Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अस्थायी शिविरको यात्रा एक स्मरण

प्रभातफेरी अनलाइन ३५६१ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)
अस्थायी शिविरको यात्रा एक स्मरण

रचना मोक्तान “यात्री”

“असम्भव भन्ने शब्द मूर्खहरुको शब्दकोषमा मात्र भेटिन्छ ।” – नेपोलियन बोनापार्ट

माथिको भनाइ विश्वचर्चित सैनिक कमान्डर नेपोलियन बोनापार्टको हो । क्रान्तिकारी जीवनमा हामी (योद्धाहरु) ले यस्ता थुप्रै सैन्य कमान्डरहरुको युद्धानुभवहरुको अध्ययन ग¥यौं । र सकेसम्म जीवन व्यबहारमा पनि लागू ग¥यौं । साँच्चै नै निरन्तर रूपमा गर्दै जाँदा हरेक कामहरु सफल हुँदै जाने रहेछन् । तर जिन्दगीदेखि कहिल्यै पनि हार मान्न नहुने रहेछ । क्रान्तिकारी जिन्दगी त झन बक्ररेखामा अगाडि बढ्दै जाँदोरहेछ । हो यही एउटा बक्ररेखाको पाटोलाई मैले यहाँ उजागर गर्न गईरहेको छु ।
ऐतिहासिक क्रान्तिको रंगमञ्चमा क्रमबद्ध रूपमा असंख्य दृश्यहरु देखा परे । यी परिदृश्यहरु कहिले भयानक चुनौतीको रूपमा देखा परे । कहिले समुद्रको पिंधमा पाईने मोती जस्तै अवसरको रूपमा देखा परे । हामी यही सकार र नकार बीचको टकरावबाट गुज्रंदै गुज्रंदै आयौं । क्रान्तिका अभेद्य किल्लाहरु धायौं । देशको लागि जिन्दगी बलि चढाउने कसम पनि खायौं । कहिले आक्रमण–प्रत्याक्रमणको लडाइँ त कहिले शान्तिवार्ताको लडाइँ । जीवन मरणको आक्रामक लडाइँहरुमा त आनन्द आउने नै भयो । तर वार्ताको लडाइँ अति कष्टदायी हुने । बेला–बेलाको घटनाक्रमले यही देखाएको थियो । क्रान्तिकारी जिन्दगीले भोगेका अविस्मरणीय दुखाइ हुन यी । यसरी महान जनयुद्ध रणनीतिक प्रत्याक्रमणमा पुगेकै बेला जनआन्दोलनले पनि उत्कर्षको शिखर चुमेपछि पार्टीले गरेको युद्ध विरामसँगै हामी पनि शान्ति प्रक्रियामा आयौं । पार्टी र सरकार बीच दर्जनौं पटक वार्ता र संवादहरु भयो । पार्टीको मुख्य नेतृत्व नै सार्वजनिक भएपछि हाम्रो लडाइँ पनि सदाको लागि अन्त्य भयो । युद्धविराम भयो । त्यसैले जनमुक्ति सेनाको व्यवस्थापन बारे पनि कुरा भयो ।
शान्ति सम्झौता गर्ने । अन्तरिम सरकारको गठन गर्ने । र संविधान सभाको चुनाव गर्ने । यी पार्टीका अति नै महत्त्वपूर्ण कदमहरु थिए । सेनाको सन्दर्भमा नेपाली सेना आफ्नै ब्यारेकमा बस्ने । जनमुक्ति सेना पनि अस्थायी शिविरमा बस्ने । दुवै सेनाको बराबरी हतियार कन्टेनरमा राख्ने । त्यसको सुपरीवेक्षण (UNMIN) ले गर्ने भन्ने सरकार र माओवादी पार्टी बीच २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भयो । हामी पनि यही योजना मुताविक चल्नुपर्ने भयो । यही सर्कुलर जनमुक्ति सेनाको सातै डिभिजनलाई आईसकेको थियो । हामीलाई पनि आ–आफ्नो कमान्डबाट जानकारी आईसकेको थियो । त्यतिबेला हामी तेश्रो डिभिजन हेडक्वार्टरको सुरक्षार्थ खटिएको २० नं बटालियनमा थियौं । हाम्रो कमान्डर थिए कमरेड अनुप । सोही मुताविक चेन अफ कमान्ड अनुसार म त्यतिबेला प्लाटून सह–कमान्डर थिएँ । मैले पनि आफ्नो टोलीलाई माथिबाट आएको सूचना सम्प्रेषण गर्नुपर्ने थियो । र टोली सम्हाल्नु पर्ने थियो ।
हामी काभ्रे जिल्लाको आधार मानिने । अत्यन्तै सामरिक महत्त्वको ठाउँ कामीडाँडामा क्याम्पिङ गरेर बसेका थियौं । माथिल्लो स्तरका कमान्डर कमरेडहरु अगाडि नै गईसकेका थिए । हामी पनि माथिकै आदेशको प्रतीक्षामा थियौं । कामीडाँडा अलि उच्च भाग भएकोले मंसिरमा तुसारो झरेर जाडोले निकै सताईरहेको थियो । शान्ति वार्ता शान्ति सम्झौता हुने कुरा चलिरहेको थियो । अगाडि नै धेरै पटक शान्ति वार्ताका प्रयासहरु भएका थिए । शान्ति सम्झौतासँगै हामी पनि अस्थायी रुपमा क्याम्पिङ गरेर बस्ने कुरा जानकारी आईसकेको थियो । त्यसैले हामीमा एक प्रकारको रक्तसञ्चार भईरहेको थियो । हाम्रो पनि केही मूल्याङ्कन होला कि भन्ने लागिरहेको थियो । समाजवाद आएको जस्तो भान भईरहेको थियो । सबै साथीहरू उत्साहित थिए । जनताहरु पनि आश्चर्य मानिरहेका थिए । अब हाम्रो जिन्दगीमा पनि केही परिवर्तन होला कि भन्ने आशाका नजरहरु हुत्याईरहेका थिए । हाम्रो कमान्डरहरु पनि त्यतिकै उत्साहित थिए । त्यसैले हामी २०६३ साल मंसिर ३ गते कामीडाँडाबाट दिनभरि हिंडेर खोपासी पुग्यौं । र हामी त्यहीँ बास बस्यौं । जनसमुदायसँग शान्ति र संविधानको बारेमा कुराकानी ग¥यौं । जहाँ गए पनि जहाँ बसे पनि जनसमुदायसँग छलफल, बहस, भलाकुसारी गर्ने हाम्रो आदत नै बसेको थियो । त्यो रात त्यहीँ बसेपछि फेरि हामी मंसिर ४ गते काभ्रे जिल्लाकै जनागलमा गएर बस्यौं । त्यहाँ पनि हाम्रो संगठनका साथीहरू र जनसमुदायसँग भलाकुसारी ग¥यौं । जनतामा पनि निकै उत्सुकता जागिरहेको थियो । देशले उचित निकास पाउँछ कि ? भन्ने आशामा थिए । केही सुशासन र परिवर्तन हुन्छ कि भन्ने आशामा थिए । २०६३ साल मंसिर ५ गते हामी बिहानै उठ्यौं । नित्यकर्म सक्यौं । अनि सबै टोलीको नियमित रोलकल भयो । त्यसपछि हाम्रो कमान्डरबाट जानकारी आयो कि हामी अस्थायी शिविर (क्यान्टोनमेन्ट) मा क्याम्पिङ गरेर बस्नको लागि चितवनतर्फ लाग्दैछौं भनेर । सबैले अनुशासित भएर आफ्नो सबै युद्धसामग्रीहरु बोकेर गाडीको यात्रामा लाग्नु पर्ने कुरा आयो र सोही मुताविक हामी तयार भयौं । बिहानको खाना छिटो छिटो तयार गरेर खायौं । गाडी (बस) पनि आईपुग्यो । हाम्रा सबै हातहतियारहरु प्लास्टिकमा पोको पारेर फर्मेशन मिलाएर काठमाडौ हुँदै चितवनतिर लाग्यौं । हिंजोको विद्रोही मान्छेहरु गाडीमा बसेर काठमाडौ शहर छिचोल्दै अगाडि बढ्दा मनमा छुट्टै खालको आनन्द पैदा भएको थियो । लडाइँ जितिएको महसुस भएको थियो । मनमा नयाँ खालको उत्साह उमंग बोकेर गाडीमा रमाइलो गर्दै क्रान्तिकारी गीतहरु गाउदै, नाच्दै हामी रातको तीन बजे चितवन जुटपानी बजार पुग्यौं । बजारमा एकछिन सुस्ताएपछि बिहान उज्यालो भयो । उज्यालो भएपछि हाम्रो आँखा चारैतिर घुम्यो । नयाँ भूगोलमा पुग्दा त छुट्टै खालको अनुभूति त भयो नै । फेरि आ–आफ्नो सबै युनिटहरुको रोलकल भयो । हारबोरिङ तोकियो । हारबोरिङ अनुसार सबै युनिट (सेक्सन) हरुले आ–आफ्नो क्याम्प बनाउने कुरा आयो । अनि हामी सबै जना कस्सिएर लाग्यौं सालघारी बीचको अनकन्टार झाडी फाँड्न ।
सम्पूर्ण संरचनाहरु नयाँ बनाउनु पर्ने । पानीको पनि व्यवस्था गर्नुपर्ने । आ–आफ्नो हारबोरिङ (फोर्टिफिकेशन) अनुसार टेन्टहरु, पालहरु हाल्नु पर्ने । परेड ग्राउन्डहरु बनाउनु पर्ने । सबै कुराहरू दिनरात नभनेर गर्नुपर्ने स्थितिमा आईपुगियो । र सबैभन्दा पहिले हाम्रो क्याम्पको संरचना बनाउनमै व्यस्त भयौं । र सँगसँगै पहिलो चरणको तालीम पनि सन्चालन हुँदै गयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0