Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्तनपान बाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त

प्रभातफेरी अनलाइन १०११० पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २१, मंगलबार (५ साल अघि)
स्तनपान बाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त

आर.एल.श्रेष्ठ


नवजात शिशुको लागि स्तनपान अमृत सरह हो । सोही कारणले शिशुको बृद्धिबिकास हुन्छ । आजभोलि आमाले शिशुलाई स्तनपान गरायो भने विभिन्न किसिमका समस्याहरु निम्तिन्छ भन्ने भ्रम फैलाउने गरीएको छ । यथार्थ, त्यस्तो होइन, जब आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन, उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन् । शिशु जन्मेदेखि नै आमाको पोषिलो दुध बच्चालाई खुवाउनुपर्छ ।

शिशुलाई स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ । त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पु¥याउनुपर्छ । वैज्ञानिकहरुले स्तनपान गराउन केही आसन अवलम्बन गरेका छन् ।
कार्डल होल्ड पोजिसनमा दूध खुवाउँदा आमा ठाडो गरि कुर्ची वा खाटमा बस्ने र बच्चालाई आफूपट्टि फर्काएर आमाको पाखुराले बच्चाको टाउकोलाई आड दिएर राख्ने । त्यस्तै क्रस कार्डल होल्ड पोजिसनमा बच्चाको टाउकाको पछाडि कानभन्दा अलि तल आमाको हात राखेर बच्चालाई आफूतर्फ फर्काएर स्तनपान गराइन्छ । त्यसैगरी अर्काे पोजिसन भनेको फुटबल होल्ड । यस पोजिसनमा आमा ठाडो आसनमा बसी बच्चालाई जुन दुध खुवाउने हो त्यही साइडको पाखुरामुनि च्यापेर बच्चाको टाउको आफूपट्टि र खुट्टा आफ्नो पछाडिपट्टि फर्काएर स्तनपान गराइन्छ ।

आमा आधा ढल्किएर बच्चालाई आफ्नो पेट वा पाखुराको आड दिएर स्तनपान गराइन्छ भने त्यसलाई लेइड ब्याकर भनिन्छ । आमा बच्चातर्फ पल्टिएर आफ्नो हात बच्चाको टाउकोमा र पाखुराको तल्लो भागले बच्चालाइ आफूतर्फ फर्काएर स्तनपान गराइन्छ । यसरी बस्दा आमालाइ पछाडिबाट तकिया वा अन्य केहीको सपोर्ट दिनुपर्दछ ।

स्तनपान गराउँदा हरेक आमाले स्तनलाई सधै सुख्खा राख्नुपर्छ । स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ । बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ । दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनु पर्छ । दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ । विभिन्न संक्रमण हुनसक्ने हुँदा सकभर बोतलको दुध खुवाउनु हुँदैन । बिना हिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमा पनि स्तनपान गराउनु पर्छ । स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ ।

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारण रहेको पाइन्छ । तर यो कुरा साँचो होइन । आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ । बरू यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ । आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ ।

त्यसैगरी आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ ।

स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । यो शायद यस कारणबाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन । स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् ।

  • स्तनपान बाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0