Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्रीलामाको सुन्दर कार्य; स्तुपा स्थापना

प्रभातफेरी अनलाइन ८४७६ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (२ साल अघि)
श्रीलामाको सुन्दर कार्य; स्तुपा स्थापना

मोहन दुवाल

श्रीकृष्ण लामाको जन्म महेन्द्रज्योति गाविस हालको बनेपा नपाको वडा नं. १२ मा परेको तामाङ गाउँमा भएको हो । महेन्द्र मावि साँगामा अध्ययनरत छँदा यिनी मेरा विद्यार्थी हुन् । धेरै वर्ष सेवा पु¥याउन पाएको उक्त विद्यालयका यिनी विद्यार्थीछँदा यिनको बोलीवचन, चालचलन कस्तो थियो, यिनी के गथ्र्यो मलाई त्यति याद भएन । तर पछिल्लो कालखण्डमा यिनीसँग मेरो मित्रता बढ्यो । अझ भनौं; मेरो छोराले विवाहवारी तामाङसँग सम्बन्ध जोडेकै कारणले कृष्ण लामासँगको हाम्रो पारिवारिक सम्बन्ध जोडियो र त्यसैले मन अझै गाँसियो । बुहारी पासाङकै कारणले श्रीकृष्ण÷कमला लामाहरुसँग हाम्रो गाढा सम्बन्ध पारिवारिक हुन गयो । टाढाबाट देख्ने गरेको श्रीकृष्णलाई नजिकले नियाल्न पायौं । विद्यार्थीका रुपमा देखिंदै आएका श्रीकृष्ण अचानक नातेदार पो भयो । टाढाका मान्छे नजिकै राख्नुपर्ने नाम भो श्रीकृष्ण । कमला यिनका जीवनसँगिनी त अझ व्यवहारकुशल, महिला मात्र होइन मलाई लाग्छ श्रीकृष्णलाई असल बनाउने अभियानमा, श्रीकृष्णलाई सुन्दर बनाउने कृयाकलापमा यिनको भूमिका महत्वपूर्ण रहेको हुनुपर्छ । यसरी बाँसडोलका एकजना तामाङ युवकसँग मेरो साइनो बढ्दै गयो ।
समाजका लागि केही गर्नेहरु, समाज रुपान्तरणमा केही भूमिका निभाउनेहरु, समाजमा समाजका लागि केही स्थापना गरेर कृति छाड्नेहरु र समाजमा सुसन्देश छाड्न सिर्जनालाई मन पराएर सिर्जना रोप्नेहरु मेरा लागि प्रियपात्रहरु हुन् जसको उच्चारण गर्न मन लाग्छ । श्रीकृष्ण लामालाई पनि माथि उच्चारण भएका सामाजिक–बिम्बहरुमा राखेर चर्चा गर्न खोजिरहेको छु । उनी जीवनलाई सुकिलोमुकिलो बनाउने क्रममा विदेशको यात्रामा पनि रमाए । विदेशमा जानुभन्दा अगाडि काठमाडौंका होटेलहरुमा यिनले व्यवसाय चलाए । भान्छे अर्थात् कुक बने । यही क्रममा यिनी कुवेत र इराक पनि पुगे । कठोर तप गरेजस्तै होटेल व्यवसायमा यिनले मन दिए । जहाँ–जहाँ पुगे त्यहाँ–त्यहाँ यिनी रमाए । केही वर्षसम्म विदेशका होटेलहरुमा नै यिनले आफ्नो श्रम खर्चे ।
वीरबहादुर र जीतमायाको कोखबाट जन्मेका यिनी चारजना दाजुभाइमा माहिला सन्तान हुन् । पढाइ र कामको सिलसिलामा यिनी प्रवेशिका उत्तीर्ण भएपछि काठमाडौं धाए, पढे, काममा लागे र अनुभव बटुले । जीवनमा केही गर्दै, सिक्दै, अनुभव बटुल्दै जाने हो कै सोचमा लागेर पछि कुवेत लागे । होटेलहरुमा आफ्नो सक्रियता बढाए । केही वर्षसम्म होटेल व्यवसायमा लागेर यिनले अनुभव बटुलेको देखिन्छ । विदेशबाट अनुभव बटुलेर स्वदेशमा रमाए पछिल्लो पल्ट यिनी । २६ वर्ष अगाडि नै बाँसडोलकै कमलासँग यिनले वैवाहिक सम्बन्ध जोडेको हो । निकै व्यवहारमा व्यावहारिक र कामकाजमा कुशल महिला भएकै कारणले श्रीकृष्णले कमलासँग भएर बाटो पछ्याए । हाल यिनीहरु आफ्नै बाटोमा कुदिरहेको देखिन्छ । हाल ‘झ्यम्भल कृषिफार्म लघु उद्यम’ खोलेर विषादी कम भएको तरकारी उत्पादन गरेर ठाउँ–ठाउँमा बिक्री वितरण र प्रचार–प्रसार गरेर आफूलाई सक्षम उत्पादकका रुपमा यिनीहरु अर्थात् ‘श्री र कमला’ चिनाउन सङ्घर्षरत छन् ।
‘सम्पन्नता मात्र सबैथोक होइन रहेछ । समाजका लागि पनि केही न केही गर्नुपर्छ ।’ भन्ने सही–सूक्ति मनमा राखेपछि श्री र कमलाले वृक्षारोपन गरे ठाउँ–ठाउँमा, सार्वजनिक कृयाशीलतामा केही न केही सहयोग गर्न मन लगाएकै कारणले सहयोग गरे । वन उपभोक्ता अध्यक्षसमेत भएर स्थानीय गाउँलेहरुको सेवा पु¥याए । समाजमा केही नगर्नेहरुले समाजमा केही गर्दै आएका समाजसेवकहरुको अर्थ राख्दैन । तर केही न केही गरिसकेपछि त्यसको स्वाद र बर्कत् थाहा पाएपछि अरु पनि गर्ने भावना राख्दै जान्छन् । श्रीको पनि एउटा सङ्कल्प रहेछ– समाजमा आफू समर्पित भएर एउटा देखिंदो काम गर्ने ।’ उक्त कार्यले त्यस समाजमा रहेका व्यक्तिहरुको लागि केही न केही समाजिक, धार्मिकचेत् खुलोस् ।’ यिनी यस्तै भावना मनमा साँचेर फुङ्ग परेको चिहान डाँडामा बौद्ध स्तुपा बनाउन निरन्तर खटिरहे । बाटो थिएन; बाटो खुलाए । एकान्त डाँडो थियो; स्तुपा बनाए । ३० सौं लाख खर्च गरेर बौद्ध धर्मावलम्बीहरुको तीर्थाटन गर्ने थलो बनाइदिए । यस कार्यले यिनी प्रफुल्लित छन् । गौरवसाथ यिनी भन्छन्– “यस क्षेत्रका लागि महत्वपूर्ण धार्मिक स्थल बनाउन पाउँदा मलाई गौरव लाग्छ । यसको अर्थ गरिमा र महत्व झन–झन फैलिंदै जाने छ । इमान्दारितापूर्वक काम गरेर देखाउने हो; मैले सोचेअनुसारको स्तुपा निर्माण गरें र धर्म–गुरु लामाहरुबाट प्रदीक्षा दिन लगाई उद्घाटन कार्यक्रम गराएँ; खुसी लागेको छ । यसै सन्दर्भमा राखेर सुन्दर कार्यको प्रशंसामा श्री र कमलालाई नियाल्न खोजिरहछु कवितामा ः

मान्छेको मन न हो गर्नेले गर्न सक्छन्; चिहानडाँडामा बुद्ध रोप्न सक्छन्
मान्छेको आँखा न हो हेर्नेले देख्न सक्छन्; एकान्त ठाउँमा पनि शान्ति खोप्न सक्छन्
समाजका लागि केही दिनेहरु नै महान हुन्छन्– सत्–सोच मनमा राख्ने गर–
विश्वासलाई आस्थामा राख्नेहरुले नै सिर्जनाका फाँटहरु हुर्काउन सक्छन् ।
०००
सत्य भनेको सत्य नै हो; केही दिएर त हेर रमाइलो हुन्छ दिनुमा
घाम भनेको सत्य नै हो; सधैं दिइरहन्छ आनन्द मान्छन् दिनुमा
स्तुपा होस् या बाटो सबैका लागि प्रिय हुन्छन्; के तिमीले देख्यौ ?
सुन्दर बाटो भनेको यस्तो त हो; श्रीलेजस्तै कमलाले पनि सोचोस् दिनुमा ।
०००

मलाई गौरव लागेको छ; मेरा एकजना तामाङ विद्यार्थीले आफ्नो गाउँठाउँमा सुन्दर स्तुपा निर्माण गराएकोमा । मलाई खुसी लागेको छ; हाम्रो नाता पर्दै आएको व्यावहारिक जनहरुले सुन्दर कार्य गरेकोमा । अर्थ र व्याख्या त आ–आफ्नो ढङ्गले सबैले सबैको गर्छन् । तर मलाई लाग्छ; समाजका लागि जे दिएर पनि सेवा गर्नु भनेको महान काम हो । खानु, लाउनु र सम्पत्ति थुपार्नु मात्र मानवीय काम सम्झिनेहरु जोसुकै होउन् उनीहरु इतिहासमा कहिल्यै बाँच्दैनन् । इतिहासमा बाँच्ने भनेको त केही न केही कृतिहरु स्थापना, सिर्जना, सिंचन गर्नु नै हो । भावनालाई सत्–निष्ठामा ढालेर, केही न केही कृति स्थापना गर्ने मन दिनु भनेको समाजका लागि महत्वपूर्ण कार्य गर्नु हो । यही बिम्बमा राखेर श्रीकृष्ण लामा र कमला लामालाई सुन्दर बिम्बमा राखेर म नियालिरहेछु र धन्य–धन्य भनिरहेछु सुकीर्ति गरेकोमा । सुकीर्ति नाशावान चीज होइन– इतिहासमा इतिहास अंश भएर जाज्वलयमान भइरहने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

  • लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0