Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स लिडरहरुले आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी भुल्नुहुन्न ः द्वितीय गर्भनर लायन पौडेल

प्रभातफेरी अनलाइन ५१५७ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १२, आईतबार (५ साल अघि)
लायन्स लिडरहरुले आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी भुल्नुहुन्न ः द्वितीय गर्भनर लायन पौडेल

बनेपा । चार्टर ह्याण्ड ओभर कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डिष्ट्रिक (३२५बि१) द्वितीय गर्भनर लायन महेन्द्र पौडेलको कथन थियो– लायन्स लिडरहरुले आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी भुल्नुहुन्न । लायनको मर्म अनुसार नितान्त सामाजिक दायित्वभित्र बाँधिनुको विकल्प छैन भन्नुभएको छ ।


सम्बोधनकै क्रममा द्वितीय गर्भनर पौडेलको धारणा थियो– लायन बन्न चाहनुहुन्छ भने सामाजिक भावना बोकेर आउनुहोला । यो संस्थामा सेवाको भावनालाई मात्र स्थान रहन्छ । कुनै किसिमको नीजि स्वार्थ लिएर प्रवेश गर्नुभएको छ भने आजैबाट त्यस्ता किसिमका सोचाइहरुलाई मन मष्तिष्कबाट हटाइदिनुस् । त्यतिकै नेतृत्वदायी भूमिकामा छनौट हुन्छु भन्ने महत्वकांक्षी योजना लिएर आउनुभएको हो भने त्यो तपाईंको भ्रम हुनेछ । हालको विषम् परिस्थितिलाई लायन्स लिडरहरुले कुनाकन्दरासम्म पुगेर चह्राएका घाउहरुमा मलमपट्टि लगाउनु आवश्यक छ । त्यो गर्न सकियो भने मात्र लायन्स क्लबको सदस्य भएको अर्थ रहन्छ । बिडम्बना ! अहिले कति लायन्स लिडरहरुले कोभिड–१९ को बहाना बनाएर छलछामको खेती गरेको पनि यदाकदा सुन्नमा आएको छ । त्यस किसिमको तल्लोस्तरको खेल लायन्स क्लबमा पाच्य नहुने द्वितीय गर्भनर लायन पौडेलले प्रष्ट्याउनुभएको थियो ।
विश्वमा झण्डै १४ लाखभन्दा बढी लायनहरुले दुई सय १२ राष्ट्रमा आफ्नो उपस्थिति जनाइरहँदा नेपालका ४० हजार लायनहरुले पनि यो क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको परिप्रेक्ष्यमा आफ्नो सशक्त उपस्थितिलाई दर्ज गर्न पछि परेका छैनन् भन्ने प्रमाण लायन्स क्लबका गतिविधिहरुले दर्शाएको छ । जसको प्रतिनिधि पात्रका रुपमा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ माँ चण्डेश्वरी लगायतले गरेका क्रियाकलापले डिष्ट्रिकलाई आश्वस्त पारेको महसुस भएको छ भन्नुहुँदै द्वितीय गर्भनर लायन पौडेलको थप कथन थियो– नेपालमा रहेका ५ सयभन्दा माथिका क्लबहरुसँग आबद्ध लायनहरुले लायन्स क्लबको महत्वलाई बुझेरै आफ्नो दायित्व भुल्ने छैनन् भन्ने विश्वास डिष्ट्रिकले राखेको बताउनुभएको छ । प्रत्येक लायनहरुले आफ्नो क्लबप्रति जिम्मेवार भएर दायित्व पूरा गर्नमा आफू आश्वस्त भएको पनि द्वितीय गर्भनर लायन पौडेलले बताउनुहुँदै कोभिड–१९ बिच जुन किसिमको लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सौजन्यमा लायन्स क्लब अफ माँ चण्डेश्वरी र लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले जुन प्रयास गर्नुभएको छ, त्यसप्रति डिष्ट्रिक आभार व्यक्त गर्दछ भन्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0