रुपन्दहीको मर्चवारीमा मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
प्रभातफेरी अनलाइन४२४२ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २९, बुधबार (४ साल अघि)
उर्मिला यादव यात्री
रुपन्देही/युवा समुह मर्चवारी गाउपालिका समिती रुपन्देहीले आज शनिवार एक कार्यक्रमका बिच मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देही युवा समुह मर्चवारी गाउपालिका समितीका अध्यक्ष सुग्रिम यादवको अध्यक्षता तथा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आथित्यतामा रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ५ मा दुइ सय थान मास्क बितरण गरीएको रुपन्देही युवा समुहका महासचिव कृष्ण प्रसाद खरेलले जानकारी दिनु भएको छ । यस्तै गरी मर्चवारी गाउपालिका वडा नम्बर ५ मा रहेको मर्चवारी माइ मन्दिरको सरसफाइका गर्नुका साथै त्यहाका बाटाघाटोको पनि सरसफाइ गरीएको महासचिव खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा रुपन्देही युवा समुह मर्चवारी गाउपालिका समितीका सल्लाहकार देव यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथी रुपन्देही युवा समुहका संस्थापक गुप्ताले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने मर्चवारी गाउपालिकाका उपप्रमुख सुनिता कलवार , रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ता, रुपन्देही युवा समुह मर्चवारी गाउपालिकाका कार्यक्रम संयोजक छोटु जसवाल लगायतले बोल्दै कोभिड १९ संक्रमणको समयमा सरसफाइ लगायत मास्क बितरण कार्य एक दमै सहानिय कार्य भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तता दिन समेत आग्रह गर्नु भएको थियो । कोभिड १९ अझै पनि हाम्रो समुदाय स्तरमा रहेकोले यस्तो कार्यक्रमले रोगको नियन्त्रण तथा रोकथाम गर्नेमा हौसला प्रदान गर्नुका साथै समाजमा सकरात्मक चेतना पुग्ने बिश्वास गरीएको थियो ।
कार्यक्रममा वडा कार्यालय ओडौलिया चौकीका प्रहरी सहायक निरीक्षक सुवास अर्याल , मर्चवारी मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम मिश्रा, कोटहीमाइ धर्मशाला मर्चवारका अध्यक्ष रामकृपाल बरुण, रुपन्देही युवा समुह तिलोत्तमा नगर समितीका उपाध्यक्ष सुनिल पाठक , रुपन्देही युवा समुह लुम्बिनी सास्कृतिक नगरपालिका समितीका अध्यक्ष रमाकान्त शर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रुपन्देही युवा समुहका महासचिव खरेलले गर्नु भएको थियो ।