डम्बर थामी “अनुपम”
“मेरो आफ्नै पैतालाको बलले बाँच्नको लागि मर्नु पनि पर्दछ भने म तयार छु ।”
– क. चे ग्वेभारा
उक्त क्रान्तिकारी उक्ति चर्चित गुरिल्ला नेता क. चे ग्वेभाराको हो । अमेरिकी साम्राज्यवादको विरुद्ध लड्दै दक्षिण अमेरिकी देशहरुमा समाजवाद स्थापनार्थ महान र जोखिमपूर्ण यात्रामा हेलिएका क. चे अर्जेन्टिनामा जन्मेका थिए । क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग सहकार्य गरी महान क्रान्तिद्वारा क्युबालाई मुक्त गरे र बोलिभियालाई पनि मुक्त गर्नको लागि लड्दा लड्दै उनन्चालीस वर्षको कलिलै उमेरमा जीवनको अन्तिम श्वास फेरे । उनको यो क्रान्तिकारी आदर्श । उच्चातिउच्च चेतना । अनुपमेय गुरिल्ला युद्ध कला । हामी सारा नेपाली क्रान्तिकारी, योद्धाहरुको लागि पनि महत्त्वपूर्ण शिक्षाको रूपमा मन मनमा गाढियो । क्रान्ति यात्राको बेला क.चे को जीवनी झोलामा अनिवार्य हुन्थ्यो । उनले अपनाएका युद्धकलाहरु हामीले पनि व्यबहारमै लागू ग¥यौं । यही वर्गीय दृष्टिकोण सहित वर्गसंघर्षको दावानलमा हाम फाल्दा कयौं हारहरु चपाएर एउटा जीत ओकल्यौं । युद्धमा हार जीत हुनु एक सिक्काको दुई पाटा जस्तै रहेछ । वर्गसंघर्ष भनेको एउटा युद्धछाल पनि रहेछ । यस्ता युद्धछाल र युद्ध बहाबले कयौं योद्धाहरुलाई बगाएर लग्यो । कयौं योद्धाहरुलाई अधमरो अवस्थामा किनारामा पछारिदियो । यसरी जानी बुझी कठोर युद्धको भंगालोमा हाम फाल्ने योद्धाहरु क्रान्तिका कोहिनूर हुन । यही पेरिफेरिमा रहेर यहाँ मैले एउटा यस्तो भयानक, दर्दनाक र हृदयविदारक घटनाको स्मरण गर्न गइरहेको छु । जुन घटनाले खाटा बसिसकेको घाउ पनि जिन्दगीभर पटक– पटक उकुच पल्टाउन खोज्छ । बारबार मुटु झस्काउन खोज्छ ।
युद्ध वा क्रान्ति भनेको एक पल्टनबाजी खेल जस्तै रहेछ । कहिले कतातिर पल्टिने हो ! ठेगानै नहुने । त्यो भर्भराउँदो जोस भरिएको कलिलै उमेरमा दोलखा जिल्लाकै मैनापोखरी मोर्चामा सख्त–गम्भीर घाइते भएर नराम्रोसँग एक बल्ड्याङ खाएँ । (घोडा चढ्ने मान्छे नै लड्ने रहेछ । तर लडे पनि फेरि उठ्न सक्नुपर्ने रहेछ ।) त्यसपछि मलाई सैन्य फर्मेशनमा काम गर्न सक्दैन भनेर जिल्लातिर लात्तेभकुण्डो झैं फाले । जेनतेन लात्ते भकुण्डो झैं जिन्दगी त घिसार्नै प¥यो । क्रान्तिको कार्यभार वा पार्टीले दिएको जिम्मेवारी त पूरा गर्नैप¥यो । जिल्लामा रहँदा पनि पार्टी संगठनको जिम्मेवारी बहन गर्दै गएँ । सब एरिया सेक्रेटरी हुँदै एरिया सेक्रेटरी भएर काम गर्दै थिएँ । तर जिल्ला पार्टी संगठनको जिम्मा भए पनि जिल्लाका फौजी गतिविधि (कार्वाही) मा अनिवार्य भाग लिनुपथ्र्यो । क्रान्तिका ठूल्ठूला गफ छाँट्नेहरु दुश्मन देखेपछि कोशौं पर भाग्थे । एम्बुस, माईनिङ, सेबोटेज, मिनिरेड जस्ता फौजी कार्वाहीको कमान्ड सम्हाल्नु आफैंले सम्हाल्नु पथ्र्याे । सायद (एयष्तिष्अय–ःष्ष्तिबचथ) सैन्य राजनीति क्षमता भनेको यही थियो होला । यदि यस्तो सैन्य राजनीति ज्ञान नभएको मान्छेको काम पनि थिएन । तर यस्तो क्षमता भएको मान्छे कमै मात्रामा पाईन्थ्यो । जिल्लाको सैन्य हेडक्वार्टरको प्रमुखको जिम्मा पनि मलाई नै दिईएको थियो । त्यसैले मैले जिल्लाका साना ठूला सम्पूर्ण फौजी कार्वाहीहरुको कमान्ड गर्नैपथ्र्याे । कतिपय ठाउँमा एम्बुसहरु सफल नहुँदा जिल्ला नेतृत्वबाट ठूलै खप्की खानु परेको थियो । उनीहरूले भाडामा राखेको गोठालो जस्तै ।
मैले सकेको फौजी कार्वाहीहरुको कमान्ड पनि गर्दै आएँ । र युद्ध सामग्रीहरु आपूर्ति गर्ने जिम्मा पनि पूरा गर्दै आएँ । हाम्रो कार्यक्षेत्र चिनको सिमानासँगै जोडिएकोले अधिकांश युद्ध सामग्रीहरु उतैबाट ल्याउँथ्यौं । (जस्तै ः कमब्याट ड्रेस, जिलेटिन डस्ट, ए.के.–४७ राइफल, विभिन्न बन्दुकका गोलीहरु र हतियारहरु पनि । ढाडको छाला खुईलिउन्जेल कति बोकियो कति ! सम्झेर पनि साध्य छैन ।) यही कामको शिलशिलामा २०५९ साल श्रावण ११ गते नै क. आनन्द र म दोलखाको विगु गा.वि.स. को ठिङ्साङ हुँदै लेकैलेकको बाटो सिन्धुपाल्चोकतिर लागेका थियौं । एका दुई कतै कतै चौंरीगोठ मात्र पाइने त्यो अनकण्टार घनघोर जङ्गलको बाटो थियो । सिन्धुपाल्चोकको मार्मिङ, फुल्पिङकट्टी गा.वि.स. को लेक हुँदै हामी खासा बजार लागेका थियौं । हामी दुई जना पार्टी र क्रान्तिको गफ गर्दै रेडियो पनि सुन्दै–सुन्दै हिंडिरहेका थियौं । यो २०५९ साल श्रावण १८ गते दिउँसो एक बज्न लागेको समय थियो । हामी बाटामै एउटा मुडामाथि बसेर समाचार सुन्न लाग्यौं । (त्यतिबेला हामीसँग प्रायः दस ब्याण्डको सानो रेडियो साथमै हुन्थ्यो । देशैभरिको घटना थाहा पाउने माध्यम नै त्यही रेडियो हुन्थ्यो । तर समाचार विश्लेषण गरेर मात्रै बुझ्नुपथ्र्याे । सबै समाचार यथार्थ हुँदैन थियो ।)
समाचार सुन्दै जाँदा दोलखा जिल्लाको काटाकुटी गा.वि.स. वडा नं १ बोत्लेमा सुरक्षा फौज र माओवादी बीचको भिडन्तमा १५ जना माओवादी मारिएको । सुरक्षा फौजतर्फ केही हताहती नभएको भन्ने समाचार फुक्यो । त्यो समाचार सुन्ने बित्तिकै हामी छाँगाबाट खसे जस्तै भयौं । लल्याकलुलुक भयौं । हाम्रो मुटुमा अनायास बिजुली चम्किएर चट्याङ खसे जस्तो भयो । यथार्थ खबर बुझ्ने माध्यम पनि केही थिएन । यथार्थ कुरा बुझ्न त साथीहरू नै भेट्नु पथ्र्याे । के गर्नु ? मुटु बाँधेर आफ्नो जिम्मेवारी पूरा गर्न खासातिरै लाग्यौं । क. आनन्द उतै खासा बजार छिरे । उनको प्रायः उतै काम भईरहन्थ्यो । तर घटनाले हृदयमा गहिरो चस्का दिईरह्यो । छातीमा झस्का दिईरह्यो । खान पनि मन लागेन । हिंड्न पनि मन लागेन । तर के गर्नु ? सबै कुरा ब्यहोर्नुको विकल्पै थिएन । म खासा बजार वारि रमितेतिरै बसेर केही आर्थिक कारोबार मिलाएर जङ्गलको बाटो एक्लै फर्कें ।
घटनाले सा¥है विक्षिप्त बनाएकोले म सरासर शैलुङ एरियातिरै फर्कें । शैलुङको भैंसे भन्ने ठाउँमा क. शंकर लामासँग भेट भयो । र घटनाको विस्तृत कुरा थाहा भयो । देशमा संकटकाल लागू भए पनि हामी जनताकै बीचमा थियौं । जिल्लामा फौजी र गैरफौजी गतिविधिहरु बढाएकै थियौं । दुई वटा ईलाका र जिल्ला प्लाटुनको साथीहरू गरी जम्मा ५१ जनाको ठूलो टोलीले त्यो ईलाकातिर पनि सांगठनिक अभियान चलाएको रहेछ । मागा देउराली बजारमा त्यो अभियान समापन गरेर श्रावण १७ गते नै अभियान टोली बोत्लेमा सेल्टर लिएर बसेको रहेछ । कति जनाको टोली छ ? अभियान टोलीमा को को नेताहरू छन ? हतियार कति छन ? यी सबै गतिविधिहरु (कुराहरू) सुराकीले एकाएक दुश्मनलाई हुबहु रिपोर्ट अभियानको बेलादेखि नै गरेको रहेछ । बोत्लेमा सेल्टर लिएर बसेको खबर पनि निश्चित गरिएको रहेछ । त्यही पल पलको खबर अनुसार रातारात सदरमुकाम चरिकोटबाट तत्कालीन शाही नेपाली सेनाको ३५ जनाको टोली मागा देउराली हुँदै बोत्लेमा आएर राति नै उज्यालो नहुँदै पूरै गाउँलाई नै घेरा हालेछ । बर्खाको समय । कुहिरोले डम्मै ढाकेको प्रकिकूल समय । दुश्मनलाई आक्रमण गर्न पनि निकै नै सजिलो भएको रहेछ ।
जब बिहान झिसमिसे उज्यालो हुन लाग्यो तब दुश्मनले सेन्ट्रीमाथि फायर खोलेछ । अनि एकोहोरो असिना वर्षे सरि अन्धाधुन्ध गोली वर्षाउन लागेछ । साथीहरू दुई घर (नर बहादुर शाक्य र मकर बहादुर शाक्यको) मा सेल्टर लिएर बसेका रहेछन् । दुश्मनले यिनै दुई घरमा फायर केन्द्रित गरेछ । असिनासरि गोली वर्षिन थालेपछि क. शंकर लामा सहित अधिकांश साथीहरूले दुश्मनको घेरा तोड्न सफल भएछन् । बाँकी रहेका सबै कमरेडहरुलाई घरको आँगन, पिंढी, मझेरी,दलान, घरभित्र गोलीले भुट्दै लगेछन । जताततै रगतको आहालै आहाल भएछ । बोत्ले गाउँ रगतको आहालमा पौडी खेलेछ । अझै पनि बाँकी रहेका कमरेडहरुलाई बोत्ले स्कुल नजिकै लगेर लाईन लगाएर कन्चटमा गोली ठोकेछन । यसरी तत्कालीन शाही नेपाली सेनाको बहुलाएको हत्यारो जत्थाले निहत्था, निर्दोष र निःशस्त्र १५ जना माओवादी क्रान्तिकारी नेता कार्यकर्ताहरुको निर्ममतापूर्वक बीभत्स हत्या गरे । र सात जना महिला पुरुषलाई कमरेडहरुलाई एक ठाउँमा र आठ जना महिला पुरुष कमरेडहरुलाई त्यही कच्ची सडक छेउमै गाउँलेलाई खाल्डो खन्न लगाएर महिला–पुरुष, पुरुष महिला चाङ लगाएर अश्लील तरीकाले गाड्न लगाएछन । लासमाथि पनि यति निकृष्टता सोच्ने दानवहरुको के कुरा गर्नु ? गाउँलेहरूले पछिसम्म पनि दुःख मानिरहेका थिए ।यसरी त्यो बोत्ले गाउँ क्रान्तिकारी योद्धाहरुको सामूहिक चिहानमा परिणत भयो । आशा थियो चिहानमा बिहान फुल्ने । तर के फूल्यो ? थाहा भएन ! जनयोद्धाहरुको रगतले बोत्लेभूमि सिन्चित भयो ।
यसरी सो बर्बरतापूर्ण हत्याकाण्डमा दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्लाको गरी पन्ध्र जना माओवादी नेता कार्यकर्ताहरुको शहादत भयो । जसमा एरिया सेक्रेटरी तिर्थमाया वाईबा (क.चेतना) । (क. चेतना शंकर लामाको जीवन संगिनी थिईन । र कुशल संगठक र बहादुर छोरी थिईन ।) एरिया सेक्रेटरी टोपनाथ सापकोटा (क. ज्वाला), जिल्ला सदस्य बेद प्रसाद शर्मा (क. योद्धा), जिल्ला सदस्य लक्ष्मी पराजुली (क. निरज्वाला), एरिया समिति सदस्य दल बहादुर तामाङ (क. शैलुङ), प्लाटून सदस्य दीपक थामी (क.निपेश), एरिया सदस्य क. गोविन्द आचार्य, क. सुन्दरी चापागाईं, क. रण बहादुर थामी, छापामार सदस्यहरु क. कल्पना थामी, क. कविता थामी, क. गायत्री श्रेष्ठ, कमरेड रेणुका तामाङ, सुकमान तामाङ (क.किरण) र शृङ्खला साँस्कृतिक परिवारकि मीना सापकोटा । जम्मा पन्ध्र जना । बाँकी अरु साथीहरू चाहिँ घेरा तोडेर सुरक्षित ठाउँमा पुग्न सफल भएका थिए । यसरी कायरतापूर्वक हत्या गरिएका तथा देश र जनताको लागि प्राणाहुति दिने महान वीर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । सहिदको रगत खेर जान नदिने पनि संकल्प गर्न चाहन्छु ।
त्यो बेलामा सरकारको नेतृत्व हालैका प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए । तर उनी त्यो बेला उनै राजा ज्ञानेन्द्रको कारिन्दा जस्तो मात्र थिए । देशैभरि हत्या र आतंकको जगजगी थियो । जनताहरु त्रासै त्रासमा बाँच्नु पर्ने स्थिति थियो । अहिले पनि उनै देउवालाई हाम्रा उच्च नेतृत्व भनाउँदाहरुले बुई चढाएर सत्ताको गद्दीमा बिराजमान गराएकाछन । हिंजाका यस्ता सामूहिक हत्याकाण्डमा ज्यान गुमाएका योद्धाहरुको परिवारले न्याय कहिले पाउने ? आम जनता र सहिद परिवारहरुको मुटुको चहराईरहेको घाउमा मल्हम कहिले लगाउने ? यो यक्ष प्रश्न ज्यँ का त्यूँ बाँकी नै छ । महलमा बस्नेहरूको बुद्धिको बिर्को चाँडै खुलोस् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |