Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भौतिक संरचना बन्छ भने सहयोग हुनेछ ः का.वा. अध्यक्ष सिं

प्रभातफेरी अनलाइन ६८६२ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
भौतिक संरचना बन्छ भने सहयोग हुनेछ ः का.वा. अध्यक्ष सिं

काभ्रे । नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले आयोजना गरेको कोभिड–१९ पछिको सुस्ताएको व्यवसायका बारेमा व्यवसायीहरुबीच छलफल गर्ने उद्देश्यले आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासंघका केन्द्रीय कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि उमेरप्रसाद सिंले उक्त धारणा राख्नुभएको हो ।


आज महासंघले जुन रुप धारण गर्न सफल भएको छ, त्यसले केही साथीहरुलाई पीडा हुनु नौलो होइन । जसले महासंघलाई एउटा कोठामा कुण्ठित हुने अवस्थामा पु¥याउनुभएको थियो । यो सबैको श्रेय तपाईं शाखाहरुलाई जान्छ । जसले गर्दा महासंघको गरिमा राष्ट्रियस्तरमा उच्च भएको छ । यहाँहरुलाई थाहा नै छ, महासंघमा अनगिन्ती बेरुजूको खात लागेको थियो । जति पनि परियोजनाहरु महासंघका नाममा आएका थिए, ति सबै अधुरा अवस्थामा रहेका थिए । एक अवस्थामा भन्ने हो भने महासंघ घेराबन्दीमा थियो । त्यो अवस्थाबाट महासंघ मुक्त हुँदैछ, जसले आफ्नो पहिचान राष्ट्रियस्तरमा कायम गर्न सफल भएको छ । त्यसका लागि तमाम जिल्ला शाखाको अनुकरणीय सहयोग मिलेको थियो । अझै भन्नुपर्दा काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला शाखाप्रति केन्द्रीय समिति ऋणी रहेको प्रमुख अतिथि सिंको कथन थियो ।
कार्यक्रममा सहभागीहरुको थप जिज्ञासा मेटाउँदै काभ्रे शाखाले भौतिक संरचनाको लागि आवश्यक पूर्वाधार पूरा गर्छ भने भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने पहल केन्द्रीय समितिले वचनबद्धता समेत प्रमुख अतिथि सिंले कार्यक्रममा राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीको कथन थियो– घरेलु तथा साना उद्योग कार्यालयको काम भनेको मूलतः उद्योग वाणिज्य र आपूर्ति व्यवस्थापनको क्षेत्रमा रहेर अगाडि बढ्नु हो । जसमा जिल्लामा क्रियाशील सरकारी निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं जिल्ला लघु उद्यमी संघ (डिमेगा) सँग उद्योग वाणिज्यका विषयमा उत्प्रेरणा जागृत गराउनुको सँगै व्यवस्थापनका विषयमा उद्यमीहरुलाई सुसूचित गराउनु नै हो । उद्यमी बनाउनका लागि विभिन्न किसिमका चेतनामूलक र उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरी बेरोजगार रहेका युवाहरुलाई रोजगारतर्फ आकर्षित गराउनु नै रहेको छ भने समय–समयमा उपभोक्ता हितका लागि बजार अनुगमनलाई प्राथमिकतामा राखी उपभोक्तालाई सचेत बनाउने कार्य गर्दै आएको छ ।
त्यसैगरी बजारमा देखिने उपभोक्ता हित विपरित गतिविधिका बारेमा सचेतनामूलक कार्यक्रम चलाउनुको सँगसँगै कालाबजारियाका बारेमा खबरदारी गर्नु पनि यस कार्यालयको दायित्व हुन आउँछ भने लघु उद्यमीहरुका लागि प्रविधि हस्तान्तरण गरी सबल बनाउनु पनि यस कार्यालयको दायित्व हो । घरेलु उद्योगले समाजमा ल्याएको परिवर्तनको चर्चा गर्दै प्रमुख पुडासैनीको थप कथन थियो– कोभिड–१९ ले यो क्षेत्रले जुन नकारात्मक प्रभाव छोड्यो त्यसलाई चिर्दै अगाडि बढ्ने वातावरण निर्माणका लागि तपाईं हामी आ–आफ्नो स्थानबाट कटिबद्ध हुन आवश्यक छ । पछिल्लो समय नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले जुन गतिविधि गरेको छ, त्यसले चह्राएको घाउमा मलमपट्टि लगाउने काम महासंघले गरेको महसुस जिल्ला घरेलु कार्यालयले गरेको छ । जसबाट साना तथा मझौला उद्यमीहरुले उर्जा प्राप्त गरेको धारणा पुडासैनीको थियो ।
उक्त अन्तरक्रियामा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्यायको कथन थियो–विगत बर्षमा कोभिड–१९ ले गर्दा यस्ता किसिमका कार्यक्रम गर्न नसकिएको र महामारीले अधिकांश उद्यमीहरूको उद्योग व्यवसाय धरासायी भएकोले र मानसिक रुपमै विक्षिप्त बन्न पुगेका व्यवसायीहरुका लागि केही मात्रामा उत्प्रेरणा दिने जमर्काे सहित आज यस कार्यक्रममा जुटेको चर्चा गर्नुभएको थियो ।
उहाँको थप कथन थियो– साना तथा मझौला व्यवसायहरुप्रति लक्षित गर्दै आगामी दिनमा के कसरी व्यवसायलाई निरन्तरता दिन के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने उद्देश्यले नै यस किसिमका कार्यक्रमहरुले निरन्तरता पाउनेछन् । जसको सुरुवात महासंघले गरेको छ । उद्यमीहरूलाई उत्प्रेरणा दिनु नै यो कार्यक्रमको मूल उद्देश्य भएको वरिष्ठ उपाध्यक्ष उपाध्यायको तर्क थियो ।
कार्यक्रममा महासंघ जिल्ला शाखा अध्यक्ष सुवासना श्रेष्ठको कथन थियो– कोभिड–१९ कारण साना तथा मझौला व्यवसायीहरु मर्कामा परेको हुँदा उहाँहरुप्रति संस्थाले निभाउनुपर्ने दायित्व पछि पर्ने छैन । त्यसका लागि सम्बन्धित निकायमा खेल्नुपर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने धारणा राख्नुभएको थियो । आज व्यवसायको क्षेत्रमा जुन समस्या आएको छ, त्यसका लागि स्थानीय निकाय र सरोकारवाला निकायबीचमा समन्वयकारी भूमिका निर्वाह गरी व्यवसायीहरुका हकहितका पक्षमा के गर्दा सहज हुन्छ, त्यो गर्न आफूहरु तयार रहेको पनि अध्यक्ष श्रेष्ठले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।
जुन व्यवसाय अपनाएर आत्मनिर्भर हुन सकिएको छैन, त्यसका बारेमा खोज अनुसन्धान हुन आवश्यक छ । त्यो व्यवसायसँग आबद्ध रहेका व्यवसायीहरुको अवस्था दयनीय हुन पुगेको छ । त्यसतर्फ घरेलु तथा साना उद्योग कार्यालयको भूमिका अनुकरणीय त छ नै । अझै व्यवहारिक रुपमा सरल ढंगबाट साना व्यवसायीहरुको आकर्षणको केन्द्र बन्नेमा महासंघ आश्वस्त रहेको धारणा राख्नुभएको छ । पछिल्लो समय घरेलु कार्यालयको क्रियाशीलतालाई सम्मान गर्नैपर्छ । अतितका अवधिलाई फर्केर हेर्ने हो भने घरेलु कार्यालय पनि छ र ! भन्ने अवस्थामा थियो । भन्नैपर्दा मृत अवस्थामै रहेको घरेलु कार्यालयले पछिल्लो समय सक्षम नेतृत्व पाएकै कारण काभ्रेमा घरेलुको क्षेत्रमा गौरव हासिल गर्न सफल भएको महासंघको समिक्षा रहेको छ । यसका कार्यका लागि विशेषतः कार्यालय प्रमुख सक्षम हुनुपर्दाे रहेछ भन्ने कुरा पुष्टि गरेको छ । तसर्थ, कार्यालय प्रमुख पुडासैनी सरप्रति महासंघ आभार व्यक्त गर्दछ र आगामी दिनमा पनि यस किसिमको क्रियाशीलता निरन्तरताको अपेक्षा राख्दछ । हामी उद्यमीहरुले पनि आफ्नो व्यवसायप्रतिको स्तरियता, गुणस्तरीयता र बजारीकरणका लागि गम्भीर हुन आवश्यक छ । तब मात्र यो मुलुकबाट बेरोजगारको अन्त्य हुनेछ । यसतर्फ घरेलु महासंघ गम्भीर छ भन्ने टिप्पणी अध्यक्ष श्रेष्ठको थियो । कार्यक्रमको सञ्चालन महासचिव रमन श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष सुवासना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा महासंघसँग आबद्ध दर्जनौं व्यवसायीहरुको सहभागिताको सँगसँगै छिमेकी जिल्ला महासंघको समेत उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0