Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्तिपूर्ण आन्दोलनकारीमाथि ओलि सरकारको बर्बरता

प्रभातफेरी अनलाइन ६४२३ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २२, बिहिबार (५ साल अघि)
शान्तिपूर्ण आन्दोलनकारीमाथि ओलि सरकारको बर्बरता

काभ्रे । ओलि सरकारले संवैधानिक निकायमा गरेको असंवैधानिक नियुक्तिलाई लिएर आज काभ्रेमा भएको आम हड्तालका क्रममा व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरी शान्तिपूर्ण आन्दोलनप्रति दमन गरेको छ ।

शान्तिपूर्ण आन्दोलन दबाउने क्रममा आन्दोलनकारीका नाममा सर्वसाधारणहरुमाथि पनि व्यापक दमन भएको छ । सोही क्रममा शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारीसँगै सर्वसाधारण समेतलाई हिरासतमा लिने काम भएको प्रत्यक्षदर्शीले बताएका छन् । शान्तिपूर्ण रुपमा आन्दोलनको पक्षमा जनलहर एकपछि अर्काे गर्दै अगाडि बढिरहेको अवस्थामा सुरक्षाकर्मीद्वारा अनायाशमा दमन गरी राज्यको नांगो नाच प्रस्तुत गरेर आन्दोलनकारीहरुलाई छानी–छानी हिरासतमा लिने काम भएको प्रत्यक्षदर्शीले बताएका छन् । मोबाइलमा फोटो हेर्दै व्यक्तिको पहिचान गर्दै हिरासतमा लिनुले पनि सुरक्षाकर्मीको नियतका बारेमा प्रश्न चिह्नहरु खडा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पी. भुपेन्द्र खत्रीका अनुसार मध्यान्तरसम्म एक जना महिला सहित ८ जनालाई हिरासतमा लिएको जानकारी गराउनुभएको छ । जसअन्तर्गत अनिता गुरुङ, ईश्वर बञ्जारा, रघुनाथ सुवाल, निरबहादुर तामाङ, बसन्त तामाङ, जोगलाल लामा, सुमन लामाको नाम खुलाइएको छ भने एकजनाको नाम खुलाइएको छैन । त्यसैगरी पाँचखाल नगरपालिकाबाट पत्रकार कुमार गौतमलाई हिरासतमा लिइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार झण्डै दर्जनभन्दा बढीलाई प्रहरीले भेनमा राखेको बताउँछन् । अन्य आन्दोलनकारीलाई कहाँ राखिएको छ र को–को छन् त्यसबारेमा प्रहरीले खुलाउन चाहेको छैन । यता आन्दोलनका क्रममा काभ्रेका अधिकांश बजारहरु सहज रुपमा आन्दोलनको पक्षमा देखिन्छन् ।

 

यसैगरी आन्दोलनकारीले प्रतिगमन विरुद्ध बुधबार (हिजो) साँझ बनेपामा मसाल जुलुस निकालेका थिए । मसाल जुलुसमाथि प्रहरीले धरपकड गरेपनि चारदोबाटोमा आई कोणसभा गरेका थिए । कोणसभामा नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबहादुर वाइबा, प्रदेश संसद लक्ष्मण लम्साल, संविधान सभा सदस्य सूर्यमान दोङ, संघीय सांसद गंगाबहादुर दोङ, युवा विद्यार्थी नेता दिपक गौतम लगायतले मसाल जुलुस निकालेका थिए । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा बनेपा ९ निवासी युवा नेता रघुनाथ सुवाल घाइते भएका थिए ।

सोही घटनालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी काभ्रेले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा संसद भंग गरी चालिएको असंवैधानिक कदमका विरुद्ध र संवैधानिक निकायहरुमा कानून विपरित काम चलाउ सरकारले गरेको नियुक्तिका विरुद्ध देशव्यापी आम हड्ताल शान्तिपूर्ण प्रदर्शन भइरहँदा काभ्रे जिल्लाका आन्दोलनकारीहरुमाथि प्रहरी हस्तक्षेप र नियन्त्रणका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त धरपकडका क्रममा हिरासतमा लिइएका आफ्ना कार्यकर्ताहरुको तत्काल रिहाइको माग गर्दै जिल्ला अध्यक्ष रुकु चौलागाईं र जिल्ला सचिव टोकबहादुर वाइबाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0