Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विषम् परिस्थितिका बारेमा नेरेसो काभ्रे शाखाको धारणा

प्रभातफेरी अनलाइन ८४७२ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
विषम् परिस्थितिका बारेमा नेरेसो काभ्रे शाखाको धारणा

काभ्रे । अहिले जिल्लामा देखा परेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले आफ्नो धारणा विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ । स्थापना कालदेखि निरन्तर रुपमा मानव सेवामा आफुलाई समर्पित गर्दै आइरहेको सामाजिक संस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटीलाई चिनिन्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पनि स्थापनाकालदेखि नै प्राथमिक उपचार लगायत विभिन्न विपदहरुमा उद्धार तथा राहत कार्यमा लागि मानविय सेवामा तल्लिन रहेको तथ्य उसका गतिविधिहरुले प्रष्ट पार्दछ । वर्तमान अवस्थामा काभेपलाञ्चोक जिल्ला कार्यसमिति जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको व्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ । जिल्ला तदर्थ समिति संस्थाका सबै गतिविधिहरु सहभागितामलक जवाफदेहिता र रेडक्रसको प्रचलित सिद्धान्त मूल्य र मान्यता अनुरुप आफूले पाएका जिम्मेवारीहरु बहन गर्न, देखिएका चुनौती र समस्याहरुसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
रेडक्रसकर्मी एवं स्वयंसेवक लगायतका आबद्ध व्यक्तित्वहरुमा विश्व कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त पारेको देखिएको छ । जसबाट देश, जिल्ला हुँदै समुदाय स्तर पनि मुक्त छैन । दिनानुदिन विकराल समस्या बन्दै संक्रमण बढी रहेको अहिलेको अवस्थामा विषम परिस्थितिलाई मध्यनजर गरेर रेडक्रसकर्मी, स्वयंसेवकहरुले आफुले जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्दै आम जनसमुदायलाई कोरोना भाइरसबाट जोगाउन अवलम्बन गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड र व्यक्तिगत सूरक्षाका बारेमा सचेत गराउनुपर्ने महत्वपूर्ण दायित्व रेडक्रसकर्मीमा आएको विज्ञप्तिमा उल्लेख छ । यस सन्दर्भमा संयमित भई सम्भावित थप जोखिमलाई मध्यनजर राख्दै रोगको बारेमा आम समुदायलाई सजग सतर्क गराउने,जानकारी दिने कार्यमा स्वयंसेवी भावले । लाग्न सम्पूर्ण रेडक्रसकर्मीमा आग्रह गर्दै तमाम जिल्लावासीहरुमा जन स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।
रेडक्रसका सिद्धान्त मूल्य मान्यताको परिपालना गरी संस्थाको जीवन्तताको लागि आवश्यक पर्ने हाम्रा उपशाखाहरुको निर्वाचन जिल्ला शाखाको निर्वाचन हामा आगामी कार्यभार रहने छन । यसका साथै संस्थागत शुसासन कायम गर्ने विभिन्न निकायहरुसँगको थप सुसम्बन्ध विस्तार गर्ने साझा एजेण्डाहरुमा सबै सरोकारवालाहरुसँग समन्वय गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उपशाखादेखि नै संस्थाको विधानको उचित परिपालना गर्न रेडक्रसकर्मीहरुलाई थप जिम्मेवार बनाउने, श्रोत र साधनको व्यवस्थापन गर्न विभिन्न दाता एवं निकायहरुसंग परस्पर सुसम्बन्ध विस्तार गर्न प्रयत्नहरु गरिनेछन् । संस्थाका हरेक कार्यक्रम र गतिविधिहरु पारदर्शि ढंगले संचालन गरिनेछन । यसो गर्दा उत्तरदायित्व र जवाफदेहिता सुनिश्चित हुने ढंगले कार्यहरु गर्ने प्रयत्न हुनेछन् ।
संस्थामा वित्तिय पारदर्शिता कायम गरिनेछ । संस्थाले संचालन गर्दै आएका मानवीय सेवाका कार्यहरु थप प्रभावकारी बनाउन पहल गरिनेछ । रक्तसंचार सेवा केन्द्रलाई थप व्यवस्थित गर्दै संचालन गरिनेछ । जिल्ला शाखा अन्तर्गत विभिन्न समुदायमा संचालित परियोजनाहरुको लक्ष्य र उद्देश्य हासिल गर्न पहल कदमी लिइनेछ भनी विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0