Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लोकतान्त्रिक आन्दोलनमा महासंघको महत्वपूर्ण भूमिका छ ः सभामुख सापकोटा

प्रभातफेरी अनलाइन ७४९० पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
लोकतान्त्रिक आन्दोलनमा महासंघको महत्वपूर्ण भूमिका छ ः सभामुख सापकोटा

काठमाडौ । नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै मुलुकको परिवर्तनमा नेपाल पत्रकार महासंघको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आइतबार पदभार हस्तान्तरण कार्यक्रममा बताउनुभएको छ ।
उहाँले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । त्यसैगरी उहाँले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने चर्चा समेत गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने समेत सो कार्यक्रममा बताउनुभएको थियो । उहाँले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको समेत स्मरण गराउनुभएको थियो ।
निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताउनुभएको थियो । कार्यक्रममा आफूले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि आचार्यले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा पूर्व सभापतिहरु डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाउँले र डा.महेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0