तारा सुनुवार
दोलखा, हाल ः भक्तपुर
मादलुको तालले किन तान्छ मेरो मन
बैगुनीको यादले किन हान्छ मेरो मन ।
नफापेर संगीत क्षेत्र छुटिएका हौं हामी
बाँसुरीको धुनले किन लान्छ मेरो मन ।
ताथै थैतत् तबला एक ओहोरो ताल
सुरताल नमिल्दा किन खान्छ मेरो मन ।
आधुनिक जमना नाना थरी बाजा छन
बिनायोको डोरीमै किन जान्छ मेरो मन ।
आजभोली चलेकै छन यहाँ होडबाजी
डमडम गर्ने डम्फु किन छान्छ मेरो मन ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |