Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अक्षरमार्ग सम्मान समर्पण

प्रभातफेरी अनलाइन १८८९७ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
अक्षरमार्ग सम्मान समर्पण

काभ्रे । अक्षरमार्गले आफ्नो आठौंँ वार्षिकोत्सवको अवसर पारेर नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा समर्पित रहेका पाँचजना साहित्यसेवी स्रष्टाहरूलाई सम्मानित गरेको छ । अक्षरमार्गका सम्पादक÷प्रकाशक सूर्य लाकोजूको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराईले स्रष्टाहरूलाई सम्मान अर्पण गर्नुभएको हो ।
कार्यक्रममा संस्थाले ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’ बाट साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार’ सम्मानबाट वियोगी बुढाथोकी, ‘नरबहादुर अक्षरमार्ग सम्मान’ बाट विष्णुसिंह राई, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’ बाट सुरेन्द्र अस्तफल र ‘अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान’ बाट तारा केसीलाई सम्मानित गरेको छ । साहित्यकार मोहन दुवालले सम्मानित प्रतिभाहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. तुलसी भट्टराईले स्रष्टाहरूलाई सम्मान अर्पण गर्दै आफूहरू अक्षरमार्गको यात्रामा यात्रारत रहेको र अक्षरमार्गको अक्षरकर्म सुरम्य रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न मुक्तककारहरूको संयुक्तसंग्रह ‘मुक्तकमा समवेत स्वरहरू’ पनि लोकार्पण गरिएको थियो । सो मुक्तकसंग्रहमा १३६ जना स्रस्टाका मुक्तकहरू समाविष्ट छन् । सार्वजनिक मुक्तकसंग्रहमाथि समालोचक डा. शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित स्रष्टाहरूका साथै साहित्यकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, रत्नप्रसाद अनामणि श्रेष्ठ, उमेश पाण्डे, डा. पुष्करराज भट्ट, गार्र्गी शर्मा, धु्रवकृष्ण ताम्राकार, प्रह्लाद के.सी.लगायतले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा प्रदीप सापकोटा, उत्तम विचार भेटुवाल, वसन्त नकर्मी, प्रकाश घायल, रविन्द्र आशिष शैली, लव खड्का, सञ्जीव राई, रुद्र अधिकारीलगायतले आआफ्ना मुक्तकहरू पनि वाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा दुर्गा किरण, मीना चौलागाईँ, सुभद्रा दाहाल, रामसुन्दर देउजा, तेजकुमार श्रेष्ठ, दिलकुमारी डंगोल, कृष्णकुमार वैद्य, तुयुकाजी ताम्राकार, जयदेश श्रेष्ठ, काशीराम विरस, सुधा भट्टराईले पनि आफ्ना मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0