Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रुघाखोकिबाट जोगिने उत्तम उपाय

प्रभातफेरी अनलाइन ७३४३ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (५ साल अघि)
रुघाखोकिबाट जोगिने उत्तम उपाय

आर.एल.श्रेष्ठ

जाडोको मौसम छ बयस्क र बृदरकेटाकेटी जो कोही लाई रुघाखोकी ले सताउन सक्छ यस्तो समयमा रुघाखोकिबाट जोगिन उत्तिकै आवस्यक हुन्छ । प्रायः मौसम परिर्वतनसँगै रुघाखोकी देखा पर्छ । धेरै जसो मानिहरु हरेक वर्ष एकदुई पटक रुघाखोकीको प्रकोपमा पर्ने गर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसहरूबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले मानिसलाई निकै सताउँछ, आक्रान्त बनाउँछ ।
रुघाखोकीका असर
.रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत निकै बेचैन बनाउँछ ।
.रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन ।
.स्मरण शक्तिले पनि ठीकसँग कार्य गर्दैन ।
.रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ ? त्यो हामी सबैले अनुभव गर्दै आएको कुरा हो ।
रुघा र बालबालिका
दीर्घ रूपमा रुघा तथा पिनासबाट पीडित भएका कलिला बालबालिकाहरूको पढाइलेखाइ नै प्रभावित हुन्छ, रुघा लागेका बालबालिकाहरूको मन एकाग्र हुँदैन, पढेको विषय सम्झनामा आउँदैन, याद पनि रहँदैन,यस्ता बालबालिकाको उपचार आवश्यक हुन्छ ।
तर आधुनिक मेडिकल विज्ञानमा रुघाको कुनै औषधि छैन । एउटा निकै चर्चित उखान छ, रुघा औषधि खाए पनि सात दिनमा ठीक हुन्छ, नखाए पनि सात दिनमा ठीक हुन्छ । हुन पनि सामान्यतया रुघा ६, ७ दिनभित्र आफैं ठीक हुन्छ । तर रुघा लागेको बेलामा ६, ७ दिन निकै लामो र कठिनपूर्ण हुन्छ । त्यसैले अधिकांश मानिसहरू रुघाले छुनेबित्तिकै आत्तिन्छन् ।
अनि डिस्पेन्सरीमा गएर एन्टिकोल्ड तथा एन्टिबायोटिक ल्याएर खाना थाल्छन् । अधिकांश नेपाली मेडिकल चिकित्सकहरूले पनि यस्तै औषधिहरू दिने गर्छन् । तर एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन । उल्टो शरीरको रक्षा गर्ने ब्याक्टेरियालाई मार्ने तथा प्रतिप्रभावको रूपमा पेटलाई असर गर्ने गर्छ । त्यसैले रुघा लागेको बेलामा एन्टिबायोटिकको प्रयोग गर्नु, गराउनु सर्वथा अनुचित छ ।
रुघाको उपचार
.रुघाको लक्षण देखिनासाथ तातो पानीको सेवन गर्ने ।
.बिहान, बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर पाँच, १० मिनेट राख्ने ।
.सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
.अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने हो पहिलो दिनमा नै रुघामा राहत मिल्छ ।
.अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला (गार्गल) गर्ने ।
.एक हातको बूढीऔंलाले अर्को हातको सबै औंलाहरूको टुप्पोलाई दस दस पटक पालैपालो अठउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।
.दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने । गहन आरामको अनुभव गर्ने । अब कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ । पहेँलो रंगको प्रकाशको गुच्छा विस्तारै तपाईंको नाइटोबाट शरीर भित्र प्रवेश गर्छ र फोक्सो, सास नली, घाँटी, साइनस, आँखा, निधार, टाउकाको भारीपना, पिनास तथा रुघा आदिलाई हिल गर्दै नाकबाट बाहिर निस्कन्छ ।
.नाकबाट लामो सास लिने र मुखबाट फ्याक्ने, आरामको महसुस गर्ने । केहीबेर पछि आँखा खोल्ने र आफ्नो कार्यमा लाग्ने ।

के गर्ने के नगर्ने
.आलु, बैगुन, गाजर, लौका, फर्सी, दही, आचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।
.चिसो, धुवा र धुलोबाट बच्ने ।
.तातो पानीको प्रयोग गर्ने ।
.नुहाउनु परेमा तोरी वा तिलको तेलले शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।
.सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

रुघाको रोकथाम
.रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन ।
.बस्नै परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।
.रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।
.अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोग गर्ने । यसले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
.दिनहुँ वा हप्ताको एकपटक जलनेती क्रिया गर्ने तथा दिनहँु पाँच मिनेट अनुलोम विलोम प्राणायाम गर्ने हो भने रुघाखोकी लाग्ने, पिनास पर्ने, आँखा दुख्ने तथा कमजोर हुने, टाउको भारी हुने आदि समस्याहरू नै आउँदैन । यस प्रयोगले पुरानो पिनास पनि ठीक हुन्छ । अनुहार चम्किलो तथा नेत्र ज्योति तेज रहन्छ ।

 

  • रुघाखोकिबाट जोगिने उत्तम उपाय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0