Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुटको सभापति होइन, कांग्रेसको सभापति बन्नुस् ः नेता हुमागाईं

प्रभातफेरी अनलाइन ४८९३ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (५ साल अघि)
गुटको सभापति होइन, कांग्रेसको सभापति बन्नुस् ः नेता हुमागाईं

बनेपा । ओलि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनमा मुलुकका ७ सय ५३ वटै निकायमा एकसाथ भएको कार्यक्रममध्ये नेपाली कांग्रेस बनेपा नगर समितिद्वारा आयोजित विरोध सभालाई शनिबार सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रमिक विभाग प्रमुख एवं प्रमुख अतिथि शिवप्रसाद हुमागाईंको तर्क थियो– चुनावको अनिश्चितताको बिचमा कांग्रेसलाई पार्टीको अधिवेशनको चटारो छ । यो सरकारले चुनाव गराउँछ भन्ने सम्भावना त छैन, तैपनि झिनो आशा एकातिर छ भने अर्काेतिर कांग्रेसको आफ्नो अधिवेशनको लागि तयारी अवस्थामा रहनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै जाने क्रममा काभ्रे कांग्रेस जिल्ला सभापति मधु आचार्यलाई गुटको सभापति नबन्न सार्वजनिक रुपमै कार्यक्रमका प्रमुख अतिथि हुमागाईंले सूचित गराएका छन् ।
आफ्नो सम्बोधनका क्रममा नेता हुमागाईंले सभापतिज्यू गुटको प्रवक्ता होइन, पार्टीका सभापति बनिदिनुस् । केन्द्रीय समितिले क्रियाशील सदस्यताको सवालमा परिपत्र गरेको पनि आज ४/४ महिना बितिसकेको छ । अब अन्तिम अवस्थामा आइपुगेका छौं । यहाँलाई स्मरण होला, केन्द्रले पठाएको परिपत्रको बारेमा थप मैले जानकारी गराइराख्न नपर्ला । किन क्रियाशील सदस्यता नविकरण लगायतका विषयमा तपाईंले अनइच्छा व्यक्त गर्नुभएको हो ! नत्र ४/४ महिनासम्म पनि त्यो विषयको टुंगो नलाग्नु आफैंमा आश्चर्यजनक छैन ? भन्दै आलोचनात्मक रुपमा संगठनका काममा भएका ढिलासुस्तीका बारेमा सभापति आचार्यप्रति संकेत गर्दै तत्काल सांगठनिक काम समाधानतर्फ अग्रसर हुन निर्देशित गर्नुभएको छ । अरु बेला आन्दोलनकै विषयमा केन्द्रित हुने नेता हुमागाईं यो पटक पार्टीका गतिविधिमा बढी चिन्तित भएको उहाँको सम्बोधनले पुष्टि गर्दथ्यो ।
कांग्रेसभित्रको असन्तुष्टिलाई सार्वजनिक रुपमै छताछुल्ल हुने गरी वक्ताहरुले सम्बोधन गरेपछि नेता हुमागाईंले आफ्नो पालोमा ति जिज्ञासाहरुको सम्बोधन गर्ने क्रममा सभापति आचार्यप्रति निर्देशित गर्नुभएको हो । कांग्रेसमा कुनै त्यस्तो विवाद नभएको भनी कार्यकर्तालाई सान्त्वना दिँदै एकताबिना कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न नसकिने स्पष्टिकरण पेश गर्दै चुनाव होस् या आन्दोलनमा जान एकताकै खाँचो पर्छ । तसर्थ, सामान्य मनमुटावलाई लिएर अल्झिनु नहुने तर्क हुमागाईंको थियो । सभापतिज्यू तपाईं एक्लैले अधिवेशन गर्ने पनि होइन, हामी सबैको सम्मान हैसियत, दायित्व र कर्तव्य रहन्छ । तपाईं निष्पक्ष ढंगबाट अगाडि बढ्नुस्, हामी सघाउन तयार छौं । मात्र तपाईंबाट स्वतन्त्र, निष्पक्ष भूमिका काभ्रे कांग्रेसले चाहेको छ । यो अधिवेशन भनेकै संगठन सुदृढिकरण गर्ने हो । कार्यकर्ताको संरक्षण गर्ने हो । त्यसो गर्न सकियो भने मात्र चुनाव जित्न सकिन्छ । तपाईंले ४/४ महिनासम्म पनि पार्टी सदस्यता टुंग्याउन नसक्नुको कारण के हो ? के यो सबै गुटको राजनीति होइन ? भन्दै प्रतिप्रश्न गर्नुहुँदै कुनै पनि जातजाति, धर्म, सम्प्रदाय, सदस्यता पाउनबाट छुट्नु भएन । त्यहाँ मेरो तेरो भन्ने भावना आउनु भएन । पार्टी सदस्यता तल्लो तहसम्म पुग्नुप¥यो । प्रत्येक इकाईले पार्टी सदस्यताको अनुभूति पाउनुप¥यो तर तपाईंबाट आजसम्म त्यस किसिमका गतिविधिहरु अगाडि नबढाएको गुनासो कार्यकर्ता माझमा आएकै कारण आफूले बाध्य भएर तितो यर्थाथता सार्वजनिक रुपमा पोखेको नेता हुमागाईंले खुलासा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0