logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

तीन मुक्तक

प्रभातफेरी अनलाइन६९६७ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार(४ साल अघि)
तीन मुक्तक

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती–३, काभ्रे

१.
पुग्यौ थाहा छैन कुन खोलीतिरमा
हात राखी आशिर्वाद दिनु शीरमा
केबल सम्झना मात्रै रहेछ जिन्दगी
हेर्न विवश छु म आज तस्वीरमा ।

२.
बिना कसुर गल्तीमा मुछ्ने तिमी हौ
गिद्ध बनेर जिउँदै लुछ्ने तिमी हौ
मानब भई ब्यवहार गर्न नसकेपछि
अहिले हावामा आँसु पुछ्ने तिमी हौ ।

३.
जवानीलाई तिमी बेचेर हैन साँचेर हेर
मनुष्यको चोला बरदान हो बाँचेर हेर
तिम्रो जवानीको पछि लाग्ने धेरै छन् यहाँ
जिन्दगी त केवल परिक्षा हो नि जाँचेर हेर ।