Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महासंघलाई समाजको आर्थिक सहयोग

प्रभातफेरी अनलाइन ८३५९ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
महासंघलाई समाजको आर्थिक सहयोग

काभ्रे । काभ्रे सेवा समाजले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कोभिड–१९ राहत कोषमा सुरुवाती सहयोगका रुपमा १० हजार रुपैंया प्रदान गरेको छ ।
समाजका तर्फबाट सचिव राघवसिंह थापाले महासंघको बुडोलस्थित कार्यालयमा पुगेर सो रकम महासंघ अध्यक्ष बद्रीराज तिमल्सिानालाई हस्तान्तरण गर्नु भएको हो ।
‘काभ्रे सेवा समाजले नागरिक समाजको प्रतिनिधित्व गर्ने र अहिलेको विषम परिस्थितिमा सुसूचित गर्ने कार्यमा खटिने पत्रकारहरुको सुरक्षाका लागि सहयोग गरेको जानकारी प्राप्त भएको छ । समाजले आगामी दिनहरुमा थप सहयोग गर्ने सेवा समाजका सचिब थापाले बताउनु भयो ।
सेवा समाजले प्रदान गरेको सहयोग रकम बुझ्नुहुँदै शाखा अध्यक्ष तिमिल्सनाले भन्नुभयो, ‘पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे सेवा समाज मिलेर काभ्रे जिल्लामा धेरै काम गर्न सक्ने संभावनाहरु रहेको बताउनु भयो । सहयोगका लागि शाखामा आवद्ध सम्पूर्ण पत्रकारहरुका तर्फबाट समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
काभ्रे सेवा समाजले कार्यसमिति र शुभेच्छुक सदस्यहरुलाई समाजको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै कोभिड–१९ राहत कोष स्थापना गरेको र कोषमा रकम जम्मा गर्न सबैमा आह्वान गरेको छ । यही कोषमा जम्मा भएको रकमले महासंघलाई सहयोग गरिएको थापाको भनाई छ ।
समाजले पनौती–४ स्थित रियल नेपालको आश्रयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई पनि यसै कोषबाट सहयोग गरेको छ । सहयोगमा खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराइएको छ ।
यस अघि कोरोना संक्रमणको पहिलो लहरमा पनि समाजले पत्रकार महासंघ काभ्रे शाखालाई सहयोग गरेको थियो । त्यस बखत भेनस मास्क ५० थान र १०० मिलीको स्यानिटाइजर ५० बोतल उपलब्ध गराएको थियो ।
यसैगरी नमोबुद्ध नगरपालिकाबाट २५ हजार ५ सय २५, रोशी गाउँपालिकाबाट २५ हजार, पनौती नपा वडा नं. ७ को तर्फबाट २० हजार, पनौती नपा वडा नं. ७ का वडा सदस्य युवा व्यवसायी पुरुषोत्तम कर्माचार्यले १५ हजार ५ सय, लक्ष्मी प्रतिष्ठान काठमाडौंबाट २५ हजार, नेपाली कांग्रेस नगर समिति सचिव महेश कर्माचार्यबाट ११ हजार १ सय ११, जनकल्याण मावि नमोबुद्ध नपा २ का प्रधानाध्यापक लक्ष्मी अधिकारीबाट १५ हजार, सांगितिक क्षेत्रका उदयमान कलाकार क्यानडा निवासी आशिर्वाद सुवेदीबाट १० हजार, युवा व्यवसायी सुजन केसीबाट १० हजार मंगलबार साँझसम्म सहयोग प्राप्त भएको अध्यक्ष बद्रीराज तिमल्सिनाले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0