Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उन्नत कृषि, समृद्ध किसान ः तिमल्सिना

प्रभातफेरी अनलाइन ६३९१ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
उन्नत कृषि, समृद्ध किसान ः तिमल्सिना

बेथानचोक । मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले उन्नत कृषि, समृद्ध किसान भन्ने मूल मर्मका साथ किसानहरुका लागि अत्याधुनिक कृषिमा आधारित सामानहरु वितरण गर्दै आएको बताउनुभएको छ ।
किसानहरुका लागि वितरण प्रणालीको व्यवस्था गरिएको र सोही बमोजिम वडाहरुले सिफारिस गरेर पठाएअनुसार किसानहरुलाई आवश्यक सामग्रीहरु वितरण गर्ने क्रममा केही कथनकदाचित तलमाथि हुन गएको रहेछ भने त्यसको जिम्मेवार गाउँपालिका नभएर वडा समिति रहेको खुलासा गर्नुहुँदै कुनै किसानसँग पूर्ववतः अवस्थामै ट्याक्टर रहेको र यो पटक सिफारिसमा पर्न गएको रहेछ भने इमान्दारिता देखाइदिनुहुन गाउँपालिका अध्यक्ष तिमल्सिनाले आग्रह गर्नुभएको थियो ।
प्राविधिक सुविधा सहित प्रदान गरिएको कृषि औजारहरुमा सकेसम्म पारदर्शीता अपनाएर वितरण गरिएको अध्यक्ष तिमल्सिनाले धारणा राख्नुहुँदै यदि आफ्नो जग्गामा ट्याक्टर जाँदैन भने एक हल गोरु किनिदिन्छौं, ट्याक्टर फिर्ता गर्नुस् । किन अनावश्यक रुपमा साधन प्रयोग नहुने ठाउँमा लैजाने कोसिस गर्नुहुन्छ ? तपाईंबाट यो किसिमको सहयोग भयो भने अर्काे किसानले प्रयोग गर्न पाउँछ । त्यसैले जो जहाँ जुन अवस्थामा हुनुहुन्छ, त्यहीँबाट परिस्थिति बुझिदिनुहुन आग्रह गर्नुहुँदै भोट दिएकै बाहानामा सत्तो सराप गर्ने संकारबाट माथि उठ्नुस् । यदि गाउँपालिकाले कुनै कमी कमजोरी गरेको रहेछ भने सार्वजनिक स्थानमा सजायँ भोग्न तयार छौं । त्यसैले यो या त्यो बाहानामा अव्यवहारिक गतिविधि नगर्नुस् उन्नत कृषि, समृद्ध किसानको नारालाई आ–आफ्नो स्थानबाट सार्थक बनाउन सम्पूर्ण गाउँपालिकावासीलाई अध्यक्ष तिमल्सिनाले उक्त अवसरमा आग्रह समेत गर्नुभएको थियो ।
बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । वडास्तरबाट आएका १ सय २४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो । कृषि शाखा प्रमुख दिपक उपाध्यायका अनुसार बेथानचोक गाउँपालिकाबाट कृषकहरुलाई आधुनिक खेती प्रविधि तथा कृषि फर्म छिटोछरितो गर्नका निमित्त गाउँपालिकाले ५०–६० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्रीहरु वितरण गर्दै आएको छ । जसअनुसार मंगलबार वितरण गरिएको हाते ट्याक्टरमा वडा नं. १ ले १५, वडा नं. २ ले १७, वडा नं. ३ ले २०, वडा नं. ४ ले २३, वडा नं. ५ ले २० र वडा नं. ६ ले १२ पाएका छन् भने त्यसैगरी पावर स्प्रे र प्लाष्टिक टनेल पनि वितरण भएको छ । जसमा प्लाष्टिक टनेल १ सय ८ थान, पावर स्प्रे ९५ थान अनुदानमा वितरण भइसकेको छ भने सुन्तला, कागती जातका बिरुवाहरु १ सय प्रतिशत नै अनुदानमा वितरण गरिएको छ । जसबाट गाउँपालिकाले परिकल्पना गरेको नारालाई सार्थक तुल्याउन मदत पुग्ने शाखा प्रमुख उपाध्यायको कथन थियो ।
कार्यक्रममा उपाध्यक्ष सरिता लामिछाने, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा न १ का वडा अध्यक्ष सोमनाथ घिमिरे, वडा न २ का अध्यक्ष भगवान घिमिरे, वडा न ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा न ५ का अध्यक्ष खञ्चाजी लामा, वडा न ६ का अध्यक्ष विष्णु मोक्तान लगायतले किसानलाई हाते टयाक्टर वितरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0