Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

थामी समुदायको आशाको किरण निभेपछि

प्रभातफेरी अनलाइन ५६३८ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (४ साल अघि)
थामी समुदायको आशाको किरण निभेपछि

डम्बर थामी “अनुपम”

“मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।” – क. माओ
सर्वहारावर्गका महान गुरु क. माओत्सेतुङ्गको यो कालजयी भनाइ अझै पनि हृदयको कुनामा गढेको छ । विचार र आस्थाको उच्च शिखर चढेको छ । यो मुटुको ढुकढुकी पनि बढेको छ । यस्तै–यस्तै धेरै अटल यस्तै प्रकारका अजम्बरी प्रेरक भनाइहरुद्वारा प्रेरित भएर नै जनक्रान्तिको उर्लिरहेको भंगालोमा बिना हिच्किचाहट हाम फालियो । त्यो भयानक भंगालोमा हाम फाल्दा अंगालोमा क्रान्तिको विचार, नीति अनि सिद्धान्त थियो । साथै प्राण भन्दा प्यारो हतियार पनि । मालेमावादी अविजेय दर्शन सहितको बन्दुक बोकेर रणसमरमा बहकिँदा अति नै आनन्दानुभूति भएको थियो । कुनै पनि एउटा हिमाल आरोहीलाई हिमालको चुचुरो पुग्न लागे जस्तै आभाष भएको थियो । यस्ता अनुभूतिको लम्बाई पनि जीवनको लम्बाई भन्दा लामो हुने रहेछ । र अनुभूतिका डल्लाहरु भोगाइ सापेक्ष भएर निरन्तर रूपमा आउँदा रहेछन । यिनै अविराम यात्राका ती अविस्मरणीय पलहरुलाई उन्ने जमर्को गर्दैछु । यिनै अविराम यात्रामा भोगिएका तीता क्षणहरुलाई तुन्ने कोशिश गर्दैछु । यही शिलशिलामा एक महान योद्धा, सहयोद्धा ! महान सहिद क. किरण (राजेन्द्र थामी) को बारेमा मनका केही शब्द लहरहरु, भावलहरहरु पोख्न गईरहेको छु । मेरा यी शब्दरुपी भाव लहरहरुले उनलाई उच्च सम्मानको वर्षा गरुन् र इतिहासको गर्भहरु खोतलुन । इतिहासले उचित र साँचो मूल्याङ्कन गरुन् ।
सहिदहरु भनेका परिवर्तनका लागि हाँसीहाँसी बलिदानका कोटा चुक्ता गरेका चहक हुन् । सितारा हुन् । निस्वार्थ भावनाले देशको लागि रगतको भेटी चढाउने अमूल्य रत्न हुन् । हो उनै जनयुद्धका अमूल्य रत्नसँग २०५४ सालमा तौथलीमा कमरेड अखण्डको घरमा भेट भएको थियो । उनको घरमा दुई जना थामी दाजुभाइहरु कमरेड भुबल थामी र क. राजेन्द्र थामी (किरण) सँग भेट हुँदा अत्यन्तै खुशी लागेको थियो । (किनकि थामी समुदायले आफ्नो हक अधिकारको लागि रगत पोखाएको ठाउँबाट क्रान्तिकारी योद्धाहरु पूर्णकालिन हुनु खुशीको कुरा थियो । क्रान्तिलाई निरन्तरता दिनु महत्त्वपूर्ण कुरा थियो ।) २०४० साल माघे संक्रान्तिमा पिस्करमा बगेको रगतको सम्मान गर्न जुर्मुराएका थिए । यसर्थ मलाई पनि निकै गर्वबोध भएको थियो । पिस्कर हत्याकाण्डको बारेमा मैले अझ धेरै कुराहरू बुझ्न बाँकी थियो । क्रमशः बुझ्दै जाने कोशिश गरेको थिएँ । उनी दुई कमरेडसँग भेट भएपछि तौथलीबाट टेकनपूर हुँदै दाबी खोला तरेर लागियो धुस्कुनतिर । (दाबीखोला त्यही खोला हो जहाँ पिस्कर हत्याकाण्डको बेला विर बहादुर थामीलाई घाइते अवस्थामा उनकै पटुकीले घिसार्दै लगेर गोली हानी हत्या गरिएको ठाउँ । वर्षायाममा उर्लिएर आउने । हिउँदमा सुकेर सानो हुने खोला ।) दाबीखोलाबाट माथि केही उकालो चढेपछि सबैभन्दा पहिला पुगियो क. राजेन्द्र थामी (किरण) को घरमा । गुजुमुज्ज थामी बस्तीको छेउ केपाटोलमा उनको घर रहेछ । त्यहाँको थामी जातिहरुले घर असाध्यै राम्रो बनाउँदा रहेछन् । छिनोले चटक्क ढुंगा काटेर घरको गा¥हो लगाउने रहेछन । घरहरु कुनै कालिगढले बनाएको भन्दा कम थिएनन् । मिलेको गाउँ । थामी जातिको बाहुल्यता । वर्गसंघर्षको भट्टीमा खारिएका जनताहरु । क्रान्तिका दरिला–दरिला खम्बाहरु । लाल किल्लामा भेटिएका ती लाल सिपाहीहरु । पार्टी र क्रान्तिको बारेमा भलाकुसारी गर्दा पनि खुब आनन्द आउने । बुढाबुढी, केटाकेटी, युवा विद्यार्थी सबै सबैमा क्रान्तिको उच्च चेतना भएको । क्रान्तिकारी स्पिरिट भएको । हामीले प्रशिक्षण दिनु भन्दा उनीहरूबाटै पो प्रशिक्षण पाईने । यस्ता क्रान्तिकारी समुदायसँग भेट हुँदा गर्वले ढक्क छाती फूलेको थियो ।
यसरी क. किरण (राजेन्द्र थामी) र क. भुबल थामीसँग भलाकुसारी गर्दै गाउँ डुलियो । चिना– परिचय गरियो । म पनि दोलखाको थामी हुँ भनेर चिनिनु थियो ! चिनियो । साथीहरू पनि गाउँले बीच स्थापित रहेछन् । क. किरणको जनतामा राम्रो छाप बसेको रहेछ । क्रान्तिकारी विचारमा आस्था भए पनि बाहिरी आवरणमा चाहिँ उनी एमाले भनेर चिनिंदा रहेछन । उनी एकपटक एमालेबाट वडा अध्यक्ष पनि जितेका रहेछन् । जनप्रतिनिधि पनि भएका रहेछन् । छोराछोरी सानै भए पनि ज्याला मजदूरी गरेर जेनतेन धानेकै रहेछन । उनी सिकर्मी काम गर्न पनि खप्पिस रहेछन् । बुढाबुढी एक आपसमा मिलेर बालबच्चा हुर्काएकै रहेछन् । प्राथमिक तह भए पनि छोराछोरी पढ्दै रहेछन् । उनको दुई छोरा र दुई छोरी रहेछन् । उनी जनयुद्धमा पूर्णकालिन भएर हिंडेपछि पनि भाउजूले मेलापात गरेर जेनतेन बालबच्चा पालेकै रहिछन । (बालबच्चाको मुहारमा खुशीको दिन ल्याउने भनेर जनयुद्धमा हाम फालेका योद्धाको परिवारमा खुशी त आयो कि आएन ? जिन्दगी फेरियो कि फेरिएन ? समृद्धि आयो कि आएन ? त्यहीबेलाको क्रान्तिले जानोस । अहिले सम्झँदा मुटुमा चिरा परेर आउँछ । जनयुद्ध लडाउने । जनवादी व्यवस्थाको कुरा गर्ने तत्कालीन नेतृत्वलाई धारे हात लगाउन मन लाग्छ ।) यसरी उनको गाउँमा चार दिन जति बसेर जनताहरुसँग क्रान्तिको भलाकुसारी गरेर केही संगठनहरु बनाएर हामी फेरि पार्टी सम्पर्कमा आयौं र आ–आफ्नो कार्यक्षेत्रमा लाग्यौं । विशेष गरी कमरेड राजेन्द्रको कार्यक्षेत्र उनकै गाउँ एरियामा थियो । बेला–बेलामा पार्टीको भेला, बैठक, रोलकल र प्रशिक्षण कार्यक्रमहरुमा भेट भईरहन्थ्यो । सर्वहारावर्ग र आफ्नै समुदायको बारेमा पनि गहिरो भलाकुसारी भईरहन्थ्यो । उनीसँग पिस्कर र धुस्कुनलाई युद्ध पर्यटनको रूपमा विकास गर्ने कुरा पनि भएको थियो । हाम्रो थामी समुदायले प्रदर्शन गरेको वीरता र बहादुरिताको इतिहास लेख्ने पनि कुरा भएको थियो । हाम्रो थामी समुदायले निरंकुश राज्यसत्ताको विरुद्धमा पिस्करमा संगठित रूपमा पहिलोपटक सशक्त धावा बोलेको थियो । रगतको कोटा चुक्ता गरेको थियो । तत्कालीन फासिष्ट पन्चायती शासनको क्रूर दमनको सामना गरेको थियो । यसको जति वर्णन गरे पनि कम हुन जान्छ । तर कालान्तरमा क. किरणको सपनाहरू पनि अधूरै रह्यो । पूरा हुन सकेन । यही कुराले बिझाईरहन्छ ।
यसरी पार्टीले दिएको जिम्मेवारी अनुसार हामी आ–आफ्नो कार्यक्षेत्रमा खटिएका थियौं । क्रान्तिलाई दमन गरेर निस्तनाबुद पार्नको लागि प्रतिक्रियावदी राज्यसत्ता न्वारानदेखिको बल लगाएर हत्या र दमनको हत्कण्डा अपनाएको थियो । तर हामी रत्तिभर विचलित नभइ डटिरहेका थियौं । खटिरहेका थियौं । सानातिना छापामार कार्वाही र छापामार शैलीले मात्र पनि बँच्न गा¥हो गा¥हो भइसकेको थियो । दुश्मन घेरा हाल्ने र मार्ने (सर्च एण्ड किल) को फौजी रणनीति अनुसार आएको थियो । हामी घुमन्तु विद्रोही जस्तो हुने खतरामा थियौं । सशक्त फौजी प्रतिरोध नगरीकन बाँच्ने सम्भावना कमै थियो । क्रान्ति अगाडि बढ्ने सम्भावना रहन्नथ्यो । त्यसैले पार्टीले लिने नयाँ रणनीति र कार्यनीतिको बारेमा प्रशिक्षण लिन । र जिल्ला संगठन समितिको बैठकमा सहभागी हुन हामी दोलखादेखि लामो बाटो हिंडेर सिन्धुपाल्चोकतिर लागेका थियौं ।
हामी विभिन्न ठाउँमा दुश्मनका घेराहरु तोड्दै सुनकोशी कोठेको पूल तरेर बिन्जेल हुँदै २०५५ साल जेठ २८ गते साँझ नौबिसे पुग्यौं । नौबिसे लामो घरमा पुगेपछि सिन्धुपाल्चोक जिल्लाको साबिक राम्चे गा. वि. स. वडा नं ८ लहरेखोलामा बाह्रबिसे ईलाका प्रहरी चौकीबाट गएको पुलिसले क. किरण (राजेन्द्र थामी) र क. क्षीतिजलाई गोली हानी मारेको खबर पायौं । सो घटनामा क. रामजी बालबाल बाँचेको । दुश्मनको घेरा तोडेर सुरक्षीत स्थानमा पुगेको पनि खबर पायौं । नौबिसे लामो घरमा पुग्दा क. क्षीतिजको आमा भावविह्वल अवस्थामा हुनुहुन्थ्यो । आमा पार्टी र क्रान्तिलाई बुझ्ने नेतृत्व परिवारको हुनुहुन्थ्यो । तर आफ्नो सन्तान गुमेको पिडा आमालाई कस्तो हुन्छ ? कल्पना पनि गर्न सकिंदैन । नेता साथीहरूले आमालाई सम्झाउँदै थिए । त्यतिबेला हामी तल्लो बाटोबाट र क. रामजीको टोली माथिल्लो बाटो हुँदै सिन्धुपाल्चोक लागेका थियौं । दुई जना होनहार एरिया सदस्य र गुरिल्ला स्क्वायडका योद्धाहरु ढलेको खबरले हामी स्तब्ध भयौं । हामीमा एक प्रकारको सन्नाटा छायो । महत्त्वपूर्ण भूगोलको कमरेडहरु गुमाएका थियौं । पार्टीका प्रतिनिधिहरु गुमाएका थियौं । यसले पार्टी र क्रान्तिलाई ठूलो क्षति पुगेको थियो । तर पनि मुटु बाँधेर अगाडि बढ्नुको विकल्प थिएन । तत्कालीन फाँसिवादी सरकारले ‘किलो शेरा टू’ अप्रेसन लागू गरिसकेको रहेछ । पुलिसहरु व्यापक रुपमा परिचालन गरेको रहेछ । देशैभरि हत्या र दमनको हत्कण्डा अपनाईसकेको रहेछ । दुश्मनको त्यस्तो रणनीति हामीलाई थाहा भएन । त्यसैले यस्तो प्रकारको घटनाहरु, बलिदानहरु ब्यहोर्नु प¥यो ।
क. किरणको शबलाई दमनको बीचमा पनि राम्चेका थामी समुदायले लगेर आफ्नो संस्कृति परम्परा अनुसार अन्तिम श्रद्धाञ्जली दिएर अन्त्यष्टी गरेछन । यसरी थामी समुदायका एक आशाको किरण २०५५ साल जेठ २८ गते राम्चेको आकाशमा सदाको लागि निभ्यो । राम्चेको आकाशमा सदाको लागि अस्तायो ।
महान सहिद क. किरणको जन्म २०२० साल असोज नौ गते साविक धुस्कुन गा.वि.स. वडा नं ८ केपाटोलमा बुबा बहादुर थामी र आमा गाइमाया थामीको कोखबाट भएको थियो । उनी गाउँकै स्कुलमा प्राथमिक तहसम्मको शिक्षा हाँसिल गरेका थिए । सानै उमेरदेखि क्रान्तिकारी वातावरणमा हुर्केका क. राजेन्द्र सरल, हँसिलो, मिजासिलो स्वभावका थिए । उनको आफ्नो जिवनसंगिनी दुई छोरी र दुई छोरा सहित चार सन्तान छन । उनको जेठी छोरी सफलता र माईली छोरी शहनशिलता पनि बाबाको रगतको बदला लिन सानै उमेरमा क्रान्तिमा होमिएका थिए । अन्तमा पार्टी सर्वहारावर्गको हीत भन्दा पूँजीपती वर्गको कित्तामा उभिएपछि उनीहरू पनि घर न घाटको भए । अहिले सामान्य जीविका चलाएर बसेकाछन । यसरी सर्वहारावर्ग, आफ्नो वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय र देशको लागि आफ्नो जिन्दगी क्रान्तिको बलिबेदीमा चढाउने महान योद्धा क. किरण (राजेन्द्र थामी) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सकेसम्म क्रान्तिलाई धोका दिने छुईन । एक थोपा रगत र एक मुठ्ठी सास रहेसम्म क्रान्तिको झण्डा झुक्न नदिने प्रण गर्दछु । गद्दारहरुलाई औंला ठड्याएर सँधै सँधै खबरदारी गरिरहनेछु । सहिदभूमिमा आफ्नो जीवनोत्सर्गको थप कोटा चुक्ता गर्ने महामानवको सपनालाई सँधै सँधै शिरोधार्य गर्दछु । लालसलाम !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0