Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्लामा अनुगमन गर्दै राष्ट्रिय मानव अधिकार आयोग

प्रभातफेरी अनलाइन ६९७७ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
जिल्लामा अनुगमन गर्दै राष्ट्रिय मानव अधिकार आयोग

काभ्रे । कोभिड १९ र त्यसको प्रभावका बारेमा काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल, धुलीखेल, पनौती र बनेपा नगरपालिका पुगेर मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय सानेपाका कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले जिल्ला कारागारका कैदी बन्दीको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गर्नुका साथै बेथानचोक गाँउपालिका र रोशी गाउँपालिकाको समेत अनुगमन गरेको छ । अनुगमन टोलीले औषधी तथा स्वास्थ्य सामग्री आपुर्तिको अवस्था, अक्सिजन उत्पादन तथा वितरण, स्वास्थ्य पूर्वाधारको अवस्था, सिमान्तकृत समुदायको अवस्था, उपभोक्तको अधिकार, आईसोलेसन केन्द्रहरुकोको अवस्था, स्वास्थ्यकर्मी र सुरक्षकर्मीको स्वास्थ्य अवस्था, शव व्यवस्थापन, सुरक्षाका स्वास्थ्य सामाग्रिहरुको उपलब्धता, भ्याक्सिन (खोप) को उपलब्धता विषयमा अनुगमन गरेको छ ।

टोलीले अनुगमनका क्रममा जिल्लामा कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३७ हजार ५ सय ६२ रहेको र दोश्रो मात्रा खोप लगाउनेको संख्या १२ हजार ९ सय ६० रहेको आयोगले जनाएको छ । कोभिसिल्डको दोश्रो मात्रा खोप अभावमा दोश्रो डोज लगाउन नपाउँदा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरु जोखीममा रहेको तथ्य प्राप्त भएको अनुगमनका क्रममा कोभिड संक्रमणका कारण काभ्रे जिल्लाका १ सय ५५ जना र अन्य जिल्लाबाट उपचारको क्रममा विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएका ५८ जना गरी जम्मा २ सय १३ जनाले मृत्यूवरण गर्नुपरेको र जिल्लाभरि जेठ २९ गते सम्म १ हजार ६ सय ६४ जना सक्रिय संक्रमित रहेको अनुगमन टोलीका सदस्य लोकनाथ घिमिरेले बताएको छ ।

आयोगका सहसचिव एवं अनुगमन टोलीका सयोजक यज्ञप्रसाद अधिकारीले अनुगमनका क्रममा कारागारमा रहेका १ सय ८ थुनुवा र १ सय ३० कैदीहरुलाई खोपको दुवै मात्रा पुरा गरेका कारण कोही कैदी बन्दी संक्रमित हुनु नपरेको तथा अनुगमनका क्रममा खोप लगाएको कारण फण्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीहरु पहिलो चरणको जस्तो संक्रमित भएको नपाईएकोले पहिलो र दोश्रो डोज खोपको समयमा नै सवै नागरीकलाई सुनिश्चितता गर्न नेपाल सरकारलाई सिफारिस गर्र्ने उल्लेख गर्दै यो महामारी विरुद्ध एकजुट भएर लड्न र आम नागरिकलाई सचेता अपनाउन र सर्तक गराउनका लागि अनुगमन गरेको उल्लेख गर्नुभएको थियो ।

अनुगमन टोलीमा आयोगका सहसचिव अधिकारीको नेतृत्वमा रारा कर्माचार्य, लोकनाथ घिमिरे रहनुभएको थियो भने अनुगमन टोलीलाई मानव अधिकार संगठन काभ्रेका जिल्ला अध्यक्ष राजु सिग्देलले अनुगमन टोलीलाई सहजीकरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0