काभ्रे । कोरोना संक्रमणले मुलुक नै आक्रान्त भएको संगिन घडीमा धुलिखेल जुनियर जेसिजले सामाजिक दायित्व निर्वाह गर्न पुगेको छ ।
जस अन्तरगत बन्दाबन्दिमा कोरोनाबाट कोहि संक्रमित हुन नपरोस् भनेर हेल्थ नेपाल बालगृह धुलिखेलमा रहेका बालबालिकाहरुलाई आवश्यक पर्ने स्वास्थ सामाग्रीहरुमा माक्स, सेनिटाइजर साथै खाद्यान्न, स्टेशनरी र खाजाका लागि चाउचाउ, बिस्कुट, फलफूल लगायत सामानहरु आज एक समारोहका बिच बितरण गरिएको धुलिखेल जुनियर जेसिज अध्यक्ष मनिष कोजु श्रेष्ठले बताउनुभएको छ ।
श्रेष्ठका अनुसार धुलिखेल नगरभित्र श्रम गरेर जिविकोपार्जन गर्नुपर्ने निम्न आय भएका समुदायमा पुगी कोभिड–१९ ले पुर्याउने असर र त्यसले पार्ने नकारात्मक प्रभावका बारेमा सचेतना अभियान चलाइनुको साथै त्यो वर्गका लागि आवश्यक पर्ने खाद्यान्न अन्तर्गत दाल, चामल, तेल, मसला वितरण गरिएको बताउनु भएको छ । त्यसैगरी बजार एरियामा छोडिएका कुकुरहरुका लागि खानेकुरा खुवाउने काम गरियो ।
स्मरण रहोस् बनेपा बजार क्षेत्रमा रहेका कुकुरहरूका लागि खाना खुवाइरहेका युवाहरुलाई पनि जेसिजले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । संकटको घडीमा मानविय सेवामा समर्पित हुने अवसर दिएकोमा धुलिखेल उद्योग वाणिज्य संघप्रति धुलिखेल जुनियर जेसिजले आभार समेत व्यक्त गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |