Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जेल, नेल र बुटको सामना गर्ने हैसियतका साथ आन्दोलनमा होमिएका छौं ः नेता हुमागाईं

प्रभातफेरी अनलाइन ६१८८ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २६, आईतबार (५ साल अघि)
जेल, नेल र बुटको सामना गर्ने हैसियतका साथ आन्दोलनमा होमिएका छौं ः नेता हुमागाईं

काभ्रे । नेपाली कांग्रेसले प्रादेशिक निर्वाचन क्षेत्र ३ सय ३० वटैमा एकसाथ ओलि सरकारको संवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोधका कार्यक्रमहरु गर्ने क्रममा आज काभ्रे जिल्लाको क्षेत्र नं. १ प्रदेश ख पनौतीमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय श्रमिक टे«ड विभाग प्रमुख शिवप्रसाद हुमागाईंले जेल, नेल र बुटको सामना गर्ने हैसियतका साथ आन्दोलनमा होमिएको बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधनकै आरम्भमा विरोध कार्यक्रममा सहभागीहरुलाई आन्दोलनको औचित्यता र अर्थसहित आन्दोलनका बारेमा प्रष्ट्याउँदै आन्दोलन त्यतिकै हुन्न, त्यहाँ प्रहरीको दमन हुन्छ, जेल, नेल र बुटको सामना गर्ने शक्ति चाहिन्छ । त्यहि शक्ति लिएर नेपाली कांग्रेस आन्दोलनमा होमिँदै छ । कुनै पनि किसिमको दमनको प्रतिवाद गर्दै असंवैधानिक कदमको सामना गर्न आम नागरिकलाई कांग्रेसको तर्फबाट आग्रह रहेको बताउनुभयो । किनकी ओलि प्रशासन क्रुर छ । यो अर्थमा पनि मैले माथि कुराहरु राखेको हुँ । नेपाली कांग्रेस हिजोदेखि नै सबै किसिमका अधिनायकवादसँग लडेर आयो, त्यो इतिहासलाई फेरि जीवन्त गर्नुपर्ने अवस्था आएको छ । यो ओलि अधिनायकवादका विरुद्ध नेपाली जनतालाई सुसूचित गराउने दायित्व नेपाली कांग्रेसको काँधमा आएको छ । त्यो जिम्मेवारी निभाउन प्रत्येक नागरिकको साथ आवश्यक पर्छ । तसर्थ, यस निर्वाचन क्षेत्रका निर्वाचनले पनि साथ र सहयोग दिन्छन् भन्ने अपेक्षा आफूले राखेको नेता हुमागाईंले चर्चा गर्नुहुँदै हिजो राजाको अधिनायकवादका विरुद्ध लड्यौं । आज नेकपा नामधारी कम्युनिष्ट सर्वसत्तावादी ओलिका अधिनायकवादका विरुद्ध आन्दोलनमा आएका छांै ।
कांग्रेसले यो आन्दोलनबाट पद पाउनुपर्छ भन्ने छैन, सत्ता दिनु भन्न खोजेको होइन । मात्रै हिजो जनताको माझमा लिएर गएको घोषणापत्र अनुसार जुन आश्वासन राखेर जनताका माझ आएका थियौं, त्यसको कार्यान्वयनका साथै जनताबाट निर्वाचित सत्तामाथिको बलात्कार, हिंसा र राज्यमा बढेको भ्रष्टाचार र ओलि सरकारको दादागिरीको विरुद्ध सडकमा आएका छौं । यो हाम्रो रहर होइन, बाध्यता हो । जनताको दुःखप्रति रतिभर चिन्तित नभएको ओलि सर्वसत्तावादी सरकारका विरुद्ध आएका छौं । यो अवस्थामा संविधानलाई खोस्टो सम्झेर असंवैधानिक अलोकतान्त्रिक कदम चालिएको छ । त्यसका विरुद्ध कांग्रेस आन्दोलनमा आएको प्रष्ट्याउँदै नेता हुमागाईंको थप कथन छ– कहिँकतै नभएको विधि प्रयोग गरेर संसद विघटन गरिएको छ । त्यस किसिमका गलत रबैयाका विरुद्ध सडकमा आएको सम्बोधनका क्रममा नेता हुमागाईंले खुलासा गर्नुभएको छ ।
मैले जे बोल्यो, मैले जे ग¥यो त्यो नै कानून हो भन्ने अहम्ता बोकेको ओलि सरकारले जुन किसिमको असंवैधानिक कदम चालेको छ, त्यसका विरुद्ध जनमत सिर्जना गर्दै खबरदारी गर्नु कांग्रेसको दायित्व पनि भएकोले कांग्रेस जनताको मागमा आएको छ । नेपाली नागरिकहरुको दैनिक जीवनसँग जोडिएका के चाहिँ काम पूरा भयो ? भन्दै प्रतिप्रश्न गर्दै कोभिड–१९ का नाममा लुट्ने काम भयो । भ्रष्टाचारको अभियोग लागेकाहरुलाई उन्मुक्ति दिन अख्तियार नै प्रभावित पारेर मुलुकलाई बन्धकी बनाइयो । जसका कारण विश्वसामु मुलुकलाई लज्जित बनाउने काम भयो । यस किसिमका काला कर्तुतमा मुछिएकाहरुको संरक्षणभन्दा केही गर्न सकेनन् ओलि सरकारले । आफ्नो घर झगडालाई लिएर सिंगो मुलुकवासीको भविष्य नै अन्धकार बनाउने काम गरेको स्मरण गराउँदै नेता हुमागाईंले आफ्नो २० मिनेट लामो सम्बोधनमा असंवैधानिक कदमभित्र मौलाएको भ्रष्टाचार, बलात्कार, घरेलु हिंसा, किसानका समस्या, मजदुरका समस्या, उद्यमीका समस्यामै केन्द्रित रहेर चर्चा गर्दै सर्वसत्तावाद ओलि सरकारका विरुद्ध शालिन किसिमले आलोचना राख्दै जनतालाई सुसूचित गर्दै उसको ३ वर्षे कार्यकालको इतिहास राख्न समेत कार्यक्रममा नेता हुमागाईंले भ्याउनुभयो ।

अधिनायकवादका विरुद्ध अझै कति लड्नुपर्ने हो ः अधिकारी

ओलि सरकारका असंवैधानिक कदमका विरुद्ध आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका नेता इन्द्रमणि अधिकारीले अब त अधिनायकवाद विरुद्धको लडाईं सकियो भन्दै ०६२/०६३ को आन्दोलनबाट विश्राम लिने जमर्काे गरेको कार्यक्रममा स्मरण गराउनुभएको छ ।
जुन विश्रामका कुरा आज ओलि सरकारले एकादेशको कथा सावित बनाइदियो । आफ्नो जीवनमा १३ वर्षदेखि आन्दोलनमा लागें, आज ६८ वर्ष पार गर्नेलाग्दा पनि आन्दोलनमै ! धन्य छन्, यो देशका जनता । जति नै धोए पनि अंगार कालै हुने र कम्युनिष्टहरुले जे–जे भनेनी सिद्धान्त त उनीहरु अधिनायकवादी नै हुने चर्चा कार्यक्रममा गर्दै विश्वका कम्युनिष्ट भनाउँदा मुलुकहरुको राजनैतिक इतिहास र कम्युनिष्ट नेताहरुले गरेका ज्यादतीका बारेमा नेता अधिकारीले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
सम्बोधनकै क्रममा जसले जे भनेपनि अदालतले संविधानमै टेकेर निर्णय लिने हुँदा सर्वाेच्च अदालतमाथि शंका लिन नहुने नेता अधिकारीको तर्क छ । संविधानको रक्षाका लागि जीवनको अन्तिम अवस्थासम्म आफू लड्न तयार रहेको धारणा राख्नुभएको थियो ।

हजारौं योद्धाहरुको बलिदानबाट बनेको संविधानलाई लत्याउन दिन्नौं ः युवा नेता पसखल

नेपाली कांग्रेसका युवा नेता तिर्थबहादुर पसखल हजारांै योद्धाहरुको बलिदानबाट बनेको संविधानलाई खोस्टो हुन नदिने प्रण गर्नुभएको छ ।
जसलाई यो संविधानको आवश्यकतै थिएन, गणतन्त्र त बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्दै आन्दोलनकारी विरुद्ध खिसिटिप्री गरेर आफू विलासीतामा झुमेको व्यक्ति हो ओलि । जसलाई यो व्यवस्थाको रतिभर माया छैन, उसले यो व्यवस्थाको बारेमा किन चित्त दुखाउनु प¥यो ? उसले यो व्यवस्थाको रक्षा गर्छ भन्ने देख्नु नै हामीभित्र मौलाएको भ्रम हो भन्नुहुँदै नेता पसखल थप्नुहुन्छ– नेपाली कांग्रेस आफ्नो फाइदाका लागि नभई संघीयता गणतन्त्रको रक्षा र नेपाली जनताको अवमूल्यनका विरुद्ध सडकमा आएको बताउनुभएको छ । नितान्त नीति र विधिमा चल्नुप¥यो भन्ने नै कांग्रेसको अडान हो ।

आन्दोलनको विकल्प छैन ः नेता लामा

यो असंवैधानिक कदमका विरुद्ध आन्दोलनको विकल्प नभएको पूर्व सांसद एवं प्रजातान्त्रिक योद्धा हर्षजित लामाको तर्क छ । मुलुकमा अस्थिरता भयो भनेर नै संविधानमा त्यस्ता धारा राखियो, जुन धाराले निर्वाचित सरकारले ५ वर्षसम्म ढुक्कले सत्ता चलाउन सकोस् । बिडम्बना ! आज ओलि सरकारले संविधानमै नभएको विधि प्रयोग गरेर देशलाई मुठभेदतर्फ लाने काम गरेको छ । त्यसका विरुद्ध प्रत्येक नेपाली नागरिक सचेत हुँदै जनमतको कदर गराउनका लागि ओलि सरकारको विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने धारणा राख्नुभएको छ । कोभिड–१९ ले आक्रान्त भएको बेलामा ओलि सरकारले लासमाथि भ्रष्टाचार गरेको स्मरण समेत नेता लामाले कोणसभामा गराउनुभएको छ ।

हुनै नसक्ने चुनावको घोषणाको कुनै अर्थ छैन ः युवा नेता लामा

नेपाली कांग्रेसका युवा नेता क्षेत्र नं. १ प्रदेश ख का प्रतिस्पर्धी गणेश लामाले अहिलेको नेपालको परिस्थितिमा हुनै नसक्ने चुनावको घोषणा गरेर नेपाली जनतालाई अधिनायकवादी ओलि सरकारले धोका दिएको बताउनुभएको छ ।
दुई तिहाइको दम्भलाई धुजा पार्दै धेरै दिन टिक्न नसक्ने गरी कम्युनिष्टको सत्ता अन्त गरेको आफूले महसुस गरेको नेता लामाले बताउनुहुँदै जनमतको अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको स्मरण गराउनुहुँदै घमण्ड नै विनाशको कारण हो, हामीले इतिहास भुल्नु हुँदैन एकतन्त्रे राणा शासनदेखि राजतन्त्रसम्म आइपुग्दा सहजै अनुमान गर्न सक्छौं, राजा घमण्डकै कारण सिद्धिएका हुन्, पञ्चायत व्यवस्था घमण्डका कारण मेटिएको हो । त्यसैले ओलिको घमण्डले नेपालबाट सदाको लागि कम्युनिष्ट बडारिँदै छन् । आज जुन गतिविधि भएको छ, के आधारले जनतामाझ ओलिका हुनमानहरु भोट माग्नेछन् भन्ने लाग्छ । लाज नभएको ओलि सरकारले कम्युनिष्टको अस्तित्व सदाका लागि मेटाएको तर्क नेता लामाको थियो । उक्त कोणसभामा नेपाली कांग्रेसका झण्डै एक दर्जन नेतृत्वहरुले ओलि सरकारका गलत क्रियाकलापका बारेमा ¥यालीमा सहभागीहरुलाई कोणसभामार्फत् सुसूचित गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0