प्रभातफेरी अनलाइन ६९४५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती–३, काभ्रे
१.
पुग्यौ थाहा छैन कुन खोलीतिरमा
हात राखी आशिर्वाद दिनु शीरमा
केबल सम्झना मात्रै रहेछ जिन्दगी
हेर्न विवश छु म आज तस्वीरमा ।
२.
बिना कसुर गल्तीमा मुछ्ने तिमी हौ
गिद्ध बनेर जिउँदै लुछ्ने तिमी हौ
मानब भई ब्यवहार गर्न नसकेपछि
अहिले हावामा आँसु पुछ्ने तिमी हौ ।
३.
जवानीलाई तिमी बेचेर हैन साँचेर हेर
मनुष्यको चोला बरदान हो बाँचेर हेर
तिम्रो जवानीको पछि लाग्ने धेरै छन् यहाँ
जिन्दगी त केवल परिक्षा हो नि जाँचेर हेर ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |