काठमाडौं । नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिले सञ्चार प्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार सुरक्षाका बारेमा छलफल गरेको छ । बुधबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघले जारि गर्न लागेको सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकार, कामदार र कर्मचारीका लागि बनाएको सुरक्षा मार्गनिर्देशन मस्यौदामा छलफल भएको हो ।
कार्यक्रममा महासंघका सचिव प्रकाश थापाले पत्रकारहरुको भौतिक, मानसिक, कानूनी, पेशागत तथा लैंगिक सुरक्षा सुनिश्चित गर्न पत्रकार सुरक्षा मार्गनिर्देशन आवश्यक भएको बताउनुभएको थियो ।
महासंघका केन्द्रीय सदस्य एव्म डिजिटल समितिका संयोजक लेखनाथ न्यौपानेले पत्रकार सुरक्षासंगै डिजिटल सुरक्षा पनि पछिल्लो समय अनिवार्य भएको बताउनुभएको थियो । अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकार संगै डिजिटल मिडिया सुरक्षाका चुनैतिहरु दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको थियो ।
महासंघका पूर्व सचिव ध्रव लम्साल, लोकतान्त्रीक छापा माध्यमका अध्यक्ष दामोदर दवाडी, अनलाई पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतले प्रारम्भिक मस्यौदामाथि सुझाव दिनुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |