Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

प्रभातफेरी अनलाइन ३३८० पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
पाँचखालमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

काभ्रे । पाँचखाल नगरपालिकामा सार्वजनिक विद्यालयहरूमा विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तरगत शिक्षा बृद्धि गर्ने उदेश्यले त्रीपक्षीय सम्झौता गरिएको छ ।

विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित शिकाईलाई बढावा दिने र बिद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रयोग गरी समाधान गर्न अग्रसर गराउने उदेश्यले पाँचखाल नगरपालिका, किङ्स कलेज र कारखाना विचमा शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण सन्चालन गर्न सम्झौता भएको हो ।

त्रीपक्षीय सम्झौतामा पाँचखाल नगरप्रमुख महेश खरेल, किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले हस्ताक्षर गरेका छन् ।

बिद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्ने उदेश्यले सम्झौता गरिको कार्यक्रम नमुनाको रुपमा पाँचखालका पाँचवटा विद्यालयमा सञ्चालन हुनेछन् ।

स्टिम क्लब सेटअप नगरपालिकामा सञ्चालन हुनेछ भने नगरका आजद मा वि बालुवा, पलाञ्चोकी भगवती, श्री राम मा वि कोशिदेखा, महांकाल माध्यमिक विद्यालय बेलामा सञ्चालन हुने पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

तोकिएका ठाउँहरूका स्कूलहरूबाट १५ देखि २० जना विद्यार्थीहरूको समूहवाट कारखाना क्लब स्थापना हुनेछ । क्लब सदस्यहरू कारखाना शिक्षकहरुवाट सञ्चालन गरिने तालिममा सहभागि भई स्रोत र साधनको प्रयोग गरी स्टिम क्लब सञ्चालन गर्न सक्षम हुनेछन् । यसका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि स्टिम मेला सम्बन्धी कार्यक्रमहरू र डिजाइन प्रतिस्पर्धा गर्नेछन् ।

के हो स्टिम क्लब ?

स्टीम क्लब विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित को सर्टकट नाम हो । स्टीम क्लबहरूले सहकर्मीमा आधारित शिक्षा मोडेल पालना गर्छन्। सहकर्मीमा आधारित सिकाउने ठाउँहरु गैर पदानुक्रमिक शिक्षा दृष्टिकोण हो जहाँ विद्यार्थीहरू आफ्नो र उनीहरूका साथीहरूको शिक्षाको लागि जिम्मेवार हुन्छन् । एक शिक्षकको अनुपस्थितिमा विद्यार्थीहरूले शैक्षिक लक्ष्य प्राप्त गर्नको लागि एक अर्का संग अन्तरक्रिया गर्न सक्नेछन् । सहकर्मीमा आधारित शिक्षाले विद्यार्थीहरूलाई औपचारिक निर्देशन र आँकलनको अभावमा पनि आफ्नै शिक्षाको लागि उत्तरदायी रहनको लागि प्रोत्साहित गर्दछ। सार्वजनिक विद्यालयहरूले यो मोडेलबाट मज्जाले लाभ उठाउन सक्छन । बिद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्छन्। विद्यार्थीहरूलाई साथी संग कुराकानी गर्दा अधिक सहज र खुला लाग्छ। उनीहरु सामान्य समस्याहरुलाई हल गर्न आफै सिक्छन। गरेर सिक्ने पकृया भएकोले विभिन बिधिबाट सिकाई अन्तरको समाधान गर्नको लागि प्रयास हनेछ र शिक्षामा संलग्न विद्यार्थीहरुमा सकारात्मक सिकाई बढ्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0