Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजारभरी पाठ्यक्रम विकास केन्द्रको निर्देशन विपरित प्रकाशित पुस्तक छ्यास छ्यास्ती

प्रभातफेरी अनलाइन ६०११ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
बजारभरी पाठ्यक्रम विकास केन्द्रको निर्देशन विपरित प्रकाशित पुस्तक छ्यास छ्यास्ती

काभ्रे (बनेपा) । शैक्षिक क्यालेण्डर अनुसार सरकारले नयाँ शैक्षिक सत्रको घोषणा गरेसँगै बजारमा अवैध रुपमा प्रकाशन भएका पुस्तकहरु देखिएका छन् भन्ने गुनासोका बारेमा ध्यानाकर्षण भएको छ । सोही क्रममा बजार अनुगमन गरिएको पाठ्यक्रम विकास केन्द्रको निर्देशक गणेश भट्टराईले बताउनुभएको छ ।
अनुगमनका क्रममा पाठ्यक्रम विकास केन्द्रको निर्देशन विपरित पुस्तकहरु प्रकाशन गरेर गैर कानूनी ढंगबाट पाठ्य पुस्तकहरु बजारमा आएको पाइयो । नयाँ शैक्षिक सत्रसँगै पुस्तकहरुको अवस्थाका बारेमा जानकारी लिने मुख्य उद्देश्यसहित बजार अनुगमन गर्ने क्रममा यस्ता किसिमका अवैध गतिविधिहरु भेटिएको निर्देशक भट्टराईको तर्क थियो । मंगलबार अनुगमन गर्ने क्रममा काभ्रे आइपुगेको पाठ्यक्रम विकास केन्द्रको टोलीले जिल्लाका अधिकांश पुस्तक वितरकहरुको गोदाममा अनुगमन गरेको थियो । अनुगमनको क्रममा बिक्रेताहरुका गोदाम अवैध प्रकाशन भएका किताबहरुले भरिएको पाइएको बताउनुभएको थियो ।
पाठ्यक्रम विकास केन्द्रले नेपाल सरकारले सार्वजनिक गरेअनुसारको नेपालको नक्सा र परिवर्तित शैक्षिक क्यालेण्डर अनुसारका किताबहरु बिक्रि वितरणका लागि निर्देशन दिएता पनि प्रकाशन गृहले त्यस किसिमको नियमलाई अपनाइएको पाइएन । जसका कारण बजारमा गैर कानूनी ढंगबाट छापिएका पाठ्यपुस्तकहरु छ्यास छ्यास्ती भेटिए । यो अत्यन्तै गम्भीर विशेष भएको निर्देशन भट्टराईको धारणा थियो । पाठ्यक्रम विकास केन्द्रले निर्देशन गरेभन्दा फरक कित्ताबाट पुस्तकहरु प्रकाशन गरी बजारमा ल्याउनु गैर कानूनी भएको भट्टराईको तर्क थियो । शिक्षा जस्तो संवेदनशील विषयमा जुन किसिमका गतिविधिहरु भएका छन्, ति क्षम्मे छैनन् । यस किसिमको लापरवाहीलाई छुट दिन सकिँदैन । हामीले बजारबाट केही प्रकाशनका किताबहरु जफत गरेका छौं, त्यसको बारेमा सम्बन्धित प्रकाशनले जवाफ दिने नै छ भने सम्बन्धित प्रकाशन गृहबाट प्रकाशित किताबहरु बिक्रि वितरण नगर्न सम्बन्धित बिक्रेताहरुलाई जानकारी गराएका छौं ।
यदि हाम्रो सरलतालाई कमजोरीको रुपमा लिइयो भने राज्य गम्भीर रुपमा प्रस्तुत हुन पनि सक्छ । त्यसैले गैर कानूनी ढंगबाट छापिएका किताबहरु बिक्रि वितरण नगर्न पाठ्यक्रम विकास केन्द्रको आग्रह समेत छ । यो पटकलाई हामीले सचेत गराएका छौं । यदि यसलाई अवज्ञा गरेको पाइएमा सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारवाहीको दायरामा लगिने पनि निर्देशक भट्टराईले जानकारी गराउनुभएको थियो ।
सोही सम्बन्धमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेका अध्यक्ष भीमप्रसाद आचार्यसँग जिज्ञासा राख्दा गैर कानूनी ढंगबाट कसैलाई पनि केही गर्ने छुट नरहेको जानकारी दिनुहुँदै अवैध धन्दालाई निरुत्साहित गर्नुपर्छ । यदि हाम्रो संस्थासँग जोडिएका बिक्रेताहरुबाट त्यस किसिमको कमी कमजोरी हुन पुगेको रहेछ भने हामी विद्यार्थीहरुमाथि खेलवाड गर्न दिने छैनौं । राज्यको नीतिलाई पछ्याउँदै व्यवसाय गर्ने हो । गैर कानूनी ढंगबाट व्यवसायका नाममा जुन कुरा बाहिर आएको छ, त्यसबारे महासंघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष आचार्यले खुलासा गर्नुभएको छ ।
प्रकाशन गृहहरुबाट जुन किसिमबाट काम भएको अनुगमनको क्रममा देखियो, त्यो अत्यन्तै निन्दनीय छ । यसले हाम्रो व्यवसायमा मात्र नभई मान मर्दनमा समेत प्रश्न चिन्ह उठाएको छ । त्यसैले सम्बन्धित निकायले गैर कानूनी ढंगबाट प्रकाशन गृहहरुले उत्पादन गरेका पाठ्य पुस्तकहरु तत्काल फिर्ता लगी आफ्नो इमान्दारिता देखाउन पनि अध्यक्ष आचार्यले आग्रह गर्नुभएको छ । यदि तत्कालै त्यस किसिमको कदम चालिएन भने त्यसका विरुद्ध सम्बन्धित निकायले आफ्नो ध्यानाकर्षण गरेर कानूनी उपचार गर्नसक्ने पनि अध्यक्ष आचार्यको आग्रह थियो ।
यता बिक्रेताहरुको एउटै गुनासो छ, प्रकाशन गृहहरुले बेइमानी गरे । यस किसिमको गैर कानूनी ढंगबाट पुस्तक जस्तो संवेदनशील विषयमा खेलाञ्ची गर्नुहुन्न थियो । जसको कारण हामीमाथि ग्राहकले प्रश्न चिन्ह उठाउने अवस्था सिर्जना भएको छ । तत्काल सम्बन्धित प्रकाशन गृहले आफ्ना प्रकाशनका बारेमा सार्वजनिक हुन जरुरी छ । कुनै प्रकाशनको नाममा बिल आएको छ तर प्रकाशित सामग्रीमा कहिँकतै प्रकाशन गृह जोडिएको पाइएन । यो बेइमानीले हाम्रो पेशाप्रति नै प्रश्न चिन्ह खडा गरेको बिक्रेताहरुको गुनासो छ ।
स्मरण रहोस् पाठ्यक्रम विकास केन्द्र सानोठिमीले बजारमा गैर कानून ढंगबाट पाठ्यपुस्तकहरु आएको संकेततर्फ लक्षित गर्दै मंगलबारको गोरखापत्रमा सूचना जारी गर्दै सम्बन्धित प्रकाशन गृह र बिक्रेताहरुको ध्यानाकर्षण गराएको छ । जारी सूचनामा नेपाल सरकारद्वारा जारी नीति अनुसार मात्र प्रकाशन एवं बिक्रि वितरण गर्न भनिएको छ । जसअन्तर्गत निजी विद्यालयहरुले पढाउँदै आएको कक्षा १, २, ३ र ६ मा पढाइएको अंग्रेजी माध्यमको सोसियल किताबको बिक्रि वितरण नै बन्द गर्न भनिएको छ भने अन्य प्रकाशनहरुको सवालमा पाठ्यक्रम विकास केन्द्रको अनुमति पत्र, चुच्चे नक्सा र कोडको समेत प्रकाशन गरेर मात्र बजारमा लान पाउने नीतिलाई लत्याएर आफू खुशी विभिन्न गतिविधि गरेर पाठ्यपुस्तक प्रकाशन गरेर बजारमा लगेको पाइएको हुँदा निजी प्रकाशनहरुको यस किसिमको बल मिच्याइप्रति पाठ्यक्रम विकास केन्द्रको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख छ ।
तसर्थ सम्पूर्ण अभिभावक, विद्यार्थी एवं विद्यालय सञ्चालकहरुले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको प्रकाशन सम्बन्धी नीति अनुसार प्रकाशित पाठ्यपुस्तक मात्र खरिद गरी सहयोग पु¥याउनु हुन आग्रह समेत गरेको छ । यदि पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको नीतिभन्दा बाहिरबाट प्रकाशित पाठ्यपुस्तकहरुको प्रयोग गरेको पाइएमा प्रचलित कानून अनुसार सम्बन्धित निकायले कारवाही गर्नसक्ने व्यहोरा समेत अवगत गराइन्छ भनी उल्लेख गरेको निर्देशक भट्टराईले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0