Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन्त्री चन्द्र लामालाई गृहनगरमा सम्मान

प्रभातफेरी अनलाइन ३५१४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
मन्त्री चन्द्र लामालाई गृहनगरमा सम्मान

काभ्रे । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ ।
काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मन्त्री लामालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा भकुण्डेबेशी जेसीज, भकुण्डेबेशी जुनियर जेसीज, जनक बहुमुखी क्याम्पस, जनक माध्यामिक विद्यालय र रोशी बाङ्मय प्रतिष्ठानले पनि मन्त्री पदमा नियुक्त भएकोमा लामालाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री लामाले नमोबुद्ध नगरको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू मन्त्री नियुक्त हुनुभन्दा अगाडि पनि नमोबुद्धको विकासका लागि निरन्तर पहल गरेको बताउँदै मन्त्री लामाले नगरको हरेक वडा र टोलको विकासका लागि आफ्नो ध्यान केन्द्रित गरेको बताए । कृषिबाटै यस क्षेत्रका जनताको आर्थिक उन्नति हुने भन्दै मन्त्री लामाले कृषि एवं पशुपालन क्षेत्रको विकासमा आफू लागिपर्ने बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरुले चुनावमा प्रतिवद्धता गरेअनुसारकै नगरको विकासका लागि लागिपरेको बताए । जनप्रतिनिधि र कर्मचारी मिलेर सुशासन कायम गर्न आफू प्रतिवद्ध रहेको तिमल्सिनाले बताए । बागमती प्रदेश सरकारका मन्त्री चन्द्र लामा सांसद भएदेखि नै नगरको विकास लागि प्रदेश सरकारबाट उल्लेख्य बजेट प्राप्त भएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, उपसचिव जनार्दन रिजाल, इन्जिनियर उज्ज्वल अर्याल, जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।

एमाले नमोबुद्धले पनि गर्याे मन्त्री लामालाई सम्मान
नेकपा एमाले नमोबुद्ध नगर कमिटीले पनि आइतबार नै एक कार्यक्रमका बीच बागमति प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई सम्मान गरेको छ । भकुण्डेबेशीमा आयोजित कार्यक्रममा नेकपा एमाले
नमोबुद्ध नगर कमिटीले पार्टीका नेता लामा मन्त्री पदमा नियुक्त भएकोमा सम्मान गरेको हो । नेकपा एमाले नमोबुद्ध नगर कमिटीका संयोजक टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री लामाले आफूलाई प्राप्त जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । जनताले दिएको मतको उच्च सम्मान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । कार्यक्रममा पुर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, एमाले प्रदेश कमिटी सदस्य कृष्णचन्द्र आचार्य, एमाले जिल्ला सचिवालय सदस्य एवं नमोबुद्ध नगर इन्चार्ज राजन भुर्तेल, नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिष्णु खनाल, किसान संघका राममणि हुमागाईं,  एमाले पुर्व जिल्ला कमिटी सदस्य उद्धवप्रसाद हुमागाई, वुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष नवराज भुर्तेल, अनेमसंघ नगर अध्यक्ष चन्द्रा खनाल लगायतले मन्तव्य राखेका थिए । सञ्जीव ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नगर कमिटीका सहसंयोजक कृष्ण खनालले स्वागत मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0