Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओली पर्वले मुलुक हिंसात्मक बाटोतर्फ बढ्ने खतरा ः नेता ताम्राकार

प्रभातफेरी अनलाइन ५१४४ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
ओली पर्वले मुलुक हिंसात्मक बाटोतर्फ बढ्ने खतरा ः नेता ताम्राकार

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश समिति सदस्य तुयुकाजी ताम्राकारले इतिहासतर्फ इंकित गर्दै कोत पर्व, भण्डारखाल पर्व, मकै पर्व जस्तै अहिलेको ओली पर्वले मुलुकलाई हिंसात्मक बाटोमा धकेल्न सक्ने संकेत दिनुभएको छ ।
पार्टी कार्यालयमा भएको कार्यकर्तामाझ सम्बोधन गर्ने क्रममा राणाहरुले सत्ता प्राप्तिका लागि एकले अर्कालाई सिध्याएर कुर्सी हत्याका इतिहास पढेका थियौं । अहिले प्रत्यक्ष अनुभव गरिरहेका छौं । असंवैधानिक कदमका नायक ओलीले सार्वजनिक गरेका अभिव्यक्तिलाई लिने हो भने हामीले गरेको आशंका पुष्टि गर्ने छ । निर्वाचन आयोगलाई दिएको धम्की होस् वा अदालतका बारेमा बोलका टिप्पणी, ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । यि सबै कुराले फेरि एक पटक द्वन्द्वमा नजाला भन्न सकिने अवस्था रहेन । तसर्थ, कम्युनिष्ट र कमाउनिष्ट बिचको भेद खुल्दैछ । अब हाम्रो आन्दोलनलाई अझै फराकिलो ढंगबाट लानुको विकल्प छैन भन्नुहुँदै कार्यकर्तालाई सचेत र सजग रुपमा आन्दोलनमा होमिनको निम्ति नेता ताम्राकारले निर्देशन समेत दिनुभयो ।
प्रदेश सांसद एवं आन्दोलन परिचालन समितिका संयोजक बसुन्धरा हुमागाईंले आफ्नो धारणा राख्नुहुँदै हाम्रो आन्दोलन संविधानको रक्षा गर्नका लागि भएको हो । कसैलाई प्रधानमन्त्री बनाउन वा कुर्सीको मोहले भएको छैन । त्यसैले आन्दोलनमा जान हिच्किचाउनुपर्ने अवस्था रहन्न । पछिल्ला घटनाक्रमले पनि हाम्रो आन्दोलन सार्थक भएको टिप्पणी गर्नुहुँदै भ्रमका विरुद्ध जोश, जाँगरका साथ कार्यक्षेत्रमा खट्न आग्रह समेत गर्नुभयो ।
नेकपा जिल्ला कमिटी सदस्य होमबहादुर खुलाल– संगठनबिना कुनै पनि कुराको कल्पना गर्न सकिन्न । त्यसैले संगठित भएर जानुको विकल्प नभएको धारणा राख्नुहुँदै कार्यकर्ता माझमा उत्साहपूर्वक उपस्थित जनाउनु आजको आवश्यकता रहेको उहाँको धारणा थियो ।
नेकपा जिल्ला कमिटी सदस्य दैवलाल घिसिङ– अहिले संगठन निर्माणका क्रममा जे–जस्ता अड्चनहरु आएका छन्, तिनीहरुको सहज रुपमा अवतरन गर्दै जानुको विकल्प छैन । कार्यकारी प्रमुखबाट जुन किसिमको काम भएको छ, त्यो नितान्त असंवैधानिक कदमको रुपमा पार्टीले लिएको छ । त्यस किसिमको कदमका बारेमा बस्ती बस्तीमा पुगेर नागरिकहरुलाई सुसूचित गर्नु तपार्इं, हाम्रो दायित्व र जिम्मेवारी पनि हो । त्यसका लागि पार्टी कमिटीले आफ्नो जिम्मेवारी गहन रुपमा निर्वाह गर्नेछ । पार्टी निर्माणको सवालमा टोल, कमिटीसम्म सांगठनिक स्वरुप दिन लागिपर्ने छौं । त्यसका लागि महत्वपूर्ण भूमिका तपाईंहरुको रहनेछ । समग्र जिल्लाको अध्ययन गर्दा पनौती नगरमा युवाहरुको परिचालन कमजोर भएको नेतृत्वले मनन् गरेको छ । त्यसका लागि नेतृत्व गम्भीर ढंगले लागिपर्ने पनि नेता घिसिङले बताउनुभयो ।


कार्यक्रममा नेता प्रभुराम केसीको तर्क थियो– अहिले जुन भ्रमको खेती छरिएको छ, त्यसलाई चिर्नु पहिलो आवश्यकता हुन्छ । अतितका घटनाक्रमहरुलाई औंल्याउने हो भने हत्याको राजनीति हिजो तत्कालिन आफूलाई एमालेको मै हुँ भन्नेहरुले नै सिर्जना गरेका हुन् । त्यसैले यहाँ अनावश्यक, अतिरञ्जित किसिमले जनताका बिच भ्रम छर्ने काम भइरहेका छन्, त्यसका विरुद्ध सशक्त रुपमा कार्यकर्ताहरु जान आवश्यक छ भन्नुहुँदै पनौतीमा जुन घटना घटाइएको छ, त्यसको चुरो बोकेर बस्ने भिम न्यौपाने र रामहरि सुवेदी ज्वलन्त पात्र हुन् । यदि भ्रमलाई छर्दै जाने हो भने एकदिन यि साक्षीहरुले सत्य तथ्य नओकली सुखै छैन भन्नुहुँदै जति पनि हिंसात्मक घटनाहरु भए, त्यसमा तत्कालिन तत् पार्टीहरु जिम्मेवार रहेको समेत नेता केसीले खुलासा गर्नुभएको थियो ।
उक्त बैठकमा नेकपा जिल्ला कमिटी सदस्य मिरा पौडेलको कथन थियो– अहिले बजारमा छरिएको भ्रमका विरुद्ध विधि, नीतिलाई समातेर जनतालाई सुसूचित गराउनु हाम्रो दायित्व हो । हाम्रो आन्दोलन व्यक्ति केन्द्रित होइन, व्यक्तिगत रुपमा ओलीसँग हाम्रो कुनै साइनो छैन । नितान्त जनताद्वारा निर्मित संविधानमाथिको प्रहारका बारेमा कुरा उठाएका हौं । त्यसैले पनि संविधान च्यात्न पाइँदैन र यो कसैको पेवा पनि होइन । जनताको सम्पत्ति हो, जनताले नै संरक्षण गर्नुपर्छ भन्ने निचोड हामीले दिनुछ । त्यसका लागि प्रत्येक कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी बहन गर्नुको विकल्प छैन । यो जुन किसिमका गतिविधि जनताका माझ गएको छ, त्यसले त्यो भ्रमलाई चिर्नु तपाईं, हाम्रो दायित्व भएको नेता पौडेले बताउनुभएको छ ।
बैठकमा शिक्षाविद् एवं नेकपाका नेता रमेश पौडेलको धारणा थियो– पार्टी एकीकरण भएपश्चात् तल्लो कमिटीहरुले भोग्नुपरेका पिडाहरुको चर्चा गर्नुहुँदै केन्द्रीय सर्कुलर अनुसार सांगठनिक गतिविधिलाई सशक्त रुपमा अगाडि लैजानुको विकल्प नभएको बताउनुभएको छ । नगरभित्र रहेका १२ वटै वडाहरुले वडा कमिटीले पूर्णता प्राप्त गर्नेछन् । त्यसका लागि पार्टी नेतृत्व गम्भीर ढंगबाट लागिपरेको धारणा राख्नुहुँदै प्रतिगमन, अग्रगमन, माक्सवाद लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष एवं वडा पार्टी अध्यक्ष बुद्धसिं थापाको कथन थियो– अहिले जुन अवस्था सिर्जना भएको छ, त्यसका बारेमा तल्लो कमिटीसम्म सरल भाषाबाट नागरिकहरुलाई यथार्थता बुझाउनु हाम्रो आवश्यकता हो । जुन किसिमका भ्रमहरु छरिएका छन्, ति भ्रमहरू र संवैधानिक अड्चनहरू समेत नागरिकहरुलाई बुझाउनु अनिवार्य सम्झेको छु । नगर होस् वा वडा, जहाँ भएपनि सार्वजनिक रुपमा आएका घटनाक्रमलाई स्पष्ट पार्न प्रत्येक कार्यकर्ताहरुको जिम्मेवारी हुन्छ । हामीमा पद लोलुप्ता हुनु भएन, लोभ, लालसा भन्दा माथि उठौं । तब मात्र संगठन निर्माण गर्न सकिन्छ भन्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर पार्टी अध्यक्ष सहदेव थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सह–संयोजक राजेन्द्र सापकोटाले गर्नुभएको थियो । जानकारी दिएअनुसार २ सय ९९ जनाको उपस्थितिबाट ८९ सदस्य नगर कमिटी चयन भएको घोषणा गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0