Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रजातन्त्र स्थापना भएको ३० वर्ष पछि राजा वीरेन्दको सम्बोधन

प्रभातफेरी अनलाइन ९०१५ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
प्रजातन्त्र स्थापना भएको ३० वर्ष पछि राजा वीरेन्दको सम्बोधन


–दिनेश राज खरेल
महिला तथा सज्जनवृन्द,
प्रत्येक वर्ष झै यस वर्ष पनि फाल्गुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा समस्त नेपालीको हर्ष र उल्लासमा सहभागी भई यस समाोहमा सम्मिलित हुन पाँउदा हामीलाई खुशी लागेको छ ।
आजको यस ऐतिहाँसिक दिनमा हामीले हाम्रो प्रातः स्मरणीय पूज्य जिज्यूवुबाज्यू श्री ५ त्रिभुवन तथा प्रजातन्त्र ल्याउनमा मौसुफको साथ दिने वीर शहिदहरुको सम्झना नगरी रहन सक्तैनौं । ती महापुरुषहरुको प्रेरणा, प्रयास र बलिदानले नै नेपालमा प्रजातन्त्रको जग बस्न सकेको हो । यिनै तथ्यलाक्ष्इ साकार पनि हामीले यस घडिमा आफ्नो दृढ संकल्प दाहो¥याउदै आउदा दिनहरुमा अझ बढि लगनका साथ मातृभूमिको सेवा गर्न अठोट गर्नु परेको छ ।
यस वर्ष प्रजातन्त्र दिवसको महल विगत वर्षहरुको तुलनामा निश्चय पनि वढेको छ । किनभने नेपालको इतिहाँसमा पहिलो पटक राष्ट्रिय जनमत संग्रह जस्तो लोकसम्मति वुझ्ने प्रजातान्त्रिक अभ्यास सफलताका साथ सम्पन्न भएको छ । साथै, जनमत संग्रहवाट प्रदर्शित जनभावना अनुरुप संविधानको तेस्रो संशोधन देशवासीहरुको समक्ष आइसकेको छ । वर्तमान संशोधनले दल विहिन पञ्चायत नै यस देशको निर्धारित प्रजातान्त्रिक प्रणालि हो भन्ने कुराको औचित्य छर्लङ्ग पार्दै राष्ट्रको निर्माणमा अधिकतम जनसहभागिता जुटाउन सक्ने छ भन्ने हामीले आशा राखेका छौं ।
अब देशमा जतिसके छिटो वालिग मताधिकारमा आधारमा राष्ट्रिय व्यवस्थापिकाको लागि आम निर्वाचन हुने भएको छ । त्यसैले आफूलाई जनप्रतिनिधी ठान्ने सबैले जनताको विश्वास प्राप्त गरि सडक र गल्लिमा भन्दा राष्ट्रिय व्यवस्थापिकामा जो भन्नुपर्ने कुरा भन्नु वेश हुन्छ । जनता पनि अव कोठे राजनितीमा अलमलिईन तयार छैनन् । देशको भविष्यको सपना साकार पार्न एउटै उपाय आफ्नो अधिकार स्वतन्त्र रुपले निर्धक्क भइ प्रयोग गरेर सच्चा देशभक्त प्रतिनिधि छान्नु हो भन्ने कुरा नेपाली सबैले वुझिसकेका छन् ।
विसौं सताव्दिको आजको युगमा पनि केहि राष्ट्रहरुले नौलो खालको उपनिवेशवादि महत्वकांक्षा राखेकै छन् । अर्काेतर्फ प्रत्यक राष्ट्रको राजनैतिक व्यवस्था त्यस देशको धर्म, परम्परा संस्कृति अनुकुल जनताले चाहना गरे अनुरुप हुनुपर्छ भन्ने कुरामा दुइमत हुन सक्तैन त्यसैले नेपालको भु राजनैतिक स्थिति नेपालीको राजनैतिक संस्कार र नेपालीमात्रको आकांक्षालाई अपेक्षा गर्दै कसैले अनुत्तरदायी काम कुरा गरी हाम्रो राष्ट्रिय सन्तुलन खल्वलिन गएमा आजको अन्तराष्ट्रिय सन्दर्भमा नेपाली मात्रले के कस्तो दुरगामी परिणाम भोग्नुपर्नेछ भन्ने कुरामाथि हामी सबैले गम्भिरता पुर्वक विचार गर्नु सामयिक हुने छ ।
अन्तमा आजको यस ऐतिहासिक अवसरमा समस्त नेपालीले आपस्तमा कुनै पनि वैमनस्य यवं मतभेदलाई नराखी वृहत राष्ट्रिय स्वार्थवाट प्रेरित भई आउँदो आम निर्वाचनको माध्ययमद्धारा राष्ट्रनिर्माणको महायज्ञमा सम्मिलित भई नेपाली समाजलाई एक अग्रगामी देशतर्फ अभिमुख गर्न सकौं । यही कामना साथ आज यहाँ उपस्थित र यस समारोहका आयोजकहरु सबैलाई हामी धन्यवाद दिन चाहन्छौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !
स्रोत सामाग्री ःसञ्चार मन्त्रालय सूचना विभाग

 

  • प्रजातन्त्र स्थापना भएको ३० वर्ष पछि राजा वीरेन्दको सम्बोधन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0