logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन५३८० पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार(४ साल अघि)
गजल

कृष्णप्रसाद पाठक राजेश
गजुरी ५ धादिङ नेपाल
हाल ः पिप्ले चितवन

ठूलै रोग हो डर, पनि डरहरूमा !
यही रोगको डर छ डाक्टरहरूमा !!

गरे प्रश्न भेटिन्न उत्तर कदापि !
बरू प्रश्न भेटिन्छ उत्तरहरूमा !!

चरा उड्न चाहन्छ पुग्दैन माथी !
होला खस्ने सन्त्रास पत्करहरूमा !!

चितामा पुगी फर्किने छन् र कोही ?
जति हात जोडे’नि पत्थरहरूमा !!

कसैको नजरमा त्यति धार हुन्छ !
जति धार भेटिन्न खन्जरहरूमा !!