Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संविधान जित्छ भने कांग्रेस हार्न तयार छ ः सभापति आचार्य

प्रभातफेरी अनलाइन ६६५७ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (५ साल अघि)
संविधान जित्छ भने कांग्रेस हार्न तयार छ ः सभापति आचार्य

“ओलि तेरो पाराले दुःख पाए साराले” “सत्तरी करोड कहाँ छ ? गोकुलेलाई थाहा छ ।”
“नेपाली जनताको एउटै स्वर, नेकपाभित्र चोरै–चोर”

बनेपा । ओलि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले आफ्नो सम्बोधनको सुरुवात नै नाराबाट गरेका थिए ।
सम्बोधनकै क्रममा सभापति आचार्यले चुनाव गर्न घोषणा गरिएको होइन, सत्ताको आयु लम्ब्याउन र लुट्ने बहाना मात्रै बनाइएको हो । यो प्रपञ्चका बारेमा नेपाली जनतासमेत सचेत हुनुपर्ने अवस्था आएको स्मरण गराउनुहुँदै कम्युनिष्ट नाउँका कलंकले कमाउन गरेको एउटा नयाँ खेल हो । ओलि समूह वामपन्थी होइन, हामपन्थी हो । ओलि सरकारको सबैभन्दा ठूलो उपलब्धी भनेको विश्वसामु नेपाललाई भ्रष्टाचारी मुलुक भनेर चिनाउन सफल भएको छ । त्यसैले पनि यस्ता गैर कानूनी कार्य गर्ने यो असंवैधानिक कदमका विरुद्ध कांग्रेस फेरि सडकमा आएको छ । कांग्रेसलाई सत्ता होइन, विधिको शासन चाहिएको छ । त्यसैले कांग्रेस हार्न चाहन्छ, संविधान जित्नुपर्छ । कुनै व्यक्तिको सनकले संविधानमै नभएको विधि प्रयोग गरेर हजारौंको बलिदानबाट निर्माण भएको संविधानलाई कुल्चिन पाइन्नँ । नेपाली जनताले मतदान गरेका छैनन् । अस्थिरताको अवस्थामा रहेका मुलुकलाई स्थिरता दिने सरकार बनाउ भनेर मतदान गरेका हुन् । लामो समयदेखि अस्थिर अवस्थामा रहेको मुलुकले स्थिरता प्राप्त गरेको थियो । अस्थिर राजनीतिलाई अन्त गरेको थियो । बिडम्बना ! एउटा सन्कीले नियम, कानून केही होइन, सबथोक मै हुँ भनेर हजारौंको बलिदानलाई माटोमा मिलाइदियो । २००६ सालदेखिको निरन्तरता र हजारौंको बलिदानबाट प्राप्त सीमित अधिकार समेतलाई कुल्चिने काम भयो । यसले संविधानभन्दा माथि उठेर कदम चालिन्छ भने त्यहाँ व्यवस्था पनि नरहन सक्छ । त्यसैले पनि आन्दोलनको विकल्प छैन । नेकपाले निर्वाचन ताका जारी गरेको घोषणपत्र अनुसार के चाहिँ जनउत्तरदायी काम ग¥यो ? भन्दै नेकपाप्रति प्रश्न गर्न सभापति आचार्य पछि पर्नुभएन ।
घर कलहलाई ल्याएर मुलुकको भविष्यमाथि खेलवाड गर्ने हैसियत ओलिलाई कसले दियो ? के काम गर्न पाएनन् ओलिले ? राष्ट्रियताका मुद्दाका बारेमा रोकावट भो ? सरकारले पेश गरेका नीति तथा कार्यक्रमहरुमा अवरोध भो ? संसदमा निर्णयार्थ पेश गरेका बिलहरु पास भएनन् ? सयौं यस्ता अनुत्तरित प्रश्नहरु पेश गर्दै गैर जिम्मेवारी कामप्रति नेपाली कांग्रेस र नेपाली जनताले प्रधानमन्त्री ओलि र राष्ट्रपति भण्डारीलाई क्षमा दिने छैनन् भन्दै तितो यथार्थता कार्यक्रममाझ पोख्नुभएको थियो । आफ्नो सम्बोधनको अन्तमा पुनः माथिका नाराहरु लगाउँदै भनाइलाई सभापति आचार्यले बिट् मार्नुभएको थियो ।
उक्त विरोध सभामा पूर्व सांसद एवं नेका नेता कञ्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, नेताहरु विदुर घिमिरे, राम जोशी, निर्मला श्रेष्ठ, हरि कर्माचार्य, रोशन लामा, हरिशरण घिमिरे, योगराज दाहाल लगायतका दर्जनौं नेतागणले नेपालको विषम् परिस्थितिका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकाका बनेपा नगर सचिव महेश कर्माचार्यले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नगर सभापति राम जोशीले गर्नुभएको थियो । कार्यक्रमको आयोजना नेपाली कांग्रेस बनेपा नगर समितिले गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0