Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आजसम्म अरुले गर्न नसकेको “कु” कर्म केपीले गरे ः नेता नेपाल

प्रभातफेरी अनलाइन ९०६९ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १०, आईतबार (४ साल अघि)
आजसम्म अरुले गर्न नसकेको “कु” कर्म केपीले गरे ः नेता नेपाल

काभ्रे । नेकपा एमाले माधव समूहको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्न काभ्रे आइपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको इतिहासमा आजसम्म अरु कसैले गर्न नसकेको कु–कर्म निवर्तमान प्रधानमन्त्री केपी ओलिले गरेको खुलासा गर्नुभएको छ ।
आफूले नाम नलिउँ भन्दाभन्दै पनि विषयवस्तुले जोड्न पुगिहाल्छ यसमा आफैंलाई असहज लाग्छ भन्नुहुँदै वर्तमान संकटको चुरो नै ओलि भएको कटाक्ष गर्दै सहकार्यका लागि आफू हदैसम्म लचिलो भएको स्मरण गराउनुभएको छ । नेपालको प्रश्न थियो– प्रतिगमनका विरुद्ध उठ्नु अपराध हो ? लोकतन्त्रताका लागि प्रतिबद्धता जाहेर गर्नु अपराध हो ? कम्युनिष्टहरु लोकतन्त्रवादी हुन्छ भन्नु अपराध हो ? कम्युनिष्टहरु अधिनायकवादी हुनुहुन्न, कम्युनिष्ट पार्टीमा व्यक्ति प्रधान हुनुहुँदैन भन्नु अपराध हो ? संविधानको मूल्य, मान्यताको रक्षा गर्नुपर्छ भन्नु अपराध हो ? सामाजिक मूल्य, मान्यता र राज्य प्रणालीको लोकतान्त्रिकरण हुनुपर्छ भन्नु अपराध हो ? कम्युनिष्ट पार्टी वैचारिक मान्यतामा चल्नुपर्छ, व्यक्तिवादी हुनुहुन्न भन्नु अपराध हो ? पार्टीमा कम्युनिष्ट चरित्र स्थापित हुनुपर्छ भन्नु अपराध हो ? के हो आम माफी ? कस्तो अपराध गरेकाहरुले आम माफी पाउँछन् ? के यही चरित्रले पार्टी एकता हुनसक्छ ? के जघन्य अपराध भयो र आम माफी आयो ! भन्नुहुँदै नेता नेपालले ओलिका अभिव्यक्तिले एकता होइन, विखण्डनतर्फ पार्टीलाई धकेल्ने काम गरेको तिखो टिप्पणी राख्नुहुँदै स्वाभिमानपूर्वक एकता हुन्छ भने आफू विषपान गर्न समेत तयार भएको सम्बोधनका क्रममा नेता नेपालले जिकिर गर्नुभएको छ ।

कुनै पनि बाहानामा कम्युनिष्ट पार्टीमाथिको बदनाम मान्य नहुने तर्क राख्नुहुँदै नेता नेपालको थप कथन थियो– ओलि प्रवृत्तिका विरुद्ध तल्लो तहसम्मका पार्टी पंक्तिलाई सचेत गराउन निर्देशन दिनुहुँदै “कुर्सी मेरो पेवा हो, कसैले तान्न खोज्छ भने भाँचिन्छ” भन्ने अभिव्यक्ति त सबैले सुनेकै हो । यो किसिमको उत्श्रृंखल प्रवृत्तिका बारेमा कम्युनिष्ट कार्यकर्ताहरु गम्भीर हुन आवश्यक छ । कुर्सीका लागि खेलिएका छलछाम, जालझेलका बारेमा जति नै चर्चा गरेपनि अपुग रहने कार्यक्रममा नेता नेपालले स्मरण गराउनुभएको थियो ।
आफूले नेकपा एमालेलाई आजसम्म ल्याउन खेलेको भूमिकाको चर्चा गर्नुहुँदै कम्युनिष्ट सजिलै बन्न सकिन्न । आज जुन झुण्डले आफूलाई कम्युनिष्टको आवरणभित्र गरेका कुकिर्तेको छिनोफानो नेपाली जनताले गर्ने भएकाले कम्युनिष्ट पार्टीको परीक्षण गर्ने दायित्व जनता भएकोले जनताका बिच जाँचिन आफूहरु तयार भएको नेता नेपालले कार्यक्रममा उद्घोष गर्नुभयो । झण्डै सवा घण्टा लामो प्रशिक्षात्मक सम्बोधनमा राष्ट्रिय राजनीति र यो अवस्थामा कम्युनिष्ट पार्टीले खेल्नुपर्ने भूमिका र कार्यकर्ताहरुको दायित्वसँगै तत्काल देखा परेका चुनौती, संकट र समस्याका बारेमा बैठकका सहभागीहरुलाई सुसूचित गर्दै सेल कमिटीसम्म कम्युनिष्टहरुको चरित्रका बारेमा प्रशिक्षात्मक रुपमा लग्न र जनतालाई आश्वस्त गराउने दायित्व कार्यकर्ताहरुको भएकोले सोही अनुसार गर्नु गराउन नेता नेपालले निर्देशन समेत दिनुभएको थियो ।

कार्यक्रममा सहभागी १३ वटै क्लष्टर र भातृ संगठनका प्रतिनिधिहरुले पार्टीको आजसम्मको अवस्थाको बारेमा जानकारी गराउँदै संगठन विस्तार लगायत ओलि पक्षले सिर्जना गरेको भ्रम चिर्नका लागि वडास्तरसम्म युद्धस्तरमा लाग्नुपर्ने र छरिएर बसेका वामपन्थी लगायत तत्काल माओवादीसँग सके एकता नसके कार्यगत एकता गर्न नेतृत्वलाई सुझाव दिएका थिए । त्यसैगरी कार्यक्षेत्रमा खट्ने क्रममा आततायित अराजक तत्वले भौतिक रुपमा तयार भए आफूहरु पनि तयार रहेको नेतृत्वहरुलाई स्मरण गराउँदै तत्कालको अवस्थामा सत्ता साझेदारीको रुपमा एक हिस्सा रहेको हुँदा सरकारमा सहभागी हुन पनि नेतृत्वलाई आग्रह गरेका छन् भने कार्यक्रम सञ्चालन गरिरहेका नेकपा एमाले माधव समूहका जिल्ला सचिव दिपक गौतमले तत्कालिन अवस्थामा नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्नु पार्टीको ठूलो भुल भएको र त्यो गल्ती अब नेतृत्वले नगरोस् भन्दै आफ्ना प्रतिक्रियाहरु राखेका थिए ।
काभ्रेमा एमालेको ओली समूह र नेपाल समूहले छुट्टाछुट्टै आफ्नो सक्रियता देखाएका छन् । यसैबीच नेपाल समूहले दोस्रो पूर्ण बैठकबाट आगामी असोज महिनाभित्र वडा तहसम्म जनवर्गीय संगठन निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै संगठित सदस्य नविकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने निर्णय समेत गरेको छ ।

साथै बैठकले जिल्ला कमिटी र जनवर्गी संगठनलाई पनि पूर्णता दिने निर्णय गरेको छ । बैठकले संगठन सुदृढीकरणका लागि जिम्मेवारी समेत तोकेको छ । जिल्लाको १३ वटै स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको हो । नेकपा एमाले काभ्रेको ‘आधिकारीक’

 

बैठक सम्पन्न भएको जानकारी दिँदै नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबाको अध्यक्षतामा सो बैठक सम्पन्न भएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0