Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मैच्याङको बस्तीमा आइपुग्दा

प्रभातफेरी अनलाइन ३०९४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
मैच्याङको बस्तीमा आइपुग्दा

बच्चु हिमांशु

ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ

मैच्याङ
यो आदिम बस्तीमा
तिमीले बजाएको डम्फुको तालसंगै धड्किरहेछ मेरो मुटु
पेङ दोर्जेको प्रेमील धूनमा

ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ

तल… याम्बुको उकुसमुकुस छल्न आएको हुँ
कतै तिमीलाई शङ्का पनि लाग्दो हो
कि हिजोको खूनी इतिहास बोकेर
म फेरि हमला बोल्न आएको छु

त्यसरी नधकाऊ न
सेलो गाउन मेरो स्वागतमा
आऊ सँगै नाचौं डम्फुको तालमा
चिसोमा आछुछुछु गर्दै नाच्न उभिएका तिम्रा साथीहरु छन्

छेउमा रमिता हेरिरहेका एक हुल रमिते आँखाहरु छन्
जस्तोकि तिमी एउटा मानवाभ पुतली हौ
मैच्याङ
तल्तिर हेर्छु म साँझको दृश्य

बत्तीमुनीको अँध्यारो यो बस्तीलाई युगीन कटाक्ष गरिरहे झैँ
मोतीका चम्किला दानाहरुको प्रकाश भूईंमा फिँजाएर
कुटिल मुस्कान छरिरहेछ छिमेकी शहर
वास्तवमा कति कुरुप छ शहर तर

मलाई उदेक लाग्छ
वर्षौँदेखि यो खोलाको पानी पिइरहेछ शहर
म त देखिरहेछु तिम्रो पुर्खाको रगतले लतपत
पानीमा तैरिरहेको वैरीको क्रुर प्रतिछायाँ

वन, पहाड र खोल्सी छिचोल्दै यहाँसम्म आउँदा
कताकता विरहमा रोइरहेको सुनिने
त्यो न्याउली चरी होकि सहिदको आत्मा ?
फर्फर फर्फराइरहेको लुङ्दरमा बयेली खेलिरहेका अक्षरहरुको ताँती

पुर्खाहरुको अमूक जीवनदर्शन होकि
वर्षौदेखि तिमीले कोरी आएको सपनाको शब्दचित्र ?
इतिहासले अभिशप्त मेरो निधारमा
तिमी सहर्ष पवित्र कोम्हेन्दो टाँसिदिन्छौ

भन्नु नै पर्दा मैच्याङ
वर्षौँको तिम्रो सदासयताका बावजूद
मलाई मेरो आदत फेर्न नसकेकोमा
बेस्सरी लाज लागेर आउँछ !

प्रिय मैच्याङ
तिम्रो हातको सगुन लिएर अब म फर्किन्छु याम्बु
पोङभरी आइरक बोकेर ओर्लिन्छु तल्तिर
छर्किदिन्छु सिंहदरबारको मूलगेटमा

जहाँ युगौँदेखि सुतेको ढोंग गरिरहेछन् एक हुल मान्छे
र हरेक ल्होसारमा
टुङ्ना र डम्फुको तालमा सेलो गाउँदै
सिंह दरबारअघिको मूल सडकमा धूलो उडाउँदै
बस्ती र याम्बुका हामी
एकसाथ छमछमी नाच्नुपर्छ है

ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ
ताक धुङ धुङ…

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0