहार साथै व्यायामको तरिकाहरु नमिलेर पनि दुखाईको पिडा खेप्नु परेको हुन्छ ।
त्यसैगरी हाम्रो दैनिक उठबस, हिँडडुल, खानपान, काम गर्ने तरिकाहरु नमिलेका कारणले पनि नसाजन्य एउटा ठूलो समस्या हुने गर्दछ । नसासंग संबन्धित रोग भएकाहरुलाई चिसो याममा थप पिडा हुने गर्दछ । त्यसैले शरिरमा हुने दुखाईबाट जोगिनको लागि साबधानी अपनाउन उत्तिकै आवश्यक रहन्छ । शरिरमा हुने कतिपय दुखाई न त अस्पतालान पुगेर जचाउने क्रममा कुनै मेशिन औजार यन्त्रले देखाउन सक्दैन । यस्तो खाले दुखाईको समस्या पुर्ण रुपमा कुनै पनि औषधिले निको हुन सक्दैन केवल समाधान मात्रै हो ।
नसाजन्य दुखाईका कारणहरु मध्ये धेरै जसो हाम्रो दैनिकी जीवनसँग सम्बन्धित क्रियाकलापहरु पर्दछन । जस्तै कि कुनै भारी सामान उठाउँदा, ठेल्दा, तान्दा , धेरै बेर एकै आसनमा बस्दा, सुताई नमिल्दा, लडि़ंदा, ठोकिंदा, खेल खेल्दा, घटना या दुर्घटनामा पर्दा आदी । यस प्रकारको दुखाइ नकी कुनै खानपान सँग सरोकार राख्न्छ नकी कुनै उमेरसँग। केवल सानो भन्दा सानो कारणले पनि समयमै सही उपचार नपाएको खण्डमा भविष्यमा तिनै समस्याले ठूलो पीडा निम्त्याउन सक्छ । हाम्रो शरीरमा हुने धेरै जस्तो दुखाई नसाको रोगको कारणले हुने गर्दछ ।
नसाजन्य रोगका कारण हुने समस्याहरुको रुपमा माइग्रेन ,गर्दन (पाता (हातहरु दुख्ने तथा झमझमाउने ,ढाड (कम्मर दुख्ने ,गानोगोलाको कारणले दुख्ने पेट दुखाई जसलाई क्ष्द्यक् पनि भनिन्छ ,कम्मरदेखि तल खुट्टासम्मको एक खालको दुखाई जसलाई साइतिका पनि भनिन्छ , घुँडा दुख्ने , पिडूँला दुख्ने, खुट्टाका औलाहरुमा करेन्ट लागे जस्तो दुख्ने आदि । हाम्रो शरीरका विभिन्न भागहरुमा शरीरको मेशिन संचालनका विभिन्न च्यानल मार्फत शक्ति प्रवाहित भैरहेको हुन्छ । कतै, कुनै कारणले ति च्यानलका बाटाहरुमा अवरोध सिर्जना भएर द्ययिअप भएपछि नै बिस्तारै हामीलाई पीडा महसुस हुन थाल्छ जसको कारण सुरुवाति अवस्थामा सानो कारणले भएका नसाको दखल नै भविष्यमा ठूलो हुन जान्छ ।
मानौ हामी हिँड्दा हिँड्दै कतै साधारण लडिएर खुट्टामा हल्का असर पर्यो भने शुरुमा त त्यो दखल परेको भागका नसामा असर त परेकै हुन्छ र दुखाइको कारणले हामी त्यस भागमा तत्काल अलि अलि स्व.स्फुर्त रुपमा शरीरले नै त्यस भागमा एक छिन भए पनि माडन वा प्रेशर दिन सिकाए अनुसार एकछिन त मालिस गरि हाल्छौ तर अर्को दिन देखि दुखाई अलिक बढि नै अनुभूति हुने कारणले त्यस भागमा चलाउन छोड्छौ या डराउछौ । त्यसपछिका दिनबाट नै बिस्तारै त्यस असर परेको भागमा एकप्रकारले वबm या दयिअपबनभ सुरु हुन थाल्छ । तर जब दुखाई बढ्दै गएर नसामा एकप्रकारले कडापन आउन थाल्छ तब त्यो भागसँग सम्बन्ध राखेर प्रवाहित हुने आर भागहरुमा समेत बिस्तारै दुखाइ, तरंग, करेन्ट, झमझम गर्ने शुरु हुन थाल्छ । जसरी पानी आउने धाराको पाइपमा बिचबिचमा लेदो जमिए पछि धारामा पानीको प्रवाह कम हुन्छ ठीक त्यसै गरी हाम्रो शरीरका विभिन्न भागहरुमा पनि हाम्रो दैनिक अस्वस्थ्य कार्यशैलीका कारण नसा जाम अथवा दयिअपबनभ हुन पुगेको खण्डमा बिस्तारै त्यसको असर अरु भागहरुमा पनि हुँदै जान्छ । अनि हामी थप चिन्तामा डुब्छौ र ठूला हस्पिटल र डाक्टरका शरणमा पुग्दै अझ झन् चिन्तित बनाउने बाटोतिर धकेलिँदै जान्छौ ।
जस्को कारण नसा च्यापिएर अपरेसन गर्नु पर्ने, हड्डी खिइएको आदि भनाईका कारण झन् समस्यामा पर्दै जान्छौ मानसिक रुपमा पनि बिमार थपिँदै जान्छ । अनि शारीरिक र मानसिक रुपमा पीडित हुँदै कतै केहि गरि निको नभएर तनाब बढ्दै गएर लामो समयपछि तिनै व्यक्ति बिस्तारै डिप्रेसनको शिकार बन्दै जान्छ ।
नसाजन्य दुखाइ समस्या समाधानका लागि हाम्रो शरीरले दिने पहिलो संकेत माथि उल्लेख गरिएका दुखाईहरुमा तिनै दुखाइलाई भने हाम्रो शरीर भित्रकै एक जागरुक अदृश्य डाक्टरले जानी नजानी ति दुखाईहरु सँग पौठेजोरी खेलिरहेको हुन्छ जसको कारण हामी आफै ति दुखाईलाई जानी(नजानिकन बेला बेलामा थिची रहेका हुन्छौ अथवा आफ्नै हातका औलाले जानी नजानी बेला बेला थिचेर आराम लिन खोजि रहेका हुन्छौँ वा प्रेशर दिएर दुखाईबाट राहत लिन खोजिरहेका हुन्छौँ । जुन थिचाई नकी कसैले थिच भनेर सिकाएको थियो वा कसैले अह्राएको हुन्छ ।
तिनै शरीरका भाषा वा शरीरका अदृश्य डाक्टरी भाषालाई वास्तवमै हामी आफै एक तरिकाले प्रेशर या दबाब दिएरआराम महसुस पनि गरिरहेका हुन्छौ भने अर्कोतिर ठूला ठूला हस्पिटलका पछाडि पनि समय र पैसाको बर्बादीका साथ कुदिरहेका पनि हुन्छौँ तर दुखाई जस्ताको त्यस्तै रहन्छ ।
अब हामीले बुझ्नु पर्ने मुख्य कुरो यस्ता धेरै जसो नसाजन्य दुखाईलाई त हाम्रो शरीरले नै एक प्रकारको स्वहिलिंग अथवा स्व–स्फुर्त तरिकाले हाम्रो दचबष्ल या दिमागले हाम्रो हातहरुलाई ति दुखेको वा असर परेको अथवा भलभनचथ प्रवाह हुने बाटोमा दयिअप हुने बितिक्कै थिच, दबाब देउ, मालिस गर भन्ने निर्देशन दिइसकिएको हुन्छ वा शरीरको भाषाले नै दुखाई निदान गर्ने सही उपचार निर्देश गरिरिहेको हुन्छ जुन भाषा हामी मध्ये धेरैलाई जानकारी नहुन सक्छ ।
यसरी शरीरको जुन भागमा दुखाई छ, त्यस भागमा हातका औला, कुहिना, हत्केला प्रयोग गरेर एक प्रकारको थिचाई जुन थिचाईले केहि कारणले जाम अथवा दयिअप अथवा कडापन भएको नसा वा mगकअभि जामको समस्यालाई शरीरले जानी नजानी थिचाई माग गरिरहेको र एक प्रकारको दुखाइबाट राहत मिलेको अनुभूती हाम्रो शरीरले गरिराहेको हुन्छ । जसको फलस्वरूप जान अन्जान रुपमा हामी शरीरका नसा जन्य कारणले असर परेको भागमा बेला बेला थिचिरहेको हुन्छ । अनि केही राहत महसुस गरिरहेका पनि हुन्छौँ ।
यसरी हाम्रो शरीरको प्रकृति भाषा बुझेर उपचार गर्ने खास सहि तरिका शिआचु थेरापी जसलाई जापानिज भाषामा शि.को अर्थ औला र आचुको अर्थ प्रेशर भन्ने बुझिन्छ । यस उपचार विधिबाट हाम्रो शरीरका शिरदेखि पाउसम्मका ९० प्रतिशत दुखाईलाई निमिट्यान बनाउन सकिन्छ भन्ने कुरामा सायदै थोरै मात्र जानकारी हुन सक्छ । जसमा माइग्रेन, गर्दन (पाता तथा हात पाखुरा दुखाइ, ढाड कम्मर दुख्ने, गानोगोलाको कारणले हुने पेट दुखाई, घुँडा दुखाई, खुट्टा दुखाइ एवं शरीरका विभिन्न भागका पिडाका सामा दुख्ने दुखाई हुन् ।