Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भाषाको संरक्षण गर्न गुठी साधन हुुनेछ ः अभियान्ता श्रेष्ठ

प्रभातफेरी अनलाइन ७८४२ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २३, आईतबार (५ साल अघि)
भाषाको संरक्षण गर्न गुठी साधन हुुनेछ ः अभियान्ता श्रेष्ठ

काभ्रे । काभ्रे मिसा कचा भ्वँतको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेवारी भाषा जोगाउ अभियानका अभियन्ता एवं कार्यक्रमका प्रमुख अतिथि शान्त प्रसाद श्रेष्ठले नेवारी भाषा, परम्परा संस्कार संस्कृतिको संरक्षण गर्न “हलिं नेवाः गुथि” साधन हुने बताउनु भएको छ ।

२००७ साल पछिका जति पनि परिवर्तन भए त्यसमा निर्णयक शक्ति नेवार समुदाय भएको जगजाहेर छ । यहाँसम्मकी पछिल्लो गुठी विद्येयकसंगै प्रतिगमन विरुद्धको आन्दोलनमा समेत नेवार समुदायले अनुकरणीय भुमिका निभाएको प्रमुख अतिथि एवं अभियान्ता श्रेष्ठले चर्चा गर्नुभएको थियो ।

कुनै पनि परिवर्तनकारी आन्दोलनमा निर्णायक भुमिका निर्वाह गर्दागर्दै पनि यो जाति माथि उपेक्षा भने भई नै रहेको छ । यस किसिमको विभेदको अन्तका लागि एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प छैन । संगठन नै बल हो । त्यो भनेकै “हलिं नेवाः गुथि” भएको खुलासा समेत अभियान्ता श्रेष्ठले कार्यक्रममा व्यक्त गर्नुभएको थियो ।

 

दिन प्रतिदिन नेवारी भाषा संस्कृति संस्कार माथि प्रहार भइरहेको छ । यो अवस्थामा हामी नेवार समुदाय जुटेर अग्रमोर्चामा जानु अनिर्वाय भइसक्यो । अब संगठित हौं तबमात्र हामीले हाम्रो धर्म संस्कृति रितिरिवाज भाषा बचाउन सक्छौं त्यसको एउटै शस्त्र भनेको गुठीको संरक्षण संवद्र्धन गर्न हो ।

हामीले हाम्रा अग्रज पद्मरत्न तुलाधरलाई लिउ, वहाँ माननीय बन्नु भयो । नेवार जातिका मुद्दा उठाउन खोज्नु भयो । नेवार जाति संगठीत नहुदाँ उहाँ संसदबाट रुँदै फर्किएको इतिहास टाढा छैन । यदि आजको अवस्था मात्र थियो भने तुलाधरजी रोएर फर्कनु पर्ने थिएन । बिडम्वना ! पञ्चायती शासकले संगठित हुन दिएको थिएन । जसको परिणाम तुलाधर रितोहात जनताकै माझ फर्कनुको विकल्प रहेन । त्यसैले हाम्रो अभियान भनेको विश्वमा छरिएर रहेका नेवार जातिहरुलाई एक सुत्रमा बाँध्नु हो । त्यसका लागि कुनै पनि अशस्त्रको प्रयोग गर्न पछि पर्नु भएन । यसो गर्नुमा हाम्रो व्यक्तिगत स्वार्थ केही छैन, छ त केवल लोपोन्मूख अवस्थामा पुगेको हाम्रो भाषा, संस्कृति, रितिरिवाज, परम्परा र संस्कारको संरक्षण नै मूल भावना भएको प्रमुख अतिथि अभियन्ता श्रेष्ठको कथन थियो ।

विश्वभरमा आजका मिति सम्म एक सय चारवटा यस किसिमका नेवारी गुठी छन् । यसको विस्तारका लागि प्रत्येक नेवार जाति सचेत रहेर क्रियाशील हुन जरुरी छ साथै आर्थिक उन्नति र रोजगारका लागि पनि संगठीत हुनुको विकल्प छैन । संगठन नै वल हो, संगठीत हुन सक्यौं भने मात्र हाम्रो अस्तित्व रहने छ । अन्यथा हाम्रा सन्ततीहरुको भविष्य अन्योलता तर्फ धकेलीने अवस्था रहेको अभियन्ता श्रेष्ठले टिप्पणी गर्दै “हलिं नेवाः गुथिं” को आवश्यकता, महत्व, दायित्व र कर्तव्यबारे कार्यक्रमका सहभागीहरुलाई सुचित समेत गराउनु भएको थियो ।

नेवारी भाषा, संस्कृतिमाथि पछिल्लो समय विष वमन हुँदै आएको छ ः अध्यक्ष श्रेष्ठ

उक्त अधिवेशनमा शुभकामना मन्तब्य राख्दै काभ्रे चेम्वर अफ कमर्सका अध्यक्ष– प्रकाश श्रेष्ठको धारणा थियो । पछिल्लो समय नेवार भाषा संस्कृति माथि जुन किसिमको विष वमन हुँदै आएको तर्फ हामी सचेत हुन जरुरी छ । यदि समयमै त्यसतर्फ ध्यान पु¥याएनौं भने नेपाल र नेपालीको पहिचान नै लोप नहोला भन्न नसकिने अवस्था नरहेको श्रेष्ठको दावी थियो ।

संयुक्त राष्ट्र संघमा नेवारी भाषा त्यही कारण पहिचान पाएको छ ः स्याउला

त्यसै गरि अर्का अभियन्ता तिर्थभक्त स्याउलाको कथन थियो– हामीले संगठीत हुन कञ्जुस्याईं ग¥यौं भने हाम्रो अस्तित्व संकटमा पुग्न सक्ने चिन्ता व्यक्त गर्दै नेवारी भाषा त्यो भाषा हो जसले विश्वमा नेपाललाई परिचित गराएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा आफ्नो उपस्थितिका लागि यो भाषालाई साधन बनाएको स्मरण गराउँदै प्रत्येक बस्ती बस्तीबाट भाषा धर्म संस्कृतिको संरक्षणका लागि उठ्नु पर्ने बताउनु भएको छ । नेपालको पहिचान बोकेका हामी नेवार जातिले आफ्नो पहिचानका लागि एक मत भएर जुट्नुको विकल्प नभएको अभियन्ता स्याउलाको धारणा थियो ।

भाषा म¥यो भने अस्तित्व मर्छ ः श्रेष्ठ

सो अधिवेशनमा अभियन्ता एवं कार्यक्रमका अध्यक्ष ईश्वरी श्रेष्ठको तर्क थियो – जबसम्म मातृभाषामा पठन पाठनको व्यवस्था गर्न सक्दैनौं तव सम्म हाम्रो भाषा धर्म, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण हुन नसक्ने बताउँहुँदै नेवारी भाषा म¥यो भने हामी नेवारको अस्तित्व मर्छ भन्नुभएको छ ।

तसर्थ त्यसका लागि सम्बन्धी निकायमा दवाव दिन जरुरी छ । दवाव एक्लैले दिएर कुनै अर्थ राख्दैन त्यहाँ संगठनको महत्व आउँछ । त्यो शक्ति तपाई हामी महिलाले जुटाउनु पर्छ । त्यसका लागि पनि संगठीत हुनुको विकल्प छैन । जवसम्म प्राथमिक तहसम्म मातृभाषाको पढाइ हुने व्यवस्था गर्न सक्दैनौं तबसम्म हाम्रो अभियानको कुनै अर्थ रहन्न । हाम्रो अभियानलाई सार्थक बनाएर हाम्रो भाषा, धर्म, संस्कृति, संस्कार, रितिरिवाज र परम्परालाई जिवन्त राख्नु छ भन्नुहुँदै अध्यक्ष श्रेष्ठको थप कथन थियो– स्थानिय सरकारलाई शिक्षा नीतिमा परिर्माजन गरी मातृभाषाको सिकाईमा जोड दिनका लागी पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

उक्त अधिवेशनले आगामी दुई वर्षका लागी रेश्मा श्रेष्ठ अध्यक्ष, सचिवमा विनु कर्माचार्य, कोषाध्यक्षमा अल्का जोशी लगाएत ४३ सदस्य काभ्रे मिसां कचा भ्वँत निर्वाचित गरेको छ भने केन्द्रीय प्रतिनिधिका लागि ईश्वरी श्रेष्ठलाई समेत अधिवेशनले निर्वाचित गरेको छ ।

खुल्ला सत्रको अध्यक्षता काभ्रे मिसां कचा भ्वँतका अध्यक्ष इश्वरी श्रेष्ठले गर्नुभएको थियो । संस्थाको प्रगती प्रतिवेदन सचिव सजिना श्रेष्ठले पेश गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष अल्का जोशीले प्रस्तुत गर्नु भएको थियो कार्यक्रमको संचालन सुरेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो । बन्द सत्रमा निर्वाचन मण्डलको अध्यक्षता श्रीकृष्ण महर्जनले गर्नुभएको थियो । निर्वाचित प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि अभियन्ता शान्तप्रसाद श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0