logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन७५९६ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष १४, मंगलबार(५ साल अघि)
गजल

तारा सुनुवार
दोलखा, हाल ः भक्तपुर

 

मादलुको तालले किन तान्छ मेरो मन
बैगुनीको यादले किन हान्छ मेरो मन ।

नफापेर संगीत क्षेत्र छुटिएका हौं हामी
बाँसुरीको धुनले किन लान्छ मेरो मन ।

ताथै थैतत् तबला एक ओहोरो ताल
सुरताल नमिल्दा किन खान्छ मेरो मन ।

आधुनिक जमना नाना थरी बाजा छन
बिनायोको डोरीमै किन जान्छ मेरो मन ।

आजभोली चलेकै छन यहाँ होडबाजी
डमडम गर्ने डम्फु किन छान्छ मेरो मन ।