Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शब्दको खोजी

प्रभातफेरी अनलाइन २४२८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
शब्दको खोजी

गोपाल पराजुली
(चर्चित कवि/कथाकार)

जीवन भनेको समय हो र योसित सँगसँगै हिँड्नु हो । समय कुनै सिटमा बस्न चाहँदैन । मोटरकै सिटमा छ भने पनि कहीँ गइरहन चाहन्छ । जीवन कुनै कुर्सीको सिटमा राख्नेहरु पनिकुनै कार्य गरुन्जेल मात्र बस्छन्, उनीहरुले कुनै अगाडिकै सिट ओगटेर बसेका भएपनि । आफूलाई कोही प्रदर्शन गर्न पनि चाहन्छन् र यसका लागि आफूलाई कहिलेकाहीँ मञ्चमा पनि राख्छन् । तर उनीहरु कस्तो अभिनय गर्छन् हेर्नेहरु हेरिसकेपछि आफ्नो यात्रा जारी रहेको घोषणा गर्छन् । मृत्यु पनि जीवनको अन्तिमविन्दु होइन भन्नेहरु जीवनलाई जुन समय दिन्छन् त्यो अन्तिम समयसम्म पनि नटुङ्गिएको घोषणा गर्छन् । गतिमा जीवन राख्नेहरु आफ्नो छायालाई पनि गतिमा राख्न चाहन्छन् । जीवनलाई बाफ ठान्नेहरु, पानीको फोका ठान्नेहरु र कर्कलाको पानी ठान्नेहरुले आफ्नो छाया जहाँ विसर्जन गरे पनि जीवनलाई कमान्ड गर्नेहरु साँचो अर्थमा जीवनलाई समयमा राखेर अतीत, वर्तमान र भविष्यबाट पनिआफू मुक्तभएको घोषणा गर्छन् । जीवनलाई दृश्यमा राखेर समयको आफू बन्धकनभएको घोषणा गर्छन् । आयुलाई उमेरको सीमामा राखेर हेर्नेहरु जीवनलाई जसरी नाप्दै रहे पनिजीवनलाई कालमुक्त छ भन्नेहरु आफ्नो छायालाई पनि दृश्यमा राख्दै संसारको सूर्योदय र सूर्यास्त हेर्छन् ।
जीवनलाई तास खेल्ने कोठामा, भट्टीपसलमा, क्लबमा र जति धेरै आरामदायी रातमा राखेर बिताए पनि जीवनलाई स्पर्श गर्ने, समयलाई छुनेहरु आफूलाई कुनै आरामदायी हल्लाहरुको बीचमा राखेर हराउँदैनन् । जीवन जीवितहरुको विचार भएको हुनाले यो विचारमा बस्न योग्यहुनेहरु विचार लिएर हिँड्छन् । जीवन सिर्जनाको एउटा सन्देश भएको पनि हुनाले यो सन्देशमा बस्न सन्देश हुनेहरु जीवनमा मात्र बस्छन् । जुन समयको क्रूरतासँग सङ्घर्ष गर्नुपरे पनि घडी, मिनेट र पलाको गतिसँग बस्छन् र जीवनका सबै सपना, कल्पना र कार्यको साक्षात्कार गर्न आफूले सञ्चालन गरिरहेको समयको दृश्य देखाइरहन्छन् । गतिशील जीवन हुनेहरु आफूलाई मध्यरातमा पनि ब्यूँझाउँछन् र जीवन रात, निद्रा र आराम गर्ने ठाउँ होइन भन्छन् । आफूलाई जीवनमा नियुक्त गर्नेहरु अरुको सेवामा आफूलाई दाखिला गर्छन् र जहाँ गर्छन् त्यहाँपुगेर आनन्दको अनुभूति लिन्छन् । यो अनुभूति लिन र यो नै अनुभूति अरुलाई दिन इच्छुक उम्मेदवारहरु समाजमा देखिन्छन्; जहिले देखिएपनि, जतिन्जेल देखिएपनि, जसरी देखिएपनि । के कुरा पक्का हो भने उनीहरु कर्मठ गतिविधि लिएर देखिन्छन् । उनीहरुको चरित्र कर्म हो, कर्तव्य हो र यीदुवैको गतिशील दृश्य हो । कुनै सृजनशील कार्यमा आफ्नो सोच, विचार र धर्म राख्नेहरु कर्मठ जीवनमा प्रवेश गर्दा उद्देश्यका साथ गर्छन् । निर्णयका साथ गर्छन् । नैतिकतालाई व्यापारमा नराखेर आफ्नो निर्णयलाई कुनै शब्दको कठोर व्याकरणमा नराखेर आफ्नो कार्य सम्पादन गर्छन् ।
संसार भन्नु क्रियाशील मानिसहरुको रुचि र हेराइको नतिजा हो । समाजलाई तिनै क्रियाशील मानिसहरुले मात्र गतिशील बनाइराखेका हुन्छन् । कार्यमा आफ्नो स्वभाव, झुकाऊ रुचि र शक्ति राख्नेहरुले वरण गरेको जीवन संसार हो । कर्ममा साहित्य राखेर समयसँग हिँडिरहने, चलायमान भइरहने, गतिशील भइरहने, नथाक्ने, आरामको खोजी नगर्ने यस समयका रोसी पुत्रको मुखमुद्रा हेर्न र त्यो मुद्राको स्पष्ट आकृति मेरो स्मृतिबाट शब्दमा राख्न शब्द खोजिरहँदा नपाएर जीवन र समय हेरिरहेको म एउटा शब्द उच्चारण गर्न समर्थ भएको छु – मोहन दुवाल ।
कोटेश्वर, काठमाडौ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0