Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पिडामा मलमपट्टि लगाउँदै रेडक्रस

प्रभातफेरी अनलाइन ५८०८ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
पिडामा मलमपट्टि लगाउँदै रेडक्रस

काभ्रे (पाँचखाल) । सक्षम नेतृत्व कस्तो हुन्छ भन्ने उदाहरण भर्खरै संयोजकको भूमिका निर्वाह गर्न आइपुग्नुभएका रेडक्रमकर्मी नारायण ढुंगानालाई लिन सकिन्छ ।
जहाँ विपद् त्यहाँ रेडक्रसको नारा लिएर पिडितहरुका चह्राएका घाउहरुमा मलमपट्टि लगाउन समर्पित नाम हो नारायण ढुंगाना । आफूले नेतृत्व सम्हालेको छोटै अवधिमा गुमेको रेडक्रसको पहिचान दिन सफल हुनुभएको आम जिल्लावासीले चर्चा गरेका छन् । आइतबार हस्याङफस्याङ गर्दै, भौंतारिँदै भन्दै हुनुहुन्थ्यो, हाम्रो सानो सहयोगले पिडितले ठूलो राहत महसुस गर्नेछ । त्यसैले सहयोगलाई सानो नसम्झिन यात्राका सहयात्रीहरुलाई सम्झाउँदै हुनुहुन्थ्यो । महेन्द्रज्योती र पाँचखालमा आइपरेको विपद्लाई मलमपट्टि लगाउने क्रममा आफ्ना सहयात्रीहरुलाई सम्झाउँदै यो विपद्को घडिमा सानो ठूलो केही नभनी पिडामा मलमपट्टि लगाउन हौसाइरहनुभएको थियो ।
सोही क्रममा नेपाल रेड्क्रस सोसाइटी महेन्द्रज्योती उपशाखाका पदाधिकारिहरुले हेलम्बु तथा मेलम्चीका बाढी पिडितहरुको सहयोगार्थ सङ्कलन गर्नुभएको रकम ४६ हजार ६ सय ४० उपशाखा सभापती मुकुन्द वाग्लेमार्फत् ग्रहण गर्दै संयोजक ढुंगानाले उक्त अभिव्यक्ति राख्नुभएको हो । यसैगरी संयोजक ढुंगानाले राहतका हातहरु निरन्तर रुपमा बढिरहेमा सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितहरुलाई थप सहयोग गर्न सकिने बताउनुभएको थियो ।
यसरी उपशाखा मार्फत जिल्ला शाखालाई रकम हस्तान्तरण गर्ने महेन्द्रज्योति पहिलो उपशाखा बनेको छ भने यस अघि पाँचखाल उपशाखाले मेलम्चीका बाढी पिडितहरुका लागि १ सय थान सुपानेट झुल र २५ थान त्रिपाल उपलब्ध गराएको समेत सो अवसरमा जानकारी गराइएको थियो । सोहि अवसरमा आर.ई.टि.टि.एस. परियोजनाबाट उपलब्ध भएका बालबालिकाहरुको सिकाइ तथा खेल सामग्री स्वास्थ्य केन्द्रहरुलाई हस्तान्तरण गरिएको थियो । आइतबारै अग्नी पिडित सञ्चारकर्मी सुशिलराज गिरीको बासस्थान पुगेर नेरेसो जिल्ला शाखाले नियमअनुसार प्याकेज र व्यक्तिगत रुपमा संकलन गरिएको खाद्यान्न वितरण गरेको थियो ।
जसअन्तर्गत पाँचखाल नगरपालिका वडा नं ५ खावाका अग्निपिडित सुशिलराज गिरि र बनेपा नगरपालिका महेद्रज्योतीका बिकास नेपालीलाई गैर खाद्य सामग्री राहत वितरण गर्ने क्रममा नेरेसो काभ्रेका संयोजक ढुङाना, सचिव विजयराम कर्माचार्यद्वयबाट जिरामसिनो २५ केजिको चामल ३ बोरा र सदस्य कुमार कार्कीले १ बोरा गरी जम्मा ४ बोरा चामल व्यतिगत खर्चमा पिडित परिवारहरुलाई जुटाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0