Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किन दुख्छ टाउको ?

प्रभातफेरी अनलाइन ७०९० पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १४, मंगलबार (५ साल अघि)
किन दुख्छ टाउको ?

आर.एल.श्रेष्ठ
कहिलेकाही टाउको दुखेर निकै सताउने गर्छ । टाउको दुख्नाको धेरै कारणहरु हुन सक्छन् । सामान्य देखि जटिल कारणले गर्दा टाउको दुख्ने गर्दछ । सामान्य कारणले हो या जटिल कारणले हो भनि पहिचान गरी सावधानी अपनाउन जरुरी रहन्छ । टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ । मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन । तर, वरिपरिका संरचनाहरू मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन् ।

त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो । टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ ।
टाउको दुख्नु भनेको आफैंमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो । यो बिभिन्न कारणले हुन्छ । मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ । प्राथमिक कारणमा पीडा हुने स्थानहरूको अति सक्रियताबाट हुन्छ र यसमा अन्तर्निहित संरचनागत समस्या हुँदैन ।जस्तै माइग्रेनबाट हुने टाउको दुखाई, तनावबाट हुने टाउको दुखाई र टाउकाको एकातिर एक्कासी शुरू हुने दुखाईलाई प्राथमिक कारणमा लिन सकिन्छ ।

पानी कम खायो भने पनि टाउको दुख्छ । कुनै पनि कारणले ज्वरो आउन सक्छ । ज्वरो आएको बेलामा धेरैजसो टाउको दुखेको हुन्छ । तनावले गर्दा टाउको दुखेको टेन्सन हेडयाक) हुन्छ । यो सामान्यभन्दा सामान्य कारणले पनि दुख्छ । जती जती साँझ पर्दे जान्छ टेन्सन हेडयाक बढ्दै जान्छ । हलुका किसिमले टाउको दुखिराख्छ । त्यस्तै अर्को टाउको दुखाई कुनै रोगको कारणबाट हुन्छ जसले मस्तिष्क आवरण वा धमनीमा समस्या पैदा गर्छ र टाउको दुखेको अनुभूति गरिन्छ । जस्तो कि मेनिन्जाइटिस, इन्सेफ्लाइटिसबाट हुने टाउको दुखाइ । अत्याधिक औषधी सेवन (प्रतिक्रियात्मक प्रभाव) द्वारा हुने टाउको दुखाई र पीडा समेत यसमा पर्छ ।

एकदम भारी हुँदैन तर हल्का किसिमले दुखिराख्छ । यसमा कुनै लक्षण पनि हुँदैन । यो दैनिक कृयाकलापले गर्दा हुन्छ । ग्याष्ट्रिकको कारणले पनि टाउको दुख्छ । उच्च रक्तचापको कारणले पनि टाउको दुख्छ । उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु ग¥यो भने पनि टाउको दुख्छ । आँखाको समस्या भयो भने टाउको दुख्छ ।
डिप्रेशनको कारणले पनि टाउको दुख्छ । राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ । यस्तो बेला टाउको भारी हुन्छ । त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ । बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ ।

निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउकोमा टिउमर हुने, रगत जम्ने भयो भने टाउको दुख्छ । यसमा अलि बढी विचार पु¥याउनुपर्छ । विशेष गरी यस्तो अवस्थामा हामीले डाक्टरको सल्लाह लिनुपर्छ ।

सामान्य टाउको दुखेको छ त्यसले दैनिक क्रियाकलापमा असर परेको छैन भने त्यसलाई बेवास्ता त गर्नु हुँदैन तर सामान्यत औषधि प्रयोग गर्न सकिन्छ । उमेर अनुसार पनि भर पर्छ । पाँच वर्ष मुनीको बच्चा र पच्पन्न,साठी वर्ष उमेरभन्दा माथिको व्यक्तिलाई टाउको दुख्यो भने चिकित्सक कहाँ जानुपर्छ ।
टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम.आर.आई. वा लम्बर पंक्चर (मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि) सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिनुपर्छ । विशेषज्ञ (स्नायुविज्ञ, आँखा विशेषज्ञ) कहाँ पठाउनु पर्ने पनि हुन सक्छ ।

 

  • किन दुख्छ टाउको ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0