Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घाम फुल्ने याम लिएर आए लाकोजू

प्रभातफेरी अनलाइन ८८२१ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
घाम फुल्ने याम लिएर आए लाकोजू

काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कृति घाम फूल्ने याम कवितासङ्ग्रह हालै प्रकाशित भएको छ । करिब दुई दशकदेखि नेपाली भाषा र साहित्यमा साधनारत कवि लाकोजूको यो कृति विधागत दृष्टिले पाँचौं हो । यस सङ्ग्रहका कवितामा वर्तमान नेपाली समाजको विविध यथार्थहरूलाई प्रस्तुत गरिएको छ । देशमा सहिदहरूको सङ्ख्या थपिए पनि व्यवस्थामा कुनै परिवर्तन नआएको, गरिवी र बेरोजगारीमा कमी नआएको, सरकार जनताको अभिभावक बन्न नसकेको, विकृति र विसङ्गति बढ्दै गएको र राम्रा र इमानदार मान्छेहरूलाई पाखा पारिएको जस्ता तीतो यथार्थको प्रकटीकरण भएको छ । प्रस्तुत सङ्ग्रहका कविताहरूमा सबैभन्दा बढी प्रयोग भएको सन्दर्भ प्रकृति हो । प्रकृतिको सौन्दर्य, रहस्यमयता, त्यसको शाश्वततालाई मान्छेसँग समीकरण गरेर कवितामा प्रस्तुत गरिएको छ । देशको राजनीति र त्यसमा देखिएको व्यथितिप्रति तिखो रोष छ कवितामा । मानवीय कमीकमजोरी, मानवीय सम्बन्धमा आउने उतारचढाव पनि कविताका विषय बनेका छन् । अक्षरमार्गमार्फत साहित्यिक पत्रकारिता गरेर, साहित्यकारहरुको सम्मान गरेर, साहित्यका पुस्तकहरु लेख्ने प्रेरणा दिएर अनि आफैले पुस्तकहरु लेखेर नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरेका साहित्यकार लाकोजूका घाम फुल्ने याम कविता सङ्ग्रहका अतिरिक्त भावनाका फूलहरु ‘मुक्तक सङ्ग्रह’, फूलहरुको मेला (मुक्तक सङ्ग्रह), स्पर्श (कविता सङ्ग्रह), मेरो मन मेरो मीत (कविता सङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेला (अनुसन्धानमूलक), स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकविता सङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कविता सङ्ग्रह), अक्षरका स्वरहरु (हाइकु सङ्ग्रह), सुसेली (गीत सङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तक सङग्रह), मेरो घाम (कविता सङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श (नियात्रा), दिवाकरका चुम्वन (कविता सङ्ग्रह, हिन्दीमा अनुदित) र Atithee (अंग्रेजी कथा) आदि प्रकाशित छन् भने दुई दर्जनकै सङ्ख्यामा विभिन्न स्मारिका, स्मृतिग्रन्थहरु, साहित्यिक कृतिहरूको सम्पादन पनि गरेका छन् । कवि लाकोजू विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमासमेत क्रियाशिल रहँदै आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0