प्रभातफेरी अनलाइन४१८४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार(४ साल अघि)
दीप प्रदीप कुमार
कचनकवल–५, झापा
भूल गर्दा प्रीति गाँस्ने भूल कस्तो होला ।
दिल दिनै डर मान्ने मान्छेले यो सोँच्दो होला ।।
झूट बोल्दा फाइदै होस् के भनेथेँ मैले ।
पाउ मर्केझैँ ग¥यो इच्छा अँगालो होला ।।
मैले बारम्बार उत्तर पर्खिरहँदा सोच्छु ।
मौन बस्दा मौन बस्ने लत बसेको होला ।।
मृत्यु यति स्वादिष्ट होला सोचेकै थिईनँ ।
मैले सोचेको थिएँ कि खीर मीठो होला ।।
कल्पना गर्दै गजल लेख्दा प्रेमिल बनिहाल्छ ।
मैले भोग्ने जिन्दगीमा कहिले साँचो होला ।।