काभ्रे । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ सञ्चारकर्मी एवं प्रभातफेरी साप्ताहिकका सम्पादक इश्वरी राजकुमार मैनालीलाई मातृशोक परेको छ ।
सोमबार बिहान ११ः३० बजे आमा सरस्वती मैनालीले यो धर्तीबाट बिदा लिनुभएको छ । २००१ सालमा जन्मिनुभएकी मैनालीका ३ छोरा, ३ छोरीमध्ये जेठो सन्तानको रुपमा इश्वरी राजकुमार मैनालीले आफ्नो जिम्मेवारी पूरा गर्दै आउनुभएको छ । हाल भाइ र आमा सर्लाही जिल्लाका बागमती नगरपालिका वडा नं. ५ राजघाट, आत्मपूरमा बसोबास गर्दै आउनुभएको थियो । सोही दुःखद घटनालाई लिएर प्रेस संगठन नेपाल काभ्रे शाखा र नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शोक विज्ञप्ति जारी गरेको छ ।
दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |